×

NIC ASIA

भागबण्डाको किचलो

भरतपुर महानगरसहित ४ उपमहानगरमा माओवादीको दाबी, गठबन्धनमा भएन सहमति

बैशाख ४, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दा चितवनको भरतपुर महानगरसहित ४ उपमहानगरपालिकाको मेयरमा दाबी गरेको छ । 

Muktinath Bank

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव अनुगमन र परिचालन समितिको आइतवार बसेको बैठकमा माओवादीले भरतपुरसहित धरान, बाराको जीतपुर सिमरा, मकवानपुरको हेटौंडा र दाङको घोराही उपमहानगरमा दाबी पेश गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर माओवादीले जितेको थियो । शुरूमा नेकपा एमालेले जितेको धरान उपमहानगरपालिका नेकपा विभाजन नहुँदै भएको उपचुनावमा कांग्रेसले बाजी मारेको थियो । 


Advertisment
Nabil box
Kumari

हेटौंडा र जितपुर सिमरा उपमहानगरपालिका एमालेले जितेको थियो । माओवादी प्रवक्ता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र रहेको दाङको घोराही पनि एमालेले जितेको थियो । 

Vianet communication

बैठकमा सहभागी माओवादी नेताहरूले भरतपुरसहित चार उपमहानगर आफूहरूको बटमलाइन रहेको बताएका थिए । नेकपा (एस)ले पनि पोखरा महानगरसहित ३ उपमहानगर दाबी गरेको छ । जसपाले वीरगञ्ज महानगरसहित जनकपुर र नेपालगञ्ज उपमहानगरपालिकामा दाबी गरेको  छ । 

माओवादी, एस र जसपाको दाबीका कारण गठबन्धनमा सहमति जुट्न नसकेको हो । ‘माओवादी र नेकपा एसका तर्फबाट दाबी आएको छ, आजै सहमति जुट्न सकेको छैन,’ बैठकमा सहभागी कांग्रेसका एक नेताले भने । संयोजक पौडेलले दाबी पेश गर्न भनेपछि माओवादी र एसले दाबी पेश गरेका हुन् । 

सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने सहमति भएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x