×

NMB BANK
NIC ASIA

यात्रुबाहक बस दुर्घटना

रुपन्देहीमा बस दुर्घटना: ९ जनाकाे मृत्यु, १५ जना गम्भीर घाइते

जेठ २२, २०७९

NTC
Premier Steels

जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुबहाक बस आइतवार बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

Muktinath Bank

लु२ख ३८४१ नम्बरको बस हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडक खण्ड अन्तर्गत रोहणी खोलामा खसेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले दुर्घटनामा १ जना महिला सहित ९ जना यात्रुको मृत्यु भएको लोकान्तरलाई जानकारी दिए । गाडी पुलको रेलिङ भाँचेर खोलामा खसेको छ । 


Advertisment
Nabil box
Kumari

दुर्घटनास्थलबाट ३३ जना यात्रुको उद्दार गरिएको थियो । घाइते यात्रुहरुको भैरहवास्थित भीम अस्पताल र युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) मा उपचार भइरहेको छ । 

Vianet communication

जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्दार गरिएको थियो । मृत्यु भएकाका यात्रुहरुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । डिएसपी पौडेलले भने, ‘१५ जना गम्भीर घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।’

बस बिहान पौने ६ बजे दुर्घटनामा परेको थियो । गाडी दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । रात्रीकालिन बस भएको हुँदा चालक निदाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा गाडी चालक पनि घाइते छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x