×

NMB BANK
NIC ASIA

ओलीसँगको भेटबारे प्रचण्डले भने – यति निषेधात्मक सोच भएकासँग किन भेट्न आइएछ भन्ने लाग्यो

चैत ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई निषेधात्मक व्यवहार गरेको गुनासो गरेका छन् ।

Muktinath Bank

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विषयलाई लिएर भेट्न जाँदा ओलीले निषेधात्मक व्यवहार देखाएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमसीसी समस्या समाधानका लागि हामी केपी ओली र उहाँको समूहका नेतासँग गएका थियौं । देश अप्ठ्यारोमा पर्‍यो निकास दिऊभन्दा उहाँले सभामुखलाई कारवाही गरेर आउनुस्, नेकपाकालको १९ पेज लामो आरोप खारेज गरेर आउनुहोस् भनेपछि, यति निषेधात्मक सोच भएकासँग किन आइएको रहेछ भन्ने लाग्यो,’ बिहीवार बुटवलमा प्रेस सेण्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने । 


Advertisment
Nabil box
Kumari

माओवादी नेता वर्षमान पुनले एमालेसँग चुनावी तालमेलको ‘च्याप्टर क्लोज’ भएको छैन भनेर दिएको अभिव्यक्तिबारे सोधेको प्रश्नको जवाफमा प्रचण्डले त्यसो भनेका हुन् । सो भेट फागुन १५ अगावै भएको र त्यो बेला प्रचण्डले एमसीसीको विपक्षमा मतदान गरेमा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भन्ने चर्चा चलेको थियो । 

Vianet communication
Laxmi Bank

‘अहिले हामी गठबन्धनमा छौं, सरकार पनि त्यसैगरी छ । तत्काल एमालेसँग तालमेल हुने सम्भावना देखेका छैनौं । हुन त देशको अगाडि समस्या आएपछि, संकटको निकास दिनका लागि माओवादीले जतिसुकै तीतोमिठो भए पनि निकास निकाल्ने कोसिस गरेको छ, त्यही विचारका कारण युद्धलाई शान्ति र निर्वाचनमा लगिएको हो,’ प्रचण्डले भूमिका बाँध्दै भने, ‘एमसीसी समस्या समाधानका लागि नारायणकाजीजी र म ओली र उहाँको समूहका नेतासँग गएका थियौं । देश अप्ठ्यारोमा पर्‍यो, निकास दिऊभन्दा सभामुखलाई कारवाही गरेर आउनुस्, नेकपाकालको आरोप खारेज गरेर आउनुहोस् भनेपछि यति निषेधात्मक सोच भएकासँग किन आइएको रहेछ भन्ने लाग्यो ।’

पटक–पटक गरिएको प्रतिनिधिसभा विघटनको गलत कदम सही थियो भन्ने पार्नका लागि एमालेले विना कारण संसद अवरुद्ध गरिरहेको प्रचण्डले आरेप लगाए । ‘अहिले पनि प्रतिगमनको खतरा टरिसकेको छैन, सदन पटक–पटक विघटन गर्न चाहने तत्वलाई मलजल गर्ने, प्रतिगमनमा लैजाने कसरत रोकिएको छैन । सदन अवरुद्ध विना कारण छ, न कानूनी न संवैधानिक छ । अनाहकमा ससद अवरोध गरेको छ, सभामुखको निर्णयलाई चुनौती दिने आधार छैन । हिजोको कदमलाई पुष्टि गर्नका लागि सदन अवरुद्ध गरिरहेको छ,’ प्रचण्डले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x