
रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै कांग्रेसले अग्रता लिएको छ ।
वडा नम्बर १ को एक हजार ३०० मत गणना हुँदा कांग्रेसका फणिन्द्र शर्मा अगाडि छन् ।
गठबन्धनका उम्मेदवार शर्माले ५६२ मत प्राप्त गर्दा एमालेका चित्रबहादुर कार्कीले ५१० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ५८१ मत प्राप्त गर्दा एमालेकी विना रानाले ५३३ मत प्राप्त गरेकी छन् ।