×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

पार्टी फुट्दा पनि मधेशमा एमालेको ‘कम ब्याक’, स्थानीय तहमा ५ सिट बढाएर दोस्रो

जेठ ८, २०७९

NTC
रौतहटमा एमालेले निकालेको विजय जुलुस
Premier Steels

पार्टी विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बन्दा पनि नेकपा एमालेले मधेश प्रदेशमा आफ्नो पूर्ववत शक्ति सुधार गरेको छ ।

Muktinath Bank

हालसम्मको मतपरिणाम अनुसार एमाले थप ५ सिट जित्न सफल भएको छ । मधेश आधार ईलाका रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले समेत ३ उपमहानगर जित्न नसकेको अवस्थामा एमालेले कोर मधेशभित्र रहेको बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको नेतृत्व जित्न सफल भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेले मधेश प्रदेशमा कूल २३ स्थानीय तहमा अध्यक्ष/प्रमुख जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा १८ सिट मात्र जितेको नेकपा एमालेले यसपटक ४ थप सिट जित्न सफल भएको छ । एमाले विभाजित हुँदा मधेश प्रदेश सभामा विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी बलियो भए पनि स्थानीय तहमा एमाले नै फेरि पनि बलियो बन्न सफल भएको छ ।


Advertisment
Nabil box
Kumari

मधेश प्रदेश सभामा नेकपा एमालेका ८ जना सांसद मात्र छ तर विभाजित पार्टी नेकपा एकीकृत समाजवादीका १३ जना सांसद छन् । त्यस आधारमा मधेशमा एमालेभन्दा अहिले पनि नेकपा एकीकृत समाजवादी नै बलियो र ठूलो छ तर स्थानीय तहको ताजा मतपरिणामले मधेशमा नेकपा एसभन्दा नेकपा एमाले निकै बलियो रहेको देखाएको छ ।

Vianet communication

मधेश प्रदेशमा नेकपा एसले ३ नगरपालिका र १ गाउँपालिका गरी कूल ४ पालिकामा मात्र जित्न सकेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा २ र सप्तरी, सिरहामा १/१ पालिका जितेको छ ।

नेकपा एकीकृत समाजवादीले सप्तरीको शम्भुनाथ नगरपालिका, रौतहटको गौर र राजदेवी नगरपालिका र सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकासहित कूल ४ पालिकामा मात्र प्रमुख/अध्यक्ष जित्न सकेको छ ।

संविधान जारी हुने बेला नेकपा एमालेलाई मधेश प्रदेशमा सबैभन्दा बढी विरोध खेप्नुपरेको थियो । मधेश आन्दोलनको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीकै सबैभन्दा बढी पुत्ला दहन भएको थियो । यहाँसम्म कि एमालेका मधेशी नेताहरूलाई मधेशमै कालोमोसो दल्ने गरिएको थियो ।

एमालेका नेताहरूलाई मधेश प्रवेशमा निषेध नै लगाइएको थियो । त्यो राजनीतिक प्रतिरोधलाई चिर्न तथा आफ्नो पक्षमा चुनावको माहौल बनाउनका लागि एमालेले मेची महाकाली अभियान सञ्चालन गर्दा सप्तरीको मलेठमा ठूलो अवरोधको सामना गर्नु परेपछि एमालेले अभियान नै स्थगित गर्न बाध्य भएको थियो ।

तर अहिले आएर एमालेले मधेश प्रदेशमा आफ्नो स्थितिमा सुधार गर्न सफल भएको छ । एमाले अध्यक्ष ओली मधेशमा निरन्तर जानुका साथै मधेशमा बढी ध्यान केन्द्रित गरेको परिणामस्वरूप एमालेको अवस्था सुध्रिएको छ ।

यी हुन् एमालेले जितेका पालिकाहरू

एमालेले सप्तरीको अग्नीसाइर कृष्णासवरन र राजगढ गाउँपालिकासहित २ पालिकामा अध्यक्ष जितेको छ । सिरहाको नरहा, भगवानपुर, विष्णुपुर गाउँपालिका, सिरहा, कर्जन्हा, कल्याणपुर, धनगढीमाई नगरपालिका सहित ७ पालिकामा अध्यक्ष/प्रमुख जितेको छ । सर्लाहीको बरहथवा नगरपालिकामा प्रमुख जितेको छ ।

धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिकासहित २ पालिकामा अध्यक्ष/प्रमुख जितेको छ । महोत्तरीको रामगोपालपुर र रौतहटको मौलापुर नगरपालिकामा गरी २ पालिकामा प्रमुख जितेको छ ।

बाराको परवानीपुर, प्रसौनी गाउँपालिका, निजगढ नगरपालिका, कलैया उपमहानगरपालिकासहित ४ पालिकामा अध्यक्ष/प्रमुख जितेको छ । पर्साको छिपहरमाई, सखुवा प्रसौनी, ठोरी गाउँपालिका, पोखरिया र पर्सागढी नगरपालिकासहित ५ पालिकामा अध्यक्ष/प्रमुख जितेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x