माघ २१, २०७९
प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापा गाउँस्थित पाठशाला स्कुलको थि...
अत्याधुनिक सेवासुविधासहित राजधानीमा नयाँ सिनेमा हल शुरू भएको छ ।
आरामदायी सुविधाका साथ सिनेमा पारखीहरूका लागि दरबारमार्गमा रहेको दरबार मलमा 'दरबार सिने म्याक्स' सञ्चालनमा आएको हो ।
दर्शकहरूलाई सिनेमा हेर्दा लक्जरियस महसुस गराउने उद्देश्यका साथ सीमित व्यक्तिहरूलाई मात्र सामेल गराएर चलचित्र देखाउने उद्देश्यका साथ नयाँ वर्षको अवसर पारी हल सञ्चालनमा ल्याएको दरबार सिने म्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी दिए।
गुण ग्रुपद्वारा निर्माण भएको दरबार मलमा सञ्चालित दरबार सिने म्याक्स सिनेमा हल क्यूएफएक्सले व्यवस्थापन गरेको हो ।
सिनेमा हलभित्र दुईवटा हल छन् । ५० र ५३ जनाको सिट क्षमता भएको सो हलमा अत्याधुनिक साउण्ड सिस्टम, स्क्रीन र अर्डरअनुसारको खाना र खाजाको बारसहितको सुविधासमेत छ ।
सिनेमा हेर्न आउने दर्शकहरूलाई आफू बसेकै ठाउँमा आफ्नो इच्छाअनुसारको खाजा र खाना अर्डर गरेर खान मिल्ने गरी खाजा बार सञ्चालनमा ल्याएको बताए ।
दर्शकले बसेकै सिटबाट अर्डर गरेर खाना र खाजा खाँदै सिनेमाको मज्जा लिन पाउने सुविधा ल्याएको प्रवन्ध निर्देशक शाक्यको भनाइ छ ।
सिनेमा हेर्दै मदिरा खानेहरूको लागि छुट्टै बारको व्यवस्था रहेको हलमा बियरसहित विभिन्न मदिराहरू सेवन गर्दै सिनेमा हेर्ने समेतको सुविधा छ ।
वर्षौंदेखि सिनेजगतमा सेवा गर्दै आएको गुण ग्रुपका प्रबन्ध निर्देशक शाक्यका अनुसार दरबारमार्गमा रहेको दरबार मलसँगै सिनेमा पारखीहरूलाई पृथक सुविधा दिन खोजिएको हो ।
अन्य हलभन्दा फरक सेवा दिने उद्देश्यका साथ सञ्चालनमा आएको सो सिनेमा हलमा दैनिक ९ वटा शो देखाइने र टिकटको मूल्य एक हजारदेखि १२ सय रूपैयाँसम्म निर्धारण गरीएको छ ।
गुण ग्रुपले विगत २५ वर्ष देखि ग्वार्कोमा गुण सिनेमा हल सञ्चालन गर्दै आएको छ ।
प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापा गाउँस्थित पाठशाला स्कुलको थि...
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात मिस पबि पछिल्लो समय मोडलिङमा व्यस्त छिन् । उनले पछिल्लो दुई महिनायता एक दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । सुनिल गिरीको ‘जुम्ला’बोलको...
मिस नेपाल–२०२३ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना मिस नेपालको नयाँ संस्करणबारे जानकारी दिएको हो । सहभागी हुन इच्छुकले चैत १ गतेसम्म आवेदन दिन ...
म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा महानायक राजेश हमालले कुनै पनि...
नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आएको छ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । डा. भोला रिजालको निर्माण रहेको ...
‘द भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल ‘करण राई’ मार्फत &l...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...