×

NIC ASIA

प्रदेश १ को खेलकुद बोर्ड उपाध्यक्षमा कार्की र सदस्यसचिवमा वाग्ले नियुक्त

चैत २२, २०७८

Prabhu Bank
NTC
Premier Steels

प्रदेश १ को मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डमा पदाधिकारी नियुक्त गरेको छ । 

Muktinath Bank

बैठकले बोर्डको उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंसराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई पदमुक्त गरेको हो ।


Advertisment
Nabil box
Kumari

मेयाङ्बो र बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले गत असोज २४ गते नियुक्त गरेका थिए । 

Vianet communication

सामाजिक विकासमन्त्री राजन राईले माघ अन्तिममा मेयाङ्बो र बस्नेतलाई तीनदिने स्पष्टीकरण सोधेका थिए ।

उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । 

बस्नेतको सदस्यसचिव बन्ने योग्यता नपुग्ने भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो । 

प्रदेश खेलकुद बोर्डको सदस्य सचिव बन्न कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने कानूनी प्रावधान छ ।

प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको छ । 

शेरधन राईको पालामा नियुक्त सुबोध प्याकुरेल मुख्यमन्त्री राईसँगै पदमुक्त भएपछि सो पद खाली भएको थियो । उनी यसअघि आयोगको सदस्य थिए । 

आयोगका सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अन्जु खड्कालाई नियुक्त गरिएको छ । 

सरकारले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशक पदमा विष्णुकुमार कार्कीलाई नियुक्त गरेको छ । उनी अवकाश प्राप्त सरकारी कर्मचारी हुन् । 

सरकारले यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेलाई सरकारको प्रवक्ता तोकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x