×

NMB BANK
NIC ASIA

प्रचण्डको चुनावी दौड

मुर्झाएको पार्टीमा प्राण भर्ने 'प्रचण्ड प्रयत्न' !

चैत ६, २०७८

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको पक्षमा चुनावी माहोल तयार गर्न देश दौडाहाामा लागेका छन् ।

Muktinath Bank

यसक्रममा उनी आइतवार गण्डकी प्रदेशका नेता कार्यकर्तालाई वैचारिक तथा राजनीतिक प्रशिक्षण दिन पोखरा पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको यो प्रशिक्षणको दौड चैत ८ गते (मंगलवार) मधेश प्रदेश पुगेपछि टुंगिने छ । चुनावी रन्कोमा होमिएका प्रचण्डको गतिको गियर निरन्तर बढिरहेको छ । 


Advertisment
Nabil box
Kumari

विभिन्न समयको विभाजन र नेतृत्व पंक्तिको राजनैतिक विचलनका कारण मुर्झाएको (ओइलाएको) माओवादी केन्द्रलाई वैचारिक राजनीतिक प्रशिक्षणको ओखतीमार्फत पुनर्जागृत गराउने भगीरथ प्रयत्न प्रचण्डले गरिरहेका छन् ।

Vianet communication

प्रशिक्षणका क्रममा प्रचण्डले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनको सन्देश र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने बाध्यात्मक परिस्थितिबारे स्थानीय नेता कार्यकर्तालाई बताउने गरेका छन् । 

राजनीतिक प्रशिक्षणका कार्यक्रममा प्रचण्ड जहाँ पुग्छन् त्यहाँ पार्टीका दोस्रो तहका नेता नारायणकाजी श्रेष्ठलाई छुटाउँदैनन् । त्यसबाहेक, पार्टीका शीर्ष तहका नेतालाई उनले सकेसम्म सँगै लैजाने गरेका छन् । 

राजनीतिक प्रशिक्षणमा प्रचण्डको मन्तव्यको चुरो कुरो चुनाव र त्यसमा कार्यकर्ताले निर्वाह गनुपर्ने भूमिकामा केन्द्रित हुने गरेको छ । उनले कार्यकर्तामा जाँगर भरेर जनतामाझ पठाउने प्रयत्न गरिरहेका छन् ।

केही समयअघिसम्म सत्तारूढ गठबन्धनको भरमा निर्वाचनमा जाने कुरामा विश्वस्त देखिएका प्रचण्डका पछिल्ला अभिव्यक्ति भने फेरिएका छन् । 

उनले कार्यकर्तालाई गठबन्धनबाट जितौँला र खाउँला भन्ने कुरामा भर नपरी आफ्नै खुट्टामा उभिने अभियानमा लाग्न निर्देशन दिएका छन् । 

पार्टी बलियो भयो भने अरू पार्टीहरू आफैँ गठबन्धन लागि खोज्न आउने भएकाले पार्टीलाई बलियो बनाउन ध्यान दिनुपर्नेमा प्रचण्डले जोड दिन थालेका छन् ।

अरू पार्टीसँग तालमेल नहुँदा पनि निर्वाचन जित्न सक्ने शक्तिको रूपमा माओवादीलाई तयार गर्नुपर्ने प्रचण्डको आह्वान हुने गरेको छ । 

प्रचण्डको सन्देश प्रत्यक्षरूपमा स्थानीय नेता कार्यकर्तामा पुर्‍याउन माओवादी केन्द्रले सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेश समितिको आयोजनामा देशभर राजनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको छ । त्यसका लागि प्रचण्ड सबैजसो प्रदेशका राजधानीमा पुगेर नेता कार्यकर्तालाई प्रशिक्षित गरिरहेका छन् । 

कतिपय ठाउँमा त प्रचण्डले चुनावबाट माओवादी केन्द्र पहिलो पार्टी बन्नसक्ने राष्ट्रिय परिस्थिति निर्माण भइरहेको समेत बताउने गरेका छन् ।

गत शनिवार सिन्धुली जिल्ला कमिटीले बनाएको पार्टी कार्यालय उद्घाटन गर्न पुगेका प्रचण्डले सिन्धुलीको जिल्ला पार्टी कार्यालय ६ महिनामा बनेको उदाहरण दिँदै भनेका थिए, ‘युद्धको बेलामा एक महिने अभियान चलाउँदा कायापलट गथ्र्यौं । प्रतिगमनविरोधी आन्दोलन डेढ महिनामा जित्यौं । दुई महिनामा निर्वाचन जितेर देखाउने संकल्प गरौं । हामी जित्न सक्छौं ।’

स्थानीय तहको निर्वाचन सामान्य औपचारिक निर्वाचन मात्रै नभएर माओवादीका लागि परिवर्तन जोगाउने कि मर्न दिने भन्ने ब्याटल भएको प्रचण्डको दाबी छ ।

कार्यकर्तालाई उत्साहित पार्दै प्रचण्डले भने, ‘यो निर्वाचन हामीले हार्‍यौं भने संविधान हार्नेवाला छ । गणतन्त्र हार्ने खतरा छ । जनयुद्धको उपलब्धिले हार्ने खतरा छ । शान्ति प्रक्रियाले हार्ने खतरा छ । त्यसकारण यो एउटा ब्याटल हो, लडाईं हो, जित्नैपर्छ । माओवादी जनयुद्ध र १२ बुँदे सहमति हुँदै जनआन्दोलनको उपलब्धि रक्षा गर्ने वा तिनलाई मर्न दिने भन्ने लडाईं हो यो ।’ 

आगामी निर्वाचनमा माओवादीहरू सिंहजस्तो गर्जिनुपर्ने उनले बताएका थिए ।  

कार्यकर्ता जगाउने प्रयास

माओवादी केन्द्रले करीब ८ लाखको हाराहारीमा संगठित सदस्य रहेको दाबी गर्दै आएको छ । तर, माओवादी केन्द्र निर्वाचनसँग डराएको टिप्पणी राजनीतिक वृत्तमा हुने गर्छ ।

माओवादी केन्द्रले २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गरेको थियो । संसदीय चुनावमा भने एमाले र माओवादी केन्द्रको देशव्यापी गठबन्धन बन्यो । पार्टी एकताको निचोडसहित चुनावमा गएको वामपन्थी गठबन्धनले झण्डै दुईतिहाइ नजिकको सिट जितेको थियो । 

एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टीको सफल अवतरण हुन सकेन । तीन वर्ष नपुग्दै दुर्घटनामा पर्‍यो । पार्टी एकीकरण भएपछि भताभुंग भएको माओवादी केन्द्रको संगठन संरचना कतिपय ठाउँमा अझै सुध्रिन सकेको छैन । नेता कार्यकर्ता सुविधाभोगी भएको आरोप लाग्ने गरेको छ । 

नेकपा विभाजित भएर पूर्ववत् माओवादी केन्द्र र एमालेमा छुट्टिएपछि देशभर पार्टी जगाउनका लागि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । 

माओवादीको हेडक्वार्टरले अन्तिम क्षणमा राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । 

महाधिवेशनमा क्रान्तिकारी विचार सहितको क्रान्तिकारी पार्टी बनाउने बताइएको थियो । तर, महाधिवेशन सम्पन्न भएको तीन महिना बित्न नपाउँदै एमसीसी प्रकरणका कारण माओवादी केन्द्र करीब–करीब विभाजनको डिलमा पुगेको थियो ।

प्रचण्डले जसोतसो पार्टीभित्रको अन्तरविरोधलाई केही समयमा लागि मत्थर पार्न सफल भएका छन् । 

स्थानीय तहको निर्वाचनको सम्मुखमा पार्टीमा आएको विग्रहले समग्र पार्टी पंक्तिलाई अन्योलमा धकेलेको थियो । त्यही अन्योल चिर्नका लागि प्रचण्डले भगीरथ प्रयत्नका साथ देश दौडाहामा निस्किएका छन् । उनी जहाँ पुग्छन् त्यहाँ नेता र कार्यकर्तामा जाँगर भर्ने प्रयास गरिरहेका छन् । ​

देश दौडाहाा– कहाँ कहिले ?

फागुन २० मा काठमाडौं बोलाइएको केन्द्रीय कमिटीको बैठकबाट पार्टीभित्रको अन्तरविरोध जेठ २० सम्मका लागि मत्थर पारेका प्रचण्ड त्यसयता देश दौडाहामा छन् । 

फागुन २५ मा उनी नेपाल उद्योगी व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकमा सहभागी भएका थिए ।

फागुन २८ मा प्रचण्ड पोष्टबहादुर बोगटीको सालिक अनावरण गर्न नुवाकोटको विदुर पुगे ।

सोही दिन बागमती प्रदेश समितिले ललितपुरको गोदावरीमा आयोजना गरेको राजनैतिक–वैचारिक प्रशिक्षणमा उनी सहभागी भएका थिए । 

फागुन २९ मा प्रदेश– १ स्तरीय राजनैतिक–वैचारिक प्रशिक्षणमा सहभागी हुन प्रचण्ड विराटनगर पुगेका थिए । त्यहाँ उनले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु गल्ती भएको स्वीकार गरेका थिए । 

कोइरालालाई राष्ट्रपति बनाउन सहयोग गरेको भए २०६५ मा बनेको माओवादी नेतृत्वको सरकार नढल्ने र अहिले राजनीतिक अवस्था नै अर्कै हुने उनले बताएका थिए ।

फागुन ३० मा कार्यकर्ता प्रशिक्षणकै लागि प्रचण्ड धनगढी पुगेका थिए ।

धनगढीमा उनले विभिन्न पार्टीबाट आएकालाई माओवादी केन्द्रमा प्रवेश गराए भने सुदूरपश्चिम प्रदेशलाई समाजवादी क्रान्तिको आधार इलाका बनाउन पार्टी कमिटीलाई निर्देशन दिएका थिए । 

त्यहाँ उनले केपी ओलीले संसद् विघटन गर्दा विदेशी षड्यन्त्र पनि मिसिएको अभिव्यक्ति दिएका थिए । विदेशीको षड्यन्त्रमा संसद् विघटन भएको र केपी ओली त्यसको माध्यम मात्रै भएको प्रचण्डको दाबी थियो ।

चैत २ गते उनी उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिले काठमाडौंको कमलादीमा आयोजना गरेको वैचारिक–राजनीतिक प्रशिक्षणमा सहभागी भएका थिए । 

चैत ३ गते लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रचण्ड बुटवल पुगेका थिए । त्यसैगरी, वैशाख ५ मा सिन्धुली जिल्ला कमिटीको पार्टी कार्यालय उद्घाटनका लागि सिन्धुली पुगेर प्रचण्डले कार्यकर्तालाई उत्साहित गर्नेगरी आक्रामक भाषण गरेका थिए ।

सिन्धुलीको कार्यक्रममा प्रचण्डले कार्यकर्तालाई जनताको घरदैलोमा गएर यसबीचमा भएका गल्ती कमजोरीमा माफी माग्न र परिवर्तनको रक्षाका निम्ति प्रतिबद्ध भएर आएको बताउन निर्देशन दिएका थिए । 

उनले भनेका थिए, ‘शहीद, बेपत्ता परिवारको घरमा जाऔं, जसले जनयुद्ध र जनआन्दोलनको बेला आफू असुरक्षित भएर हाम्रा नेता कार्यकर्तालाई सुरक्षा दिएका थिए । छाक काटेर हामीलाई खुवाउँथे उनीहरूसँग फेरि एकपटक जोडिनुको विकल्प छैन ।’

प्रचण्डले नेता कार्यकर्तालाई पार्टी एक्लै चुनाव लड्ने आधार तयार पार्नेगरी लागि पर्न प्रेरित गरिरहेका छन् । ‘आफ्नै खुट्टामा उभिने, आफ्नै ताकतमा आउँदो निर्वाचन जित्ने संकल्प गर्न विशेष अपिल गर्दछु’, प्रचण्डले सिन्धुलीमा भनेका थिए, ‘युद्धको बेलामा जनताको मन जित्नका लागि खेतमा सँगै काम गरिदिन्थ्यौं । सँगै हलो जोतिदिन्थ्यौं । जनतालाई लाग्थ्यो माओवादी भनेको आफ्नै छोराछोरी नै हुन् । तर, अहिले जनता बदलिएका होइनन् । माओवादी नेता कार्यकर्ता बदलिएका छौं । केही बिग्रिएका छौं ।’

अहिले प्रचण्ड देशभर जहाँजहाँ पुग्छन त्यहाँ माओवादी केन्द्रमा आबद्ध भएका युवालाई उत्साहित गर्ने प्रयास गरिरहेका हुन्छन् ।

सिन्धुली पुगेर उनले भनेका थिए, ‘बुढेसकालमा त प्रचण्ड यति सक्रिय भएर दौडिएको छ, हामी युवा के हेरेर बस्ने भन्ने तपाईंहरूलाई लागोस् भनेर रातदिन नभनी दौडिएको छु । हामी कस्सिँदा दुई महिनामा देशलाई कायापलट गर्दिन सकिन्छ । तपाईंहरू संकल्प गरेर लाग्नुहोस् ।’

२०६४ को चुनाव वाईसीएलकै कारण जितेको भन्दै वैशाख ३० को चुनाव जिताउन पनि वाईसीएलको भूमिका हुने बताएका प्रचण्डले भनेका थिए, ‘तपाईंहरूलाई लड्नका लागि केही सहयोग चाहियो भने भन्नुहोला, हेडक्वार्टर सहयोग गर्न तयार नै छ ।’  

‘हामीले अहिले गोली चलाउनु छैन, बम पड्काउनु छैन । तर, जसले जालझेल गर्छ त्यसको सात्तो खानु छ । इँटको जवाफ पत्थरले दिनुपर्छ । जसले यत्रो परिवर्तन ल्यायो, त्यो चाहिँ हार्नुपर्ने, जो परिवर्तनविरोधी हो त्यसले जित्ने चुनाव पनि कहीँ लोकतान्त्रिक चुनाव हुन्छ ?’, प्रचण्डले भनेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x