साउन ३१, २०७९
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको नागरिकता व...
काठमाडाैं | चैत २४, २०७८
काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरको टिकट दाबी गरिरहेका नेता केशव स्थापितले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंमा मेयर जित्ने हिसाबसहितको योजना सुनाएका छन् ।
मंगलबार साँझ र बुधबार बिहान अध्यक्ष ओली र नेता स्थापितबीच स्थानीय तह निर्वाचनको बारेमा विस्तृतमा छलफल भएको थियो ।
‘राजनीतिक कामको हिसाबले अध्यक्षसँग नियमित छलफल हुन्छ । निर्वाचन नजिकिएपछि झन् धेरै छलफल स्वाभाविक हो । अनवरत छलफल भइरहन्छ । हामीले स्थानीय तह निर्वाचन र घोषणा पत्रका बारेमा विस्तृतमा छलफल गरेका छौं’, स्थापितले लोकान्तरसँग भने ।
डोरमणि पौडेल बागमती प्रदेशको मुख्यमन्त्री हुँदा भौतिक योजना तथा विकास मन्त्री रहेका स्थापितले मुख्यमन्त्रीसँगको टकरावपछि राजीनामा दिएका थिए । अहिले बागमती प्रदेश सभाको सांसद रहेका स्थापितले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न पार्टीभित्र तीव्र लबिङ गरिरहेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनका बेला पनि स्थापितले काठमाडौं महानगरपालिकामा मेयरको टिकटको दाबी गरेका थिए । तर, अध्यक्ष ओलीले त्यतिबेला विद्यासुन्दर शाक्यलाई टिकट दिए ।
शाक्यले टिकट पाएपछि निराश बनेका स्थापित चुनावी प्रचारका क्रममा निस्क्रिय बसेका थिए । पछि नेताहरूले चुनावमा सघाउन अनुरोध गरेपछि उम्मेदवार शाक्यको १०१ बुँदे घोषण पत्र बनाउन सहयोग गरेर स्थापित चुनावी प्रचारमा निस्किएका थिए । स्थापितको सहयोगले शाक्यलाई काठमाडौंमा विजयी झण्डा फहराउन केही सहयोग पुग्यो ।
अध्यक्ष ओलीलाई भेटेर स्थापितले चैत महिनाभित्रै काठमाडौंको मेयरको उम्मेदवार टुंगो लगाउन भनेका छन् ।
‘चैत्र महिनाभित्रै मेयरको उम्मेदवार टुंगो लगाउने हो भने एक लाख २० हजार मतसहित मेयरको चुनाव जित्न सकिन्छ । जति ढिलो उम्मेदवारी घोषणा भयो त्यति कम मत आउने हो । छिटो निर्णय गर्नुपर्छ भन्नेमा अध्यक्ष सहमत हुनुहुन्छ’, स्थापितले भने ।
एमाले अध्यक्ष ओलीलाई काठमाडौं महानगरमा कसले कति काम गरेको छ, कसको योगदान के रहेको छ भन्ने कुरा सुक्ष्मरूपमा जानकारी रहेको स्थापितले बताए ।
‘कुन वडामा कसले के काम गर्यो वा गरेन भन्ने उहाँलाई सबै जानकारी छ । मैले त यो काम गर्दा एमालेको श्रीवृद्धि हुन्छ । काठमाडौंमा लहर उठ्यो भने वरिपरिको सबै नगरपालिका जित्न सजिलो हुन्छ भनेको हो’, स्थापितले भने, ‘यो काम मैले गर्नसक्छु भनेर दाबी गर्ने हो ।’
यस्तो छ स्थापितले ओलीलाई सुनाएको चुनाव जित्ने हिसाब
नेता स्थापितले एमाले अध्यक्ष ओलीलाई स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा एमालेले एक लाख २० हजार मत ल्याउन सक्ने योजना सुनाएका छन् ।
स्थापितले भने, ‘म मेयरको उम्मेदवार भएका बेला ८४ हजार मत ल्याएको हो । गत चुनावमा अहिलेको मेयर (विद्यासुन्दर शाक्य)ले मैलेभन्दा करीब २० हजार कम मत ल्याएको हो । चाँडै उम्मेदवार टुंगो लगाउँदा भोट बढाएर सवा लाख पुर्याउन सकिन्छ ।’
गत चुनावमा शाक्य ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका थिए । गत चुनावमा एक लाख ९७ हजार २२७ मत खसेको थियो ।
गत चुनावमा शाक्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए ।
तत्कालीन विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी थिइन् भने अहिलेको विवेकशील साझा (तत्कालीन साझा पार्टी)का उम्मेदवार किशोर थापाले १८ हजार ४९६ ल्याएका थिए ।
‘गत चुनावमा राजुराजले ४५ हजार मत ल्याएका थिए । माओवादीले ९ हजार मत ल्याए । दुवै जोड्दा ५४ हजार भयो’, स्थापितले भने, ‘एकीकृत समाजवादीले एमालेको १० हजार भोट बिगार्यो भन्ने अनुमान गर्दा पनि हामीसँग ७४ हजार मत (स्थापितले पाएको ८४ हजार मतको हिसाबमा) बाँकी नै हुन्छ ।’
अहिले मतदाताको संख्या थपिएको कारणले अरू गठबन्धन भएर आउँदा पनि काठमाडौंमा एमालेलाई हराउन नसक्ने उनको जिकिर छ ।
‘२०५४ सालमा पार्टी फुटेकै अवस्थामा पनि मैले ८४ हजार मत ल्याएको हो । चैत महिनाभित्रै उम्मेदवार टुंगो लगाएर हरेक वडामा उम्मेदवारले एक दिन बिताउन पायो भने एमालेको पक्षमा एक लाख २० हजारभन्दा बढी मत आउँछ । मैले भन्नेचाहिँ त्यति मत ल्याउने खुबी मसँग छ’, स्थापितले भने ।
२०५४ मा उम्मेदवार हुँदा आफूले मेयरको रूपमा पफर्मेन्स देखाउन नपाएको अवस्थामा नै सर्वाधिक मत ल्याएको उनले बताए ।
‘त्यतिबेला मेरो पफर्मेन्स नै देखाउन नपाएको बेला जनताले विश्वास गरेको हो । मैले त्यसबेला गरेको काम जनताले अहिलेसम्म सम्झिरहेका छन् । त्यसकारण, सवा लाख भोट ल्याउन सक्छु भन्ने आत्मविश्वास छ । मैले अध्यक्षलाई सबै टोल, वडा, क्षेत्रको चुनावी मत यस्तो हुन्छ भनेर बताएको छु’, स्थापितले भने ।
उम्मेदवारी टुंगो लगाउनुअघि काठमाडौंमा एमालेले गर्ने कामको बारेमा पनि टुंगो लगाउनुपर्ने उनले बताए ।
‘काठमाडौंमा एमालेले नै जित्छ भनेपछि काठमाडौंका लागि एमालेको नीति के हुने भन्ने स्पष्ट हुनुपर्छ । काठमाडौं महानगरपालिकामा स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, भौतिक पूर्वाधारका क्षेत्रका के काम गर्ने भन्ने स्पष्ट योजना हुनुपर्छ’, स्थापितले भने, ‘काठमाडौंमा घरबाहिर निस्केपछि पिसाब लाग्यो भने कहाँ जाने भन्ने समस्या छ । निजी क्षेत्रलाई परिचालन गरेर पाँचसय वटा शहरी सेवा केन्द्र बनाइयो र त्यहाँ निःशुल्क शौचालय प्रयोग गर्न पाइयो, सस्तोमा पानी किन्न पाइयो भने जनतालाई सहज हुन्छ ।’
आफू उम्मेदवार नभए पनि शहरी विकासको योजनाबारे निरन्तर छलफल गर्ने उनी बताउँछन् ।
‘शहरी विकासका योजनाका बारेमा उम्मेदवार भएपछि मात्रै बोल्नुपर्छ भन्ने होइन । उम्मेदवार भए पनि नभए पनि शहर विकासको बारेमा आफ्ना विचार र योजना जहाँ अनि जहिलेसुकै राख्न पाइयो’, उनले भने ।
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको नागरिकता व...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयार...
सरकारले सार्वजनिक यातायातलाई सुधार्न र व्यवस्थित रूपमा सञ्चालन गर्न ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ बनाउने भएको छ । प्रतिनिधि सभामा दर्ता भएको ३ वर्षपछि २ दिन अगाडि मात्रै पारित भए...
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णयअनुसार सिट बाँडफँट गर्न गठन गरेको कार्यदलको बैठक सोमबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्नेछ । बैठकमा मंसिर ४ को चुनावमा सिट बाँडफाँडको मोडालिट...
उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग रा...
अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् । यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक ह...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...