×

नुवाकोटमा एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

साउन १३, २०७९

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले एक वर्षमा एक हजार छ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरेको छ ।

सिँचाइ कुलो, नदी नियन्त्रण र बस्ती संरक्षण तथा ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो बाझो भूमिमा सिँचाइ सुविधा विस्तार गरेको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिए । खेतीयोग्य उर्बरभूमि भएर पनि हालसम्म सिँचाइ नपुगेको दुई सय हेक्टरमा नयाँ योजनामार्फत र यसअघि निर्माण गरिएको भए पनि जीर्ण बनेका कुलोलाई सुदृढीकरण गरेर थप एक हजार चार सय हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याइएको छ । 


Advertisment

जिल्लामा नयाँ र पुराना गरेर सिँचाइका ७१ योजना अघि बढाइएकामा ६१ योजनाको काम सम्पन्न भएको छ । ‘मागमा आधारित भएर निर्माण तथा मर्मतसम्भार गरिएका सिँचाइ कुलोको उपभोग गरेर किसानलाई कृषि कर्ममा सहज बनाइएको छ’, गुरागाईले भने, ‘सिँचाइको उपलब्धताले खेती लगाउन मात्र नभई बहुआयामिक प्रयोजनका रूपमा खानेपानी, सरसफाइ, पशुपन्छी तथा कुखुरा र माछापालन गर्न सहज भएको छ ।’


Advertisment

नुवाकोटको कूल भूमि एक लाख १२ हजार एक सय हेक्टर भए पनि अध्ययनअनुसार जिल्लाको खेतीयोग्य भूमि ४५ हजार दुई सय ५२ हेक्टर मात्र छ । खेतीयोग्य भूमिमध्ये हालसम्म १८ हजार ४७ हेक्टरमा सिँचाइ सुविधा पुगेको डिभिजन कार्यालयले जनाएको छ । 

बागमती प्रदेशअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सिँचाइ योजनाको निर्माण तथा सुदृढीकरण, नदी तथा खोलाले पु¥याएको कटानको नियन्त्रण, जोखिममा परेका बस्ती तथा सामुदायिक भौतिक संरचनाको संरक्षण, ग्रामीण विद्युतीकरण एवं केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा नवीकरणीय ऊर्जाको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आव २०७८/७९ मा प्राप्त बजेटमध्ये सिँचाइका नयाँ योजना र सुदृढीकरणमा रु २० करोड ११ लाख जिल्लामा एक सयभन्दा बढी योजनामा विनियोजन गरिएको डिभिजन कार्यालयले जनाएको छ । चालु आवमा जिल्लामा नयाँ र पुराना एक सयभन्दा बढी सिँचाइ योजनाका लागि झण्डै रु २५ करोड बजेट विनियोजन गरिएको छ । रासस

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x