×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसी उद्दीन खाँ कक्षा १२ को परीक्षामा सहभागी भएपछि उनी अहिले चर्चामा छन् । उनले प्रदेश सभामा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा स्नातक उत्तीर्ण भएको उल्लेख छ । 

Muktinath Bank

मन्त्री खाँले रुपन्देहीको मायादेवी गाउँपालिका–५ को हाजीयनातुल्ला माविमा गत वर्ष कक्षा ११ मा भर्ना भएका थिए । उनले यही जेठ १६ गतेदेखि शुरू भएको कक्षा १२ को परीक्षामा सहभागी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–९, खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ । मन्त्री यादवले आफूले पढाइको महत्त्व बुझाउन आफूले अहिले भर्ना भएर पढ्न थालेको बताए ।


Advertisment
Nabil box
Kumari

‘मैले कक्षा ११ पास गरे १२ को परीक्षा दिएको हुँ,’ मन्त्री खाँले लोकान्तरसँग भने, ‘यसअघि अगाडि फरक विषयमा स्नातक गरेको हुँ । अहिले फेरि मलाई शिक्षा संकाय पढ्न मन लागेर पढेको हुँ । मैले पढाइको महत्त्वको सन्देश दिन अहिले परीक्षा दिँदा ‘नेगेटिभ’ रूपमा साथीहरूले बुझेँ ।’ 

Vianet communication

उनलाई यस अगाडि कहाँबाट कुन विषयमा कहाँबाट गर्नुभएको हो भन्ने प्रश्नमा मन्त्री खाँले लोकान्तरसँग थपे, ‘अहिले यो विषयमा म बोल्दिनँ समय आएपछि सबै सप्रमाण देखाउँछ ।’ उनले २०५८ मै आफूले यसअघि स्नातक उत्तीर्ण गरेको दाबी गरे । मन्त्री खाँले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भए पनि त्यसपछि गएका छैनन् ।

खुदाबगर आदर्श माविका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खाँ अंग्रेजीको परीक्षामा सहभागी भए पनि त्यसपछि नआएको बताए । ‘पहिलो दिन आएर परीक्षा दिनुभएको हो, त्यसपछि के पर्‍यो खै आउनुभएको छैन, केही समस्या परेर हो कि जानकारी भएन,’ शुक्लाले भने । 

मन्त्री खाँले सबै विषयमा परीक्षामा आफू कार्यव्यस्तताले सहभागी हुन नपाएको बताए । स्थानीय एक नेताले सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षामा आउन नपाएको हुन सक्ने बताए । 

खाँ नेपाली कांग्रेसबाट रूपन्देही क्षेत्र नम्बर ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । ३९ वर्षीय खानले पुनःअध्ययन थालेपछि यहाँका स्थानीय उत्साहित भएका छन् । उनी लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्ने विषयमा प्रदेश सभा छलफल हुँदा कुर्सी तोडफोडमा उत्रिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x