×

वसन्तीदेवी मृत्यु प्रकरणः एसिडले जलेर कि तातोपानीले ?

चैत १३, २०७८

इटहरीस्थित खाने तेल उत्पादन गर्ने कम्पनीमा कार्यरत वसन्तीदेवी चौधरीको मृत्यु शंकास्पद रहेको परिवारले दाबी गरेको छ । 

इटहरीको खनारस्थित तेल उत्पादन कम्पनी एभरेस्ट सोल्भेन्ट प्रालिमा कार्यरत इटहरी नगरपालिका–११ की ३८ वर्षीया चौधरीको मृत्यु एसिडले जलेर भएको परिवारले दाबी गरेका हुन् । 


Advertisment

‘फ्याक्ट्रीमा काम गर्ने कामदारहरूले आमाको मृत्यु एसिडमा परेर भएको बताएका छन्,’ छोरा सुमनले भने, ‘अस्पताल लैजाँदा आमाले पाल्यो–पोल्यो भनेर बर्बराउनुहुन्थ्यो, तातोपानीले पोलेको भए बोल्नै नसक्ने अवस्थामा नहुनु पर्ने हो ।’ 


Advertisment

चैत ३ गते बिहान साढे १० बजे भएको घटनालगत्तै उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । तर, अस्पतालले भर्ना नलिएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । 

धरानमा पनि उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा चैत ९ गते अस्पतालमै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय इटहरी सुनसरीका प्रमुख डीएसपी खगेन्द्र खड्काले वसन्तीदेवीको मृत्यु तातोपानीले भएको दाबी गरे । एसिडका कारण मृत्यु नभएको बताउँदै खड्काले फ्याक्ट्रीबाट निस्केको तातोपानीमा पर्दा उनको मृत्यु भएको बताए । 

‘अनुसन्धानका क्रममा फ्याक्ट्रीमा केमिकल त भेटिएको छ, त्यो एसिड हो/होइन खुलेको छैन परीक्षणका लागि पठाउने तयारी गरेका छौं,’ डीएसपी खड्काले लोकान्तरसँग भने, ‘प्रारम्भिक अनुसन्धानमा पानीमा डुबेर मृत्यु भएको देखिएको छ ।’

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले भने सदगत कागजमा एसिडकै कारण मृत्यु भएको भनेर प्रस्ट रुपमा उल्लेख गरेको छ । 

वसन्तीदेवीको मृत्यु भएपछि शव सदगत पुर्जीमा ‘उम्लिरहेको एसिड पानीमा पर्न गई उनको शरीर पोली गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको’ भनेको छ । 

बर्न अस्पतालका चिकित्सकहरूले महिलाको मृत्यु एसिडकै जलनका कारण भएको रिपोर्ट बिरामीका आफन्तलाई दिएका छन् । 

यता कम्पनीका सञ्चालक अविनाश बोहोराले फ्याक्ट्रीबाट निस्केको तातोपानीमा परेर वसन्तीदेवीको मृत्यु भएको दाबी गरेका छन् । उनले उपचार खर्च कम्पनीले व्यहोरेको र अन्य क्षतिपूर्ति भने दिन नसकिने बताए । 

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x