×

उपत्यकामा पहिलो फ्लाई ओभरकोे तयारी

चैत २८, २०७८

सरकारले काठमाडौं उपत्यकामा पहिलो फ्लाई ओभरको निर्माणका लागि डिजाइनको काम शुरू गरेको छ ।

काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा पहिलोपटक फ्लाई ओभर निर्माणअन्तर्गत सर्वेक्षणको काम सम्पन्न भई त्यसको ढाँचा (डिजाइन) तयारको काम शुरू भएको हो ।


Advertisment

सरकारको सो फ्लाई ओभरको चाँडो निर्माणको काम अघि बढाउने तयारी छ । आगामी दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण कार्य अघि बढाउने योजनामा सरकार रहेको पाइएको छ । १९ फागुनमा डिजाइन शुरू भएकोमा आगामी १६ असारसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । निर्माण थालिएपछि २० महिनामा काम सक्नुपर्नेछ ।


Advertisment

सरकार आफैंले ईपीसी (इन्जिनियरिङ प्रोक्युअमन्ट् एन्ड कन्सट्रक्सन)सँग सम्झौता गरेर उपत्यकामा पहिलो फ्लाई ओभर निर्माण गर्न लागेकोे हो ।

सरकारले ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने तयारी गरेसँगै त्यस ठाउँमा ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण विषयका रूपमा आएको छ । महानगरीय ट्राफिक महाशाखाले ग्वार्को चोक यातायातको उच्च चाप हुने स्थान भएकाले समस्या उत्पन्न हुन सक्ने जनाउँछ । फ्लाई ओभरको जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प भने खोज्नुपर्ने देखिएको छ ।

त्यसो त फ्लाई ओभर निर्माण सम्पन्न भएपछि ग्वार्को चोकमा ट्राफिक व्यवस्थापनको संरचनामासमेत परिवर्तन हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै फ्लाई ओभरको उचाइ ६ मिटर हुनेछ । निर्माण सम्पन्न भएपछि मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट जानेछन् भने फ्लाई ओभरमाथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् ।

काठमाडौं उपत्यकामा हाल कलंकी चोकमा अन्डरपासमार्फत सवारीसाधन चल्ने गरेका छन् । चक्रपथमा चल्ने सवारीसाधन अन्डरपासमार्फत पास हुने गरेका छन् भने कालिमाटीबाट नागढुंगा र नागढुंगाबाट अन्यत्र जाने सवारीसाधन पुलमाथिबाट आवतजावत गर्ने गरेका छन् ।

चीन सरकारले पहिलो खण्डको सडक विस्तार गर्दा खसीबजारबाट कलंकीसम्म अन्डरपास निर्माण गरेको थियो । यो नै नेपालमा निर्माण भएको पहिलो ‘अन्डरपास’ हो ।

हाल काठमाडौं उपत्यकाको जाम कम गर्ने उद्देश्यसहित ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्न लागिएको सरकारी पक्षले जनाएको छ । जापान सरकारको ऋण सहयोगमा नागढुंगा सुरुङमार्ग आयोजनाअन्तर्गत पनि एउटा फ्लाई ओभर निर्माण भइरहेको छ । सो आयोजनामा एउटा ओभर पास र तीनवटा अन्डर पास निर्माण हुनेछन् ।

सरकारले कोटेश्वर चोक, बानेश्वर चोकलगायत अन्य स्थानमा पनि फ्लाई ओभर निर्माणका लागि दातृ निकायहरूसँग छलफल गर्दै आएको छ ।

उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकचोकमा ट्राफिक जाम बढेर जान थालेपछि फ्लाई ओभर, अन्डरपास तथा सुरुङमार्गको विकल्पमा सरकारले जोड दिन थालेको हो । राजधानी दैनिकमा खबर छ ।

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x