×

NIC ASIA

जनताको घरघरमा मत माग्दै राजनीतिक दल तथा उम्मेदवार

बैशाख १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । उम्मेदवारले आफ्नो मनोनयन समेत दर्ता गराइसकेका छन् ।

Muktinath Bank

निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित गरिसकेको छ । केही ठाउँमा २ वा २ भन्दा बढी उम्मेदवारको मनोनयन पत्र दर्ता नभएपछि केही उम्मेदवार निर्वाचित समेत बनी सकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय उम्मेदवार र राजनीतिक दलका प्रतिनिधि जनताको घरघरमा मत माग्न व्यस्त छन् । जिल्लामा १७ वटा निर्वाचन कार्यालयमा दर्ता भएका दलले चुनाव लड्न पाउने छन् । वडा र पालिकामा जनप्रतिनिधि चुन्नका लागि मतदाता समेत लालायित भएका छन् । 


Advertisment
Nabil box
Kumari

यसअघिका निर्वाचनमा भन्दा मतदातासमेत यस पटकको चुनावमा आफूलाई नयाँ के हुन्छ भनेर सोध्नसमेत थालेका छन् । विकास निर्माणका काम निकै कम भएको यसअघि पनि यस्तै हुन्छ कि नयाँ केही काम गरेर देखाउने योजना छन भन्ने प्रश्न उम्मेदवारसँग मतदाताले गरेका छन् । 

Vianet communication

पार्टीप्रति आस्था राख्ने एकथरी युवा तथा मतदाता आफूले समर्थन गरेको दललाई नै अघि सारेर हिँडे पनि धेरै मतदाता राम्रा उम्मेदवार छान्न लाग्ने बताउँदै आएका छन् । इलाम नगरपालिका–२ सुम्बेकका किशोर खतिवडा यस पटक पहिलो चोटी मतदान गर्दैछन् । उनले हाम्रालाई भन्दा पनि राम्रा उम्मेदवारलाई जिताउने अठोट लिएका छन् ।

जितेर गाउँघर नपुगेका जनप्रतिनिधिदेखि नयाँ अनुहारसहित जनताको घरआँगनमा विभिन्न आश्वासनसहित पुग्न थालेको मतदाताको भनाइ छ । यसअघिका चुनावमा नेताले धेरै आश्वासन देखाए पनि दिएका धेरै आश्वासन पूरा हुन सकेनन् । जनताले अब भने पूरा गर्नसक्ने खालका घोषणापत्र मात्र निर्माण गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्दै आएका छन् । जिल्लामा पालिकास्तरका घोषणापत्र सार्वजनिक हुन थालिसकेका छन् । 

राजनीतिक दल तथा प्रशासनले समेत जनतालाई ढुक्क भएर मतदानको व्यवस्था मिलाउन लागि परेका छन् । जिल्लामा २ लाख २४ हजार ७४८ मतदाता रहेका छन् । जसमा १ लाख १५ हजार ७५४ पुरुष र १ लाख ९ हजार १९२ जना महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । 

जिल्लामा १५१ मतदानस्थल र २८५ मतदान केन्द्र रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x