×

गाडी आयातको एलसीमा रोक : व्यवसायी चिन्तित

चैत २३, २०७८

 राष्ट्र बैङ्कले विलासिताका वस्तुको आयात रोक्न सरकारलाई सुझाव दिएपछि अटोमोबाइल व्यवसायीहरू चिन्तित भएका छन् ।

चुलिँदो व्यापारघाटा र विदेशी मुद्राको सञ्चितिमा निरन्तर कमी आउन थालेपछि बैङ्कले विलासिताका वस्तुको आयात रोक्न सोमबार सरकारलाई सुझाव दिएको छ ।


Advertisment

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी निर्देशक अहिलेको अवस्था नै प्रतिकूल भएकाले यस्तो निर्देशन आउनु स्वभाविक भएको बताउँछन् । राष्ट्र बैंकले नै भनेपछि बैंकहरूले त त्यसलाई कार्यान्वयन गर्नैपर्ने उनको भनाइ छ ।


Advertisment

महँगा मूल्यका मदिरा, अटोमोबाइल, मोबाइल फोन, कस्मेटिक सामान तथा अन्य कम महत्वका उपभोग्य वस्तु आयातमा रोक लगाउन सरकारलाई सुझाव दिइएको हो । राष्ट्र बैङ्कले बैङ्कका सीईओहरूलाई नै बोलाएर गाडी, मदिरा र कस्मेटिकका समान आयात रोक्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कले आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको हो । विदेशी मुद्राको सञ्चितिमा दबाब बढ्दै गएपछि बैङ्कका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । राष्ट्र बैङ्कले यसअघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैङ्कले गाडी आयातको एलसी रोक्न दिएको निर्देशनले आतङ्कित बनेका अटोमोबाइल व्यवसायीहरू आकस्मिक बैठक बसेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले राष्ट्र बैङ्कको निर्देशनले अटो व्यवसायीहरू हतोत्साही भएको बताउँछन् । राष्ट्र बैङ्कले अटो व्यवसायीलाई आतङ्कित पार्ने काम गरेको भन्दै राष्ट्र बैङ्कको लिखित निर्देशन आएमा थप छलफल गर्ने अध्यक्ष थापाको भनाइ छ ।

गाडी आयातमा गरिएको कडाइको विषयमा आधिकारिक रूपमा पत्र पाइनसकेको अवस्थामा नाडाले वक्तव्य जारी गर्नेतर्फ नलागेको भन्दै उनले भने, मौखिक निर्देशन सुन्नासाथ हामी व्यवसायीहरू आतङ्कित बनेका छौँ, आयात नै बन्द गर्ने राष्ट्र बैङ्कको निर्णयबाट देश डुब्न लागेको सङ्केत बुझिएको छ ।

राष्ट्र बैङ्कले गाडी आयातको एलसी रोक्न निर्देशन दिएपछि नाडाले मङ्गलबार दिउँसो कार्य समिति बैठक बोलाएको थियो । बैठकमा राष्ट्र बैङ्कले दिएको निर्देशनका विषयमा पनि छलफल भए पनि आधिकारिक लिखित निर्देशन नआएसम्म कुनै प्रतिक्रियामा नजाने अध्यक्ष थापाले बताए ।

विदेशी मुद्रा सञ्चितिमा कमी आउँदै गएपछि राष्ट्र बैङ्क यसअघि पनि गाडी आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । यस्तै बैङ्कले विभिन्न ४७ वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू
गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x