×

NIC ASIA

संसद् बैठक

संसद्को रोचक दृश्य- सभामुखले कांग्रेसका मन्त्रीलाई झपारे, एमाले सांसदले टेबल ठोके

असार ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधि सभा बैठकमा लोसपाका एक सांसद बोलिरहेको समयमा संसद प्रवेश गरेका मन्त्रीलाई सभामुख अग्नि सापकोटाले झपारेका छन् । 

Muktinath Bank

शुक्रवार लोसपा सांसद एकवाल मिया बोलिरहेको समयमा कांग्रेस सांसदसमेत रहेका खानेपानी मन्त्री उमाकान्त चौधरी संसद् बैठक प्रवेश गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद बोलिरहेको समयमा सभामुखले एक्कासि ‘माननीय रोकिनुस्’ भनेपछि एकवाल मिया बोल्दाबोल्दै रोकिएका थिए । ‘माननीय मन्त्री रोकिनुस्, घुमेर आउनुस्,’ सभामुखको निर्देशनपछि मन्त्रीहरू बस्ने कुर्सीमा पुगिसकेका मन्त्री चौधरी फर्केका थिए । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभा नियमावलीमा कुनै सदस्यले बोलिरहेको समयमा सभामुख र सदस्यको बीचबाट बाटो काट्न नपाइने व्यवस्था छ । यस्तै सभामुखलाई पिठ्यूँ देखाएर हिँड्न नपाइने व्यवस्था छ । 

Vianet communication

त्यसपछि मन्त्री चौधरी घुमेर सभामुखको बायाँतर्फको ढोकाबाट संसद बैठकमा प्रवेश गरेका थिए । कांग्रेस मन्त्रीलाई रुलिङ गरेपछि एमाले सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए । एमाले संसदीय दलका उपनेता समेत रहेका पूर्व सभामुख सुवास नेम्वाङले समेत टेबल ठटाएका थिए । 

सभामुख सापकोटाको कार्यशैलीको विरोध गरेको एमालेका सांसदले सापकोटाको समर्थनमा पहिलो पटक टेबल ठटाएका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x