×

NMB BANK
NIC ASIA

ब्युँतियो ‘रअ बार्ज’को र्‍याप ब्याटल, नेपाली संगीतलाई संसारभर फैलाउने सपना

जेठ २९, २०७९

NTC
Premier Steels

नब्बेको दशकमा अमेरिकाबाट शुरूवात भएको मानिने हिपअप संगीतअन्तरगतको रचनात्मक र रोमाञ्चक विधा ‘र्‍याप ब्याटल’ले नेपाली युवामनहरूमा हलचल ल्याइदिएको छ । 

Muktinath Bank

अमेरिकाबाटै शुरू भएको हिपअप म्यूजिकको लोकप्रियताले नेपाललाई पनि छोयो । केहीपछि हिपअप म्यूजिक विधा प्रयोग गरेर रचनात्मक क्षमता भएकाहरूले हिपअप शैली अर्थात र्‍याप शैलीमा गाउँदै ब्याटल गर्ने प्रचलन बढ्दै गयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा र्‍याप ब्याटलको औपचारिक सुरुवात नै भएको पनि ९ वर्ष बढी भइसक्यो । पछिल्लो समय युवाहरूको रोजाई बन्न सफल र्‍याप म्यूजिकअन्तर्गतका ब्याटल श्रृंखलाहरूले बिस्तारै श्रोता–दर्शकको मन तान्न थालेको छ । 


Advertisment
Nabil box
Kumari

नेपालमा र्‍याप ब्याटलको प्रसंग उठाउनेबित्तिकै अधिकांश युवाहरूले ‘रअ बार्ज’को नाम सम्झिन्छन् । हिपअप संगीतको प्रवर्द्धनकै लागि स्थापित ‘रअ बार्ज’ले र्‍याप ब्याटललाई पुनर्जिवित गराउँदै यसलाई व्यवसायिक रुप दिन खोजिरहेको छ । 

Vianet communication

‘रअ बार्ज’को इतिहास

कोलिन राणाले आफू सेन्ट जेभियर्समा पढ्दादेखि नै एक्सक्लूसिभ इन्टरटेनमेन्ट नामको कम्पनी स्थापना गरेका थिए । उनले यो कम्पनीमार्फत हिपअप ब्याण्डको व्यवसायिक सुरुवात गरे । सन् २०१० मा कम्पनी खोलेका उनको २०११ मा यम बुद्धसँग भेट भयो । त्यसपछि हिपअपमा गएको मनले यही विधालाई थप प्रवर्द्धन गर्ने अठोट लियो । 

त्यसपछि कोलिन राणाको अगुवाईमा ‘एक्सक्लूसिभ नाइट वान’ नामको इभेन्ट आयोजना भयो । त्यहाँ र्‍याप ब्याटल पनि भयो । त्यो कार्यक्रम युवामाझ निकै हिट भयो । त्यसपछि यही टिमले सन् २०१३ मा ‘एक्सक्लूसिभ नाइट टू’को योजना गर्ने निधो गर्यो । र्‍याप ब्याटललाई नेपालमा पनि व्यवसायिक बनाउँदै लैजानुपर्ने सोंचसहित यम बुद्ध, राणा लगायतको टिमले कार्यक्रमको नाम ‘रअ बार्ज’ राख्यो । ‘रअ बार्जको’ र्‍याप ब्याटल भनेपछि युवाहरूमा आकर्षण बढ्दै गयो । ४ जनाले स्थापना गरेको ‘रअ बार्ज’ नामको इभेन्ट अत्यधिक लोकप्रिय भएपछि यसैलाई कम्पनीको रुप दिइयो र जन्मियो ‘रअ बार्ज कम्पनी प्रालि’ । 

‘रअ बार्ज’को जन्मपछि पनि अजबगजबका र्‍याप ब्याटल आयोजना भए । त्यही बीचमा ‘र बार्ज’बाट यम बुद्ध अलग भए । तर राणा लगायतको टिमले भने र्‍याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः शुरू गर्यो ।  

काठमाण्डौ केन्द्रीत पहिलो र्‍याप ब्याटल गर्दा त्यसमा १६ र्‍यापर सहभागी भए । ब्याटल पहिला पनि हुन्थ्यो, तर स्टेजमै र्‍यापरलाई उतारेर व्यवसायिक रुपले त्यस्तो कार्यक्रम आयोजना भएको थिएन । 

र्‍याप ब्याटलको दोश्रो सिजन २०१३ मा भयो । तेश्रो सिजन २०१६ मा भयो । त्यसपछि राणाले नेपाली म्यूजिकलाई हिपअपमार्फत विदेशमा पनि पुर्याउनुपर्छ भन्ने भावनाबाट प्रेरित भई अमेरिकामा ध्यान केन्द्रीत गरे । २०१८ देखि ०१९ सम्म त्यही केन्द्रीत भई उनले यूएसमा र्‍याप ब्याटलको इभेन्ट नै आयोजना गरी नेपाली गीत–संगीतको प्रवर्द्धन गरे । त्यसपछि यो टिमले भारत, बेलायत लगायतका देशमा पनि र्‍याप ब्याटल गर्यो । नेपालीभाषी मात्र नभई विदेशका संगीतप्रेमी युवावर्गमा पनि ‘रअ बार्ज’ले चर्चा बटुल्दै गयो ।

अमेरिकामा अर्को संस्करणको ब्याटल आयोजना गर्ने योजना बनाइरहेको बेला कोभिड संक्रमणले महामारीको रुपमा लिन थाल्यो । त्यसपछि युवाहरूको ‘रअ बार्ज’ पनि केही सेलाएजस्तो देखियो । 

रायमाझीको प्रवेशपछि ‘रअ बार्ज’को पुनर्जीवन

कोभिडको संक्रमण लगभग नरहेपछि अब राणा लगायतको टिमले पुनः ‘रअ बार्ज’लाई सक्रिय बनाई र्‍याप ब्याटललाई अगाडि बढाइसकेको छ । हाल देशका मुख्य शहरहरूमा र्‍याप ब्याटलका लागि अडिसन सकिइसकेको छ । 

युवाहरूमार्फत र्‍याप ब्याटल यति लोकप्रिय भइसक्यो कि, रअ बार्जले ब्याटलका लागि आवेदन आह्वान गर्दा डिजीटल अडिसनमा मात्रै छोटो समयमा ३ हजार बढीको सहभागिता भयो । 

फिजिकल अडिसनमा पनि र्‍यापरहरूको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए । 

रायमाझी पनि संगीत उद्यमी हुन् । उनी युवाहरूमाझ लोकप्रिय भएर पनि सक्रिय हुन नसकेको ‘रअ बार्ज’लाई ब्यूँताएर र्‍यापरहरूलाई सही बाटोमा ल्याउनेदेखि लिएर हिपअप म्यूजिकको राष्ट्रिय/अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्न तल्लीन व्यक्ति हुन् । हाल रायमाझीको नेतृत्वको ‘रअ बार्ज’ले नयाँ काचुली फेरेको छ । र्‍याप ब्याटलका विभिन्न अडिसनहरू भइरहेका छन् । रायमाझीको नेतृत्व पाएपछि ‘रअ बार्ज’ पुनः जागेको छ । ‘प्रवेश दाई आएपछि हामीमा नयाँ उत्साह थपिएको छ ।’ राणा भन्छन्–‘अब हामी छिट्दै हाम्रो ब्याटलका अडिसन र एलिमेनेसन राउण्ड सकेर लाइभ राउण्डका लागि टप ४० प्रतिस्पर्धी छान्दैछौं ।’  

प्रवेशलाई पनि सानैदेखि हिपअप म्यूजिकमा चासो थियो । आफू र्‍यापर नभए पनि र्‍यापलाई माया गर्ने भएका कारण पछिल्लो समय रायमाझीले ‘रअ बार्ज’लाई टेकओभर गरे । 

नेपालको मौलिक संस्कृतिमा लोकदोहोरी भनेजस्तै हिपअप म्यूजिकमा खेलिने दोहोरीलाई रायमाझी र्‍याप ब्याटल भन्छन् । ‘यो पनि निकै रचनात्मक हुन्छ ।’ उनले थपे–‘दुई व्यक्तिबीच हिपअप म्यूजिकको विधामार्फत र्‍याप ब्याटल हुन्छ । सो क्रममा एकअर्काविरुद्धका भडाँस पोख्ने मात्र नभई देशको सिस्टम, राजनीतिक विकृति, सामाजिक विषय वा विकृति लगायतमा एकअर्काले गतिलो प्रहार गरी र्‍याप गाउँछन् ।’ 

यसपटकको स्थानीय निकायको निर्वाचनमा उठेर काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह पनि र्‍यापर नै हुन् । र, उनलाई व्यवसायिक छवि बनाइदिने काम पनि ‘र बार्ज’ले नै गरिदिएको थियो । 

सानेपामा विद्यालय समेत चलाइरहेका रायमाझीले किन लिए त ‘रअ बार्ज’को जिम्मेवारी आफ्नो काँधमा ? उनी भन्छन्–‘एउटा इभेन्टमा म सहभागी भएको थिएँ । त्यसपछि भने आफैं केही गर्ने हुटहुटी भयो । अर्को कारण चाहिँ म आफैंलाई मन पर्ने र्‍यापर यमबुद्धको लेगेसी भएको कम्पनी हो, त्यही भएर पनि पुनः शुरू गर्ने सोच आयो ।’ 

यम बुद्ध हाल यो संसारमा नरहे पनि रअ बार्जलाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको रायमाझी बताउँछन । फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, बालेन जस्ता धेरै चर्चित र्‍यापर जन्मिएका छन्, जो अहिले व्यवसायिक रुपमा सफल पनि मानिन्छन् ।  

‘रअ बार्ज’को जिम्मेवारी लिएपछि रायमाझी समेत हिजोआज हिपअप म्यूजिक प्रवर्द्धनमा जुटेका छन् । र्‍याप ब्याटलको पछिल्लो अडिसन २०२२ फेब्रुअरीबाट शुरू भएको छ । युवाहरूको अत्यधिक सहभागिता देखेर रायमाझी खुशी छन् । ‘मेरो उद्देश्य भनेको नेपाली म्यूजिक र हिपअपलाई फ्यूजन गरेर लैजाने हो,’ उनले भने–‘नेपाली म्यूजिकलाई विभिन्न देशसम्मै पुर्याउने हो ।’

पछिल्लो समय समाजमा र्‍यापरहरू लागूऔषध दुव्र्यसनमा फस्ने गर्छन् भन्ने गलत धारणाको विकास हुँदैछ । रायमाझीले यो कुरा धेरै नजिकबाट बुझेका छन् र नै र्‍याप ब्याटललाई एन्टी ड्रग क्याम्पेनसँग पनि जोडिदिएका छन् । ‘कुनै पनि लागूपदार्थ सेवन गर्नेलाई हामीले ब्याटलमा स्थान नै दिंदैनौं ।’ रायमाझी भन्छन्–‘कुलतमा फसेकाहरूलाई बाहिर निकालेर उपयुक्त काम र रोजगारी समेत दिने काम पनि गरिरहेका छौं ।’ 

रायमाझी आएपछि उनले बेखर्ची र्‍यापरहरूलाई काम समेत दिएका छन् । त्यस्ता र्‍यापरहरूलाई बस्नेदेखि गरिखाने ठाउँसम्मको व्यवस्थापन गरिदिइरहेको उनको भनाइ छ । 

‘हामीले र्‍यापरहरूको व्यक्तित्व विकासलाई समेत विशेष ध्यान दिएर काम गरिरहेका छौं,’ रायमाझी भन्छन्–‘इन्टरनेशनल मार्केट अनुकूलको ट्यालेन्ट हामी जन्माउँछौं, यो मेरो अठोट हो ।’ 

रायमाझीको आफ्नो छुट्टै म्यूजिक कम्पनी पनि छ । त्यसलाई समेत ‘रअ बार्ज’सँगै दौडाउन चाहेका छन् । ‘यहाँ ट्यालेन्टहरूलाई तयार गरी हाम्रो र्‍याप ब्याटल विभिन्न देशसम्म लिएर जान्छौं,’ उनले भने,‘संसारमा म्यूजिकमा लगानी गर्नेहरू अर्बपति भइसके । हाम्रोमा पनि कलाकारिताप्रतिको दृष्टिकोण नै गलत छ । यसलाई आमूल सुधार गरी र्‍याप ब्याटल गर्ने प्रतिभाहरूले पनि राम्रो कमाउन सक्छन् भन्ने मान्यता स्थापित गर्नु छ ।’ 

सुरुवातका दिनहरूमा हिपअप म्यूजिकको नाम सुन्दा पनि मानिसहरू हाँस्थे, तर अहिले बिस्तारै कुरा बुझ्ने जमात ठूलो हुँदै गएको उनको ठम्याइ छ । ‘अब त मानिसले कुरा बुझ्न थाले । हिपअप र र्‍याप ब्याटललाई सबैले स्वीकारिसके । यो विधालाई बुझ्ने क्राउड पनि नेपालमा पाउन थालियो,’ उनी थप्छन् ।  

‘रअ बार्ज’का अभियन्ता लोकसंगीत र र्‍यापलाई फ्यूजन गरेर अगाडि बढ्न चाहन्छन् । ‘र्‍याप ब्याटल बाहिरको अवधारणा हो, तर यसलाई परिस्कृत गरेर नेपाली परम्परागत म्यूजिकको समेत फ्यूजन गरी अगाडि बढ्न सकिने रहेछ ।’ रायमाझी भन्छन्–‘फेरि हामी र्‍याप ब्याटल र शो मात्र गर्न आएका होइनौं । योसँगै हामीले युवा पुस्तालाई ज्ञान पनि बाँड्नुछ । अझ एउटा र्‍यापरले र्‍याप गाएरै जीवन निर्वाह गर्नसक्ने अवस्था बनाउनु छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x