कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
विराटनगर महानगरपालिका–५ गणेश मार्गमा दुबो घाँस र झारमाथि नै सडकमा ढलान गर्ने तयारी गरिएको छ ।
झारमाथिबाट सडक ढलान गर्न लागेपछि स्थानीयले विरोध गरेका छन् ।
स्थानीयले विरोध गरेपछि बिछ्याइएको रड हटाएर झार निकाल्न थालिएको बताइए पनि जनताको आँखामा छारो हाल्ने गरी ठूलो–ठूलो झार फालेर बालुवा हाल्न थालिएको स्थानीयले आरोप लगाएका छन् ।
झारमाथिबाट रड बिछ्याएर ढलान शुरू गर्न लागेपछि विराटनगर–५ की उषा आचार्य खड्काले भिडियो खिचेर सामाजिक सञ्जालमा हालेकी थिइन् । उनको भिडियो भाइरल भयो ।
उषाले सामाजिक सञ्जालमा झारमाथिबाट छड बिछ्याएर ढलानको तयारी गरेको भिडियो हालेपछि गणेश मार्गमा जनप्रतिनिधि र प्राविधिक सहितको टोलीले रड हटाउन निर्देशन दिएका थिए ।
‘गणेश मार्गमा निर्माण हुन लागेको सडक ढलानको विषयमा गुनासा आएपछि त्यहाँ पुगेका थिए । झार उम्रिएको सडकमै माथिबाट रड बिछ्याएर ढलानको तयारी गर्न लागेका रहेछन्,’ वडाध्यक्ष सन्तोष न्यौपानेले भने, ‘निर्माण गर्नेलाई तत्काल सडकमा उम्रिएको झार हटाएर गुणस्तरीय ढलान गर्न निर्देशन दिएको छु ।’
सडकको झार हटाएर गुणस्तरीय सडकको ढलान नगरे भुक्तानी रोक्का गरिदिने चेतावनी उनले दिए । उनले वडाभित्र भइरहेको विकास निर्माणको काममा खबरदारी गर्न पनि वडावासीलाई आग्रह गरेका छन् ।
विराटनगर महानगरपालिका–५ का सबइन्जिनीयर अजयकुमार गुप्ताले झारमाथि रड बिछ्याएर ढलान गर्दा टिकाउ नहुने बताए । ‘यसरी झारमाथिबाट रड बिछ्याएको पाइएपछि हामीले तत्काल हटाउन भनेका छौं,’ सबइन्जिनीयर गुप्ताले भने, ‘बिछ्याएको रड हटाएर पहिला झार फालेर क्लिन बनाएपछि रड बिछ्याएर मात्र ढकालन गर्न सुझाव दिएका छौं ।’
ढलान गर्नुअघि विराटनगर महानगरपालिकाको प्राविधिकले अनुगमन गरेपछि मात्र निर्माण अगाडि बढाउने उनले बताए ।
३ लाख ५० हजार रुपैयाँ लागतमा गणेश मार्गमा ५० मिटर सडक ढलान हुन लागेको छ । पारिजात मार्ग, शान्तिनगर टोल दक्षिण नाला र गणेशमार्ग सडक ढलान गर्नका लागि पारिजात गणेश शान्तिनगर निर्माण उपभोक्ता समिति गठन भएको छ ।
उपभोक्ता समितिले छुट्टाछुट्टै ३ योजना १४ लाख ९५ हजार रुपैयाँका छन् । जसमध्ये पारिजात मार्गको ३९ मिटर रिटेनिङ वाल र १७५ मिटर नाला निर्माणको ५ लाख ७५ हजार रुपैयाँ बजेट रहेको छ । शान्तिनगर टोलको ९५ मिटरको डे«न निर्माणमा ५ लाख ७५ हजार बजेट विनियोजन भएको थियो । योजनामा उपभोक्ताको २० प्रतिशत लगानी छ ।
ड्रेन र नाला निर्माणको काममा विवाद नभए पनि गणेश मार्गको सडक ढलानको क्रममा लापरवाही गर्न खोजेपछि स्थानीयले खबरदारी गरेका छन् । उपभोक्ता समितिले सडक ढलान निर्माणको जिम्मा नुर महमदलाई ठेक्कामा दिएको थियो । सडक निर्माणस्थलमा भेटिएका ठेकेदार नुर महमदले स्थानीयले सामाजिक सञ्जालमा फोटो हालेकाले समस्या भएको बताए ।
‘सबै झार उखेलेर सफा गरेका थियौं । चुनावको समयमा काम गर्न नसकिएकाले फेरि झार पलायो,’ उनले भने, ‘रडको काम सकेर झार उखेल्ने भन्ने योजना थियो ।’
पारिजात मार्ग, शान्तिनगर टोल दक्षिण नाला र गणेशमार्ग सडक ढलान २०७९ वैशाख ९ गते सम्पन्न गर्न २०७८ चैत १० गते सम्झौता भएको थियो । तोकिएको मितिमा निर्माण कार्य सम्पन्न नभएपछि चालू आर्थिक वर्षको जेठ मसान्तसम्म म्याद थप गरिएको छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...