असार १९, २०७९
मधेस प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ । डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सो अवसर...
काठमाडाैं | जेठ २, २०७९
आदरणीय बालकृष्ण दाई,
तपाईं सन्चै हुनुहुन्छ होला । तर, म यतिबेला फ्रन्टलाइन अस्पतालको आइसियु बेड नम्बर–१ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन । किनकी मैले तपाईंलाई दाईको नाताले चिनेको हुँ र गृहमन्त्री भनेर सम्बोधन गर्दा दाईको नाता फितलो हुन्छ जस्तो लाग्यो । र, अर्को कुरा शायद तपाईँ दाई नै भएको भए मेरो हत्या हुन लाग्दा बचाउने कोसिस गर्नुहुन्थ्यो होला, तर गृहमन्त्रीको हैसियतलाई दाइको नाताले जित्न नसक्ने रहेछ । म शायद भाग्यमानी थिएँ, त्यसैले आज तपाईंलाई यो पत्र लेख्न सक्षम नै छु । मैले राजनीतिमा प्रवेश गर्नुमा तपाईंको ठूलो हात छ । किनकी एउटा स्वच्छ छवी भएको राजनीतिज्ञ भनेर मैले सम्झने नामहरुमा तपाईँको नाम सदैव आउँथ्यो । तर, आज दाईको राजनीति अलि फरक भएको महसुस गरेको छु ।
यो तपाईंले शान्ति सुरक्षा धानिरहेको व्यवस्था हो र यही व्यवस्थामा तपाईँको भाइ मात्र नभएर एउटा स्वतन्त्र रुपमा राजनीतिमा प्रवेश गर्न लागेको युवाको हत्या प्रयास भएको छ । जुन कुरा कतिको जायज हो ? कतिको न्यायोचित हो र कतिको बर्बरतापूर्ण समयको प्रतिनिधि घटना हो ? तपाईं आफैँ बुझ्नुहुन्छ ।
रामचन्द्र पौडेलको गाँउमा मेरो हत्या प्रयास हुँदासम्म न त त्यो रोकियो, न त मलाइ त्यहाँ बाट छिटो निकाल्ने प्रयास नै भयो । उल्टो सिडिओ, पुलिस लगायतका विपक्षका थुप्रै मिलेर दीपकराज जोशीले मत पत्र च्यात्यो भन्ने जस्तो गम्भीर आरोप मलाई लाग्यो ।
म एउटा स्वतन्त्र उम्मेदवार न हुँ । के नै फरक पर्थ्यो र मैले चुनाव जित्दैमा या हार्दैमा ? मैले सम्पूर्ण बुथमा आफ्नो उपस्थिति जनाउने मनसायले अन्य बुथमा गए सरह उक्त बुथमा अर्थात् (व्यास नगरपालिकाको रिस्तीमा) पनि सामान्य तवरले नै उपस्थिति जनाउन मात्र गएको थिएँ । झगडाकै मनसायले गएको भए आइलाग्ने माथि जाइलाग्ने भन्ने कुराको हेक्का राखेरै जान्थेँ होला । हुन त म बदलामा विश्वास नगर्ने मान्छे हुँ तर पनि आफ्नो सुरक्षा व्यवस्था गरेर जानसम्म सोच्थेँ होला । त्यहाँ पुगेर पनि मैले भनेको यति मात्र हो कि बुथमा सबै पार्टीको एजेन्ट हुनुपर्छ ।
यो कुन शासनकाल हो र यहाँ कसले कसले मात्रै बोल्न मिल्छ ? स्पष्ट पारिदिनुभयो भने त्यही अनुसारको अनुशरण गर्दै जान्छन् जनताले । होइन भने जायज कुरा बोल्ने बित्तिकै कुटपिट गर्ने र ज्यान मार्ने योजना सहितको आक्रमणले जनमानसमा कुन युगको आभास दिँदैछ ?
दाई, एउटा कुरामा ढुक्क हुनुस् । म यस कारण राजनीतिमा उदाउँदो तारा बनेर होमिएको हुँ । मलाई थुप्रै बेथितिले पोलेको छ । हुन त म राजनीति गरेर कुनै पदमा पुग्छु या पुग्दिनँ बेग्लै बिषय हो । तर, यदि म त्यहाँ पुगेँ भने, त्यो समयसम्म तपाईं पूर्व गृहमन्त्री बनिसक्नु हुनेछ । त्यो बेला आज जस्तो घटना हुने छैनन् । तपाईंको सवारीसाधन तोडफोड हुने वातावरण बन्ने छैन । तपाईंका छोरी चेली बलात्कारको शिकार हुने छैनन् । तपाईंका छोरा नातिको हत्या प्रयास हुने छैन । यो ग्यारेन्टी मेरो भयो । जसरी मेरो उपस्थिति नै मेटाउने दुस्प्रयास हुँदासम्म पनि यो देशको शान्ति सुरक्षामाथि प्रश्न गरिएको छैन । यो स्थिति हामीले अभ्यास गरिरहेको व्यवस्थामा भद्दा मजाक बाहेक केही होइन । यो हदैसम्मको हिप्पोक्रेसी हो ।
तपाईं सक्षम गृहमन्त्री बन्न सक्नुभयो या भएन, इतिहासले बताउँने छ । तर दाई तपाईं एउटा असल दाई बन्न सक्नु भएन । भाईको रक्षा गर्न सक्नु भएन । हुन त हामी हिन्दू धर्मको अभ्यास गरेर हुर्केका मान्छे हौँ । कतै न कतै त यसको लेखाजोखा पक्कै हुन्छ होला ।
यतिबेला मेरो स्वास्थ्य अवस्था ठिक छैन, मेरो देशका धरै दाजुभाईको स्वास्थ्य ठिक छैन । तर, पनि भाइको नाताले यहाँको सुस्वास्थ्यको कामना गर्दछु ।
दाई तपाईंलाई तपाईंका बा–आमाले बालकृष्ण भनेर नाम दिनुभयो । कृष्णले त केवल मखन चोरेका थिए । बाँकी त उनले जे गरे लोक कल्याणकारी काम नै गरे । तर, तपाईं गृहमन्त्री हुँदै गर्दा तपाईँकै पार्टीका मान्छेले एउटा वृद्ध बा–आमाको कोख रित्याउने प्रयास गर्दा समेत तपाईं कुन मुटु लिएर आनन्दले निदाएर बस्नु भएको थियो ? जवाफ दिन सक्नुहुन्छ ?
मलाई तपाईं प्रति कुनै आग्रह पूर्वाग्रह छैन र रहँदैन पनि, तर यतिबेला म भित्र यति धेरै प्रश्नहरु सवाल गरिरहेका छन् कि जसको उत्तर खोज्ने प्रयास गर्दैछु ।
कुनै पनि राज्य व्यवस्थामा पदीय जिम्मेवारी बहन गरिसके पश्चात मान्छे पदको हुन्छ, मान्छे जनताको हुन्छ । न कि पार्टीको । तर, तपाईं किन पार्टीको मान्छे बनिरहनु भयो ? तपाईंले बहन गर्ने दायित्व भित्र के तपाईंले टेकेर माथि पुगेको जमिन मात्रै हो ? तपाईं माथि भएको शान्ति सुरक्षाको जिम्मा कसकसको हकमा लागू हुने हो प्रष्ट पारिदिनुभयो भने म लगायत सम्पूर्ण जनताको कौतुहलता मेटिनेछ ।
उही तपाईंलाई दाई सम्बोधन गर्ने
दीपकराज जोशी
व्यास नगरपालिका तनहुँ ।
मधेस प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ । डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सो अवसर...
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गरी त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् । महानिरीक्षक अर्यालले सो अस्पताल निरी...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्री निवा...
काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच व...
नेपाल प्रहरीका १८ डीआईजीको पदस्थापन भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट आइतबार उनीहरुको पदस्थापनको निर्णय भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह...
रिक्त रहेको प्राविधिक समूहको प्रहरी नायव महानिरीक्षक पदमा वरिष्ठ प्रहरी उपरीक्षक अरुण कुमार भण्डारी सिफारिस भएका छन् । बढुवा समितिले आइतबार बसेको बैठकले उनलाई बढुवा सिफारिस गरेको हो । बढुवा समि...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...