×

NMB BANK
NIC ASIA

वामएकताको प्रस्ताव गर्दै आएका नारायणकाजीले भने– ओलीमा अहंकार देखियो

साउन १, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चित्त दुखाएका छन् । 

Muktinath Bank

शनिवार दुवै नेता सहभागी एक कार्यक्रममा ओलीले नेपालमा एमालेबाहेक अरु वामपन्थी दल नभएको अभिव्यक्ति दिएपछि वामपन्थी पार्टीहरूबीच एकताको पहल गरिरहेका श्रेष्ठले चित्त दुखाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था’ विषयक अन्तरक्रियामा श्रेष्ठले वामपन्थी दलहरूबीच एकता गर्नुपर्ने त्यो सम्भव नभएमा पनि आगामी निर्वाचनमा तालमेल गर्नुपर्ने धारणा राखेका थिए । उनले विगतमा जस–जसले जे–जे गल्ती गरे पनि त्यसप्रति आत्मालोचित भएर एकताको वातावरण बनाउनुपर्ने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

श्रेष्ठपछि बोलेका ओलीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्ने माओवादी केन्द्र वामपन्थी पार्टी नभएको जवाफ दिएका थिए । उनले पार्टी एकता चाहेको भए कांग्रेसको पुच्छर समाउन छाडेर आउन चुनौती दिएका थिए । 

Vianet communication

ओलीको जवाफपछि नेता श्रेष्ठले आइतवार फेसबुकमा लामो स्टाटस लेखेर आफू अझै वाम एकताकै पक्षमा रहेको बताएका छन् । उनले ओलीको अभिव्यक्तिप्रति चित्त पनि दुखाएका छन् । ‘अध्यक्ष क. केपी ओलीले को छ अरू वामपन्थी पार्टी ? भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो । क. ओलीले प्रम हुँदा संविधानको प्रावधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक  संकेत होइन,’ उनले लेखेका छन्, ‘यसले अहम् त तुष्टि गर्ला तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्‍याउने छैन ।’ 

चित्त दुखाइ सहभागीहरुसँग पनि

उनले कार्यक्रममा सहभागीहरूसँग पनि चित्त दुखाएका छन् । ‘मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौँ भन्ने प्रस्ताव राख्दा हलमा उपस्थित श्रोता सहभागीहरूले कर्तल ध्वनीका साथ ताली बजाएर समर्थन गर्नु भएको थियो,’ उनले लेखेका छन्, ‘तिनै श्रोता सहभागीहरूले क. ओलीले अहँकारको प्रदर्शन गर्दै वामएकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनु भयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्‍याउँछ  त ? पुर्‍याउँदैन । हामी कहिले सच्चिने होला ? गम्भीरतापूर्वक सोचौँ ।’ 

उनले अहिलेको आवश्यकता वाम एकता नै भएको दोहोर्‍याएका छन् । ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थकेन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो,’ उनले अपिल गरेका छन्, ‘सबैले गम्भीर आत्म–आलोचक  भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ । बेलैमा बुद्धि पुर्‍याऔँ, नत्र धेरै ढिलो भइसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौँ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x