×

NIC ASIA

स्थानीय चुनाव

गठबन्धनमा कांग्रेसको प्रस्ताव– 'यथार्थवादी बनौं, बढाइचढाइले तालमेल अप्ठ्यारोमा पर्छ'

चैत २९, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसले चुनावी तालमेलका लागि आफ्नो हैसियतभन्दा बढी दाबी नगर्न गठबन्धनका दलहरूसँग आग्रह गरेको छ ।

Muktinath Bank

स्थानीयस्तरमा दलहरूको वास्तविक हैसियत अनुसारको तालमेलले मात्र चुनाव जित्न सकिने कांग्रेसको टिप्पणी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय परिस्थिति र आवश्यकताअनुसार मात्र चुनावी तालमेल हुने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

पार्टीका कार्यकर्तालाई अन्याय हुनेगरी तालमेल नहुने उनले स्पष्ट पारे । 

Vianet communication

‘हामीले गठबन्धनका नेतृत्वगणसँग अनुरोध पनि गरेका छौं, यथार्थवादी होऔं, सबैले आफ्ना कुरा बचाइचढाइ गर्दा तालमेल अप्ठ्यारोमा पर्छ,’ महतले भने, ‘रियालिस्टिक होऔं, जे आ–आफ्नो स्ट्रेन्थ छ, त्यसको आधारमा जहाँ आवश्यकता छ, त्यो अनुसार तालमेल गर्दा परिणाम आउँछ भन्ने कुरा उहाँहरूले पनि मनन गर्नुभएको छ ।’ 

प्रवक्ता महतले गठबन्धनमा तालमेलको कुराले स्थानीय तहको उम्मेदवार छनोटमा ढिलाइ भएको बताए । ‘टिकट तय गर्न केही समय लागेको छ । गठबन्धनबीच तालमेल गर्ने भएकाले ढिला भएको हो । सांसद् संख्या बाँडफाँड गरेजस्तो नभएकाले केही समय लागेको हो,’ महतले भने, ‘कसरी तालमेल गर्‍यौं भन्ने कुरा छिट्टै थाहा पाउनुहुनेछ । स्थानीय परिस्थिति र आवश्यकताअनुसार तालमेल गर्ने कुरा हो ।’ 

प्रवक्ता महतले कांग्रेसले फागुन २९ देखि आजसम्म सञ्चालन गरेको चुनावकेन्द्रित अभियानबाट जनतामा रहेको भ्रम चिर्न सफल भएको बताए । 

‘एमसीसीको भ्रम चिर्न सफल भयौं । साथै केपी ओलीले पाँच वर्षका लागि नेतृत्व पाउनुभएको थियो, त्यसलाई पूरा गर्न नसकी तीन वर्षमा असफल भएर हात उठाउनुभयो । जसले जिम्मेवारी पूरा गर्न सकिनँ भनेर बीचमै हात उठाए, उनलाई फेरि जिम्मेवारी दिने कुरा उपयुक्त हुँदैन भनेर जनतालाई कन्भिन्स गरेका छौं,’ महतले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x