×

NIC ASIA

बजेटप्रति विराटनगरका व्यवसायीको प्रतिक्रिया : कार्यान्वयनमै चुनौती

जेठ १५, २०७९

Prabhu Bank
NTC
Premier Steels

सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्रदेश–१ उद्योगी व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले बजेट सुन्दा उद्योगी व्यवसायीको हितमै रहेको बताएका हुन् । उद्योगी व्यवसायीहरूले उठाएको मागहरू बजेटले समेटेपनि कार्यान्वयनमा भने चुनौती रहेको उनीहरूको भनाइ छ । यसअघिका वर्षहरूमा भने अनुसार कार्यान्वयन नहुँदा नै सरकारले बेलाबेलामा त्यसको अपजस लिनु परेको थियो । बजेट राम्रो ल्याए पनि यसको कार्यान्वयन पक्ष फितलो रहेकोले बजेट कार्यान्वयनमा लैजानुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

Muktinath Bank

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र राईका  आर्थिक सल्लाहकार समेत रहेका राजेन्द्र राउतले समग्रमा बजेट स्वागत योग्य रहेको प्रतिक्रिया दिए । ‘चालु आर्थिक वर्षको बजेट घटाएर १५ खर्ब ४६ अरब बनाएको थियो । यो खर्च जेठसम्म ७० प्रतिशत हाराहारी खर्च भएको छ । जति खर्च गर्न सकिन्छ त्यति नै सरकारले बजेट बनाउनु पर्छ, पछि गएर बजेट घटाउने र भएको बजेट पनि समयमा खर्च गर्न नसक्ने खालको बजेटको अन्त्य गर्नुपर्छ,’ उनले भने । आन्तरिक उत्पादन वृद्धि तथा औद्योगीकरणका लागि गुणस्तरीय पूर्वाधार निर्माण, लगानी प्रवर्द्धन, व्यावसायिक वातावरण निर्माण एवं सहजीकरण गर्ने नीतिगत कानुनी प्रणाली सुधार गर्ने कुरा स्वागतयोग्य रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेटमा ठुला तथा रणनीतिक महत्त्वका पूर्वाधार निर्माण तथा औद्योगिक विकासका लागि सार्वजनिक निजी साझेदारी अनुरूप जाने नीति सकारात्मक रहेको उपाध्यक्ष राउतले प्रतिक्रिया दिए ।


Advertisment
Nabil box
Kumari

 ‘बजेटमा उत्पादनशील र रोजगारी मूलक क्षेत्रमा कर्जा प्रवाह सहज गर्ने र बन्द रहेका उद्योगहरू पुनः सन्चालनमा ल्याउने कार्यक्रम बजेटमा समेटिनु सकारात्मक पक्ष हो,’ उनले भने, ‘नेपालीले विदेशमा आर्जन गरेको आय सीपलाई देशभित्र रोजगारी तथा रोजगारीको अवसर सिर्जनामा उपयोग गर्न प्रोत्साहन गर्ने र आम्दानीलाई औपचारिक माध्यमबाट भित्र्याउन थप प्रोत्साहन दिनेछ । कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरण, यान्त्रिककरणमा गरी आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने बजेटले सम्बोधन गरेको छ । यो स्वागतयोग्य रहेको छ ।’

Vianet communication

गुणस्तरीय प्राङ्गारिक मलमा रासायनिक मलमा दिएकै अनुपातमा अनुदान दिने यो राम्रो पक्ष रहेको उनले सुनाए । यसले प्राङ्गारिक मल उत्पादनकर्तालाई हौसला दिलाउने राउतको भनाइ छ । ‘बराह क्षेत्र चतरा धाम र राम धुनी क्षेत्र तथा कोश टप्पु वन्यजन्तु आरक्षण समेटी बृहत धार्मिक सांस्कृतिक, पर्यटन केन्द्रको रूपमा विकास गर्ने कुरा बजेटमा समेटिनु यो राम्रो पक्ष हो,’ उनले भने, ‘पाँच वर्ष भित्र पूर्व–पश्चिम राजमार्गलाई ४ लेनको सडक निर्माण गर्न एसियन हाइवेको स्तरमा बनाउने यो एकात्मक पक्ष हो ।’

सिमेन्ट, स्टिल, जुत्ता चप्पल निर्यातमा ८ प्रतिशत अनुदान दिने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारले नीति यो राम्रो पक्ष रहेको उनले बताए । उद्योगलाई चाहिने जग्गाको हदबन्दी भन्दा बढी जग्गा पनि बैङ्कमा धितो राख्न सकिने,  उद्योग स्थापना गरी सञ्चालन गर्न ५० वर्षको लागि जग्गा लिजमा दिन सकिने,  निजी क्षेत्रले निर्माण गरेको एक सय युनिट भन्दा माथिका अपार्टमेन्ट २० प्रतिशत विदेशीलाई बिक्री गर्न पाइने, आयकरमा व्यक्तिलाई ५ लाख र दम्पतीलाई ६ लाखसम्म कर छुटबाट केही राहत भएको उनले बताए ।

 बजेट राम्रो भएको उद्योग सङ्गठन मोरङका सुयश प्याकुरेलको टिप्पणी छ । धेरै कार्यक्रम पुराना रहे पनि बजेट उद्योगीको हितमा रहेको  उनले बताए । कुनै एउटा उद्योगलाई मात्र दिने तरिकाले ल्याउन खोजेको अनुदान भने बजेटको राम्रो पक्ष नभएको उनले बताए । ‘महिनामा १० करोड रुपैयाँ बिजुली खपत गर्ने उद्योगलाई छुट दिने भनिएको  छ । यति धेरै बिद्युत खपत गर्ने देशभरिमा एउटा मात्र रहेको छ,’ उनले भने, ‘ यो सम्भव हुने छैन ।’

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले उद्योगी व्यवसायीको हितमा बजेट आएकाले कार्यान्वयन गरिनुपर्ने बताए । ‘सर्वाेच्च अदालतले निर्माण कार्य रोक्नु भनेको निजगढको अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यले बजेट छुटाएको छ । तर, विराटनगर विमानस्थलको लागि बजेट नपर्नु  लज्जास्पद विषय हो,’ अध्यक्ष रिजालले भने । व्यवसायी संचालनको लागि सरकारी जग्गा ५० प्रतिशत छुटमा लिजमा दिने यो राम्रो पक्ष रहेको उनले बताए । ‘विगतमा बजेट कार्यान्वयन पक्ष फितलो रहेको छ,’ उनले भने, ‘अहिले बजेट कार्यान्वयन पक्षलाई बलियो बनाएर लैजानु पर्दछ ।’

कोभिडबाट असर परेका साना व्यवसायीलाई वार्षिक ३० लाखसम्मको कारोबारमा ७५ प्रतिशत र १ करोड सम्मको कारोबारमा ५० प्रतिशत आयकर छुट दिने यो सकारात्मक पक्ष भएको उनले बताए ।

 नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले अहिलेको बजेट विगतका कुराहरूबाट सिक्न खोजेको देखिएको बताए । ‘बजेटमा वृहत क्षेत्र समेट्न खोजेको छ । कार्यक्रम धेरै घोषणा गर्ने कार्यान्वयनको पाटो फितलो छ । आयातलाई कसरी प्रतिस्थापन गर्ने भन्ने, निर्यात कसरी बढाउने मूल मुद्दा यो हो,’ उनले भने, ‘अहिलेको अर्थतन्त्र रेमिटेन्स मा केन्द्रित छौँ । आयातमा फोकस भएका छौँ । राज्यले रोकेको अवस्था छ । विलासिताका उत्पादन बढाउने तर्फ चुकेको हो कि जस्तो देखिन्छ । अनुदानको कुरा ठुलो आकारमा अनुदान दिनुपथ्र्यो । निर्यात गर्ने जुनसुकै उद्योगलाई पनि अनुदान दिनुपर्ने थियो । बजेटमा प्रदेशले सेज बनाउने कुरा नआएको उनले बताए ।

 पर्यटन व्यवसायी भविष श्रेष्ठले बजेटले पर्यटन क्षेत्रमा उत्साह जोगाउने खालको नरहेको प्रतिक्रिया दिए । ‘बजेटमा पर्यटन क्षेत्रलाई बेवास्ता गरेको जस्तो देखिन्छ । विराटनगर एअरपोर्टबारे बजेटमा कुरै आएन । भद्रपुरका बारे कुरै आएन । प्रदेश–प्रदेश जोड्ने । पर्यटनबाट अघि बढाउने खालको बजेट आएन,’ उनले भने, ‘पूर्वको लुम्बिनी भनेर विराट राजाको दरबारको कुरै आएन । सामग्री रूपमा प्रदेश १ लाई पर्यटनको क्षेत्रमा बजेटले बेवास्ता गरेको देखियो ।’ पर्यटन क्षेत्रलाई गत वर्ष जति पनि नसमेटिएको उनको प्रतिक्रिया रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x