×

Dabur
MG

‘पापाकी परी’लाई अझै रोकिएन गाली, संगीतकारको प्रश्न – दर्शककै आपत्ति कि संगीत क्षेत्रको प्रतिशोध ?

साउन २२, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

दर्शक/श्रोताबाट आलोचना भएपछि ‘पापाकी परी’ गीतबाट केही शब्द र दृश्य हटाइएको छ ।

yONNEX
Sagarmatha Cement

शिव हमालको रचना, आशिष अविरलको संगीत एवं संगीत संयोजन र सुशीला पाठकको स्वर रहेको गीत सार्वजनिक भएसँगै आलोचना भएको थियो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

आशिष अविरलको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा मोडल करिश्मा ढकाल पेटिकोट लगाएर नाचिएको दृश्य र केही शब्दलाई लिएर दर्शक श्रोता एवं कलाकारहरूले आलोचना गरेका थिए । 


Advertisment
Kumari
Saurya island
Pardeshi

संगीतकार अविरलले दर्शक /श्रोता एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आपत्तिलाई आत्मसाथ गर्दै गीत सम्पादन गरिएको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

आफूहरूले दर्शक श्रोताकै लागि गीत निर्माण गरेको बताउँदै दर्शकहरूको आपत्तिलाई सहज रुपमा लिएको बताएका छन् ।

‘आखिर दर्शक श्रोताकै लागी गीत संगीत निर्माण गरेको हो । किन तर्क कुतर्क गरी रहने भन्ने ठानेर हामी दृश्य सम्पादन गर्ने निर्णयमा पुग्यौं । र, दृश्य मात्र होइन शब्दसहित त्यो भाग हटाइयो’ संगीतकार अविरलले सम्पादित गीत फेसबुकमा शेयर गर्दै लेखेका छन् । 

उनले दृश्य सम्पादनको लामो समय भइसक्दा पनि गालीगलौज भइरहेको बताउँदै यसलाई भने सहज रुपमा लिन गाह्रो परिरहेको उल्लेख गरेका छन् ।

उनले सम्पूर्ण गीत नै गलत हो त ? भन्ने प्रश्न गर्दै यसमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आधिकारीक धारणा आउनु आवश्यक रहेको बताएका छन् ।

उनले शृङ्गारिक शब्दको प्रयोग रहेको गीत नितान्त मनोरञ्जनका लागि बनाइएको बताउँदै प्रश्न गरेका छन् – गीतलाई अश्लीलताको पराकाष्टा देख्नु नियत हो की वास्तविकता ? दर्शक श्रोताकै आपत्ति हो की संगीत क्षेत्रको प्रतिशोध ?'

 गीत पूरा हेरेर /सुनेर प्रतिक्रिया दिन संगीतकार अविरलले अनुरोध गरेका छन् ।


 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १, २०८०

यस वर्ष तीज विशेष गीत विगतजस्तो धेरै संख्यामा सार्वजनिक भएनन् ।  अघिल्ला वर्षहरूको तुलनामा झण्डै ५० प्रतिशत कम तीज गीत सार्वजनिक हुँदा अधिकांशले चर्चा पाउन सकेनन् । यद्यपि, एकाध गीतले भने य...

असोज ८, २०८०

पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिका समीक्षा अधिकारीको आवाजमा चर्चित पुरानो गीत ‘शिर सजाउने फूल’को फिमेल भर्सन सार्वजनिक गरिएको छ ।  सगरमाथा डिजिटलले गायक शिव परियारको आवाजमा रहेको यस...

असोज २, २०८०

यसवर्ष केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए । तीजको दिन (सोमवार)सम्म आउँदा करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र रहे । जसमध्ये खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नी हो, ...

असोज १, २०८०

नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष ...

असोज १, २०८०

चलेका अधिकांश लोकदोहोरी गायक/गायिकाको यस वर्षको तीज विदेशमा बित्दैछ ।  तीज गीतमा चलेका गायक/गायिका केही सातादेखि विदेशस्थित नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा व्यस्त छन् ।  व...

असोज ५, २०८०

गायक विजय अर्याल र गायिका बेनिशा पौडेलको स्वरमा ‘न्यानो साथ’ बोलको गीत सार्वजनिक गरिएको छ । यो प्रेमगीतमा विजयकै शब्द तथा सङ्गीत छ । विशाल निरौलाले गीतलाई एरेन्ज गरेका हुन् ।  गीतको भ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x