असार १९, २०७९
२०७४ सालको प्रतिनिधि सभा चुनावमा ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि धनगढीमा घर नै किनेर चुनावी अभियान थालेकी प्रधानमन्त्रीपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवाले यसपटक मिति घो...
नेपाल विविधताले धनी देश हो । यहाँ हरेक कुरामा विविधता पाउन सकिन्छ । त्यस्तै विविधताको विभिन्न विधामध्ये प्राकृतिक सुन्दरता एक हो । हिमाल, पहाड र तराई, प्रत्येकले आ–आफ्नै पहिचान सहितको सुन्दरतालाई अँगालेको छ ।
यसले सबैलाई मोहित पारेको छ । अझ हिमालको सौन्दर्यता र हिमालको काखमा सौम्य र शान्तसँग छचल्किएका हिमतालहरूले सम्पूर्ण मानव जगतलाई नै मन्त्रमुग्ध बनाउन सक्ने सामथ्र्य राख्दछ ।
यही सौन्दर्यताको सामथ्र्यले हरेक वर्ष नेपालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । पर्यटकहरूको त्यही घुइँचोको रोजाइमा पर्ने एउटा गन्तव्य हो ‘फोक्सुण्डो ताल’ । अब म तपाईंहरूलाई फोक्सुण्डोको सौम्य सुन्दरताको बयान तस्वीरबाट गर्दै गन्तव्यमा डो¥याउँछु अर्थात् मौसम परिवर्तनसँगै आफ्नो रूप पनि परिवर्तन गर्ने फोक्सुण्डोको जानकारी सहितको फोटो कथा ।
डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । तालको सौन्दर्य र यात्रा विवरणलाई हामीले फोटो कथामा समेट्न प्रयत्न गरेका छौं । तालको मुख्य जलाधार क्षेत्र कान्जिरोवा हिमाल हो । यो ताल ‘वाई’ आकारको छ । समुन्द्री सतहदेखि करीब ३ हजार ९०० मिटरको उचाइमा रहेको तालको लम्बाई ४ दशमलव ८ किलोमिटर, चौडाई १ दशमलव ६ किलोमिटर र अधिकतम गहिराई ६५० मिटर रहेको छ । ताललाई सन् २००७ बाट रामसार क्षेत्रमा सूचीकृत गरिएको हो ।
फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्किएको छ । फोक्सुण्डोको यात्रा गर्ने क्रममा बीच बाटोमै झरनासँग जम्काभेट हुन्छ ।
ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । यो ताललाई कतिपय मानिसहरूले शे–फोक्सुण्डो ताल भन्ने गरे तापनि तालको वास्तविक नाम ‘फोक्सुण्डो’ मात्र हो । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्दछ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले तालसहित निकुञ्जको समग्र क्षेत्रलाई बुझाउँछ ।
पर्यटकीय गन्तव्यको हिसाबले प्रचुर सम्भावना बोकेको निकै नै महत्त्वपूर्ण आकर्षक हिमाली गन्तव्य हो फोक्सुण्डो ताल । पर्यटनको सिजनमा फोक्सुण्डो तालको सौन्दर्यसँग रमाउन र यसलाई नियाल्न आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य चहलपहल हुने गर्दछ ।
नेपालगञ्ज एयरपोर्टबाट लगभग ३५ मिनेटको हवाई उडानपछि जुफाल विमानस्थल र यहाँबाट ३ दिनको पैदल यात्रामा फोक्सुण्डो पुग्न सकिन्छ ।
जुफाल विमानस्थलदेखि केहीबेरको जीप यात्रामा सुलिगाँड पुगिन्छ । सुलिगाँडबाट डोल्पा सदरमुकाम दुनै र फोक्सुण्डो जाने बाटो छुट्टिन्छ । यात्रालाई फोक्सुण्डोतिर अगाडि बढाउने क्रममा सुलिगाँडबाट लगभग ३ घण्टा हिँडेपछि कागेनी पुगिन्छ । कागेनीमा खाना खाने, सुत्ने, बस्ने व्यवस्था भएको होटल पाइन्छ । कागेनीमा बिहानको खाना खाएर अगाडि लाग्ने क्रममा रह, साङ्टा हुँदै छेप्का पुगरे बास बसियो ।
दोस्रो दिन छेप्काबाट हिँडेको केहीबेरमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र प्रवेश गरिन्छ । छेप्काबाट लगभग ५ घण्टामा बल्ल ¥याइची पुगिन्छ । यो बीचमा खाने र बस्ने कुनै सविधा पाउन सकिँदैन । त्यसैले छेप्का र ¥याइची बीचको यात्रामा पर्यटकहरूले गाह्रो महसूस गर्ने गर्दछ । मलाई पनि यो बीचको यात्रा तय गर्न निकै गाह्रो भएको थियो । यस बीचमा ¥याइची नपुग्दासम्म आफूले बोकेको छैन भने पानीसम्म पनि खान पाइँदैन । निरन्तरको भिरालो, उकालो, ओरालो हिँडाइमा कहीँकहीँ भेटिने याक र खच्चडको लस्करमा प्रत्येकले बोकेको भारी हेर्दा मानिस बाँच्न पशुको योगदान अमूल्य छ भन्ने आभास हुन्थ्यो मलाई तर मेरो सुस्त हिँडाइ र हिमाली यात्रामा तय गर्नुपर्ने पट्यारलाग्दो एकोहोरो हिँडाइमा बीचबीचमा भेटिने याक र खच्चडको लस्करले मलाई रमाइलो अनुभूति दिलाउँथ्यो ।
¥याइचीमा बिहानको खाना करीब ३ बजेतिर खाएर बाँस बस्नका लागि हाम्रो यात्रा सम्झना होटलतर्फ अगाडि बढ्छ । करीब २ घण्टाको यात्रापछि सम्झना होटल पुगेर दोस्रो दिनको यात्रालाई विश्राम मारियो, जहाँ बस्नका लागि २ वटा मात्रा होटल छन् ।
तेस्रो दिन हिँडेको केही मिनेटमै ताप्रिचा स्कूल हुँदै अगाडि बढ्दा हामीले यात्रामा सबैभन्दा कठीन बाटोको सामना गर्नुपर्ने रहेछ । भीरमा भित्ता खोपेर बनाइएको एकतर्फी हिँड्न पनि कठिन बाटो पार गर्दै अगाडि लम्कने क्रममा बाटोमा नाउर, सुलिगाड झरनाको रोमाञ्चक दृश्य हेर्दै हिँडाइको करीब ४ घण्टापछि रिग्मोगाउँ पुगिन्छ । यो रिग्मोगाउँ पुग्दा फोक्सुण्डो यात्रामा हिँडेका पर्यटकहरूले तालै पुगेको अनुभव गर्ने गर्दा रहेछन् । मलाई त्यस्तै अनुभव भयो । किनकि यो तालसँगै जोडिएको बस्ती हो । जहाँबाट फोक्सुण्डोसँग मितेरी लाउन पुगिन्छ ।
फोक्सुण्डो ताल किनारमा १५औं शताब्दीको थासुङ चोलिङ गुम्बा छ । गुम्बाभित्र बोन धर्मावलम्बीहरूको प्राचीन मूर्ती छ । गुम्बालाई बोन धर्मावलम्बीहरूले आफ्नो धार्मिक आस्थाको धरोहरका रूपमा मान्ने गर्दछन् । बोन धर्म मान्नेहरूको बाहुल्यता रहेको यस क्षेत्रमा ताललाई पनि एक पवित्र धार्मिक स्थलको रूपमा मान्ने गर्दछन् ।
फोक्सुण्डो पुग्ने क्रममा जतिसुकै कठिनाइ झेले पनि फोक्सुण्डोको सौम्य सुन्दरताले तपाईंलाई आनन्दित बनाउँछ, रोमाञ्चित बनाउँछ, स्वर्गानुभूति दिलाउँछ र कसैकसैलाई फोक्सुण्डोको सुन्दतारले यति खुशी दिन्छ, उनीहरू सायद म जस्तै जीवन र जगतलाई नै बिर्सिएर आँखाबाट आँसु खसाउँदै तालको सौन्दर्यताको सम्मानमा हराउँछन् होला ।
अनन्ता भण्डारीः विगत १० वर्षदेखि आमसञ्चारमाध्यमा संलग्न रहँदै आएकी छन् । विशेषगरी पर्या–पर्यटन, वातावरण, निकुञ्ज क्षेत्र लगायतको वृत्तचित्र निर्माण, निर्देशन र छायांकन गर्नुका साथै फोटो पत्रकारिता गर्दै आएकी छन् ।
२०७४ सालको प्रतिनिधि सभा चुनावमा ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि धनगढीमा घर नै किनेर चुनावी अभियान थालेकी प्रधानमन्त्रीपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवाले यसपटक मिति घो...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतवार बस्दैछ । पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा संगठनसम्बन्धी प्रमुख कार्यसूची रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।&n...
पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन् । ‘९ जना...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी लोकान्तरको नियमित प्रस्तुती लिएर आएका छौँ । लोकान्तर राउण्ड अपमा हामी पछिल्ला २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई समेट्ने गर्छौँ । ००००...
नेकपा एमाले सहितका ५ राजनीतिक दलले आज आइतवार अछाममा सवारीसाधन बन्द गराएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जना...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...