×

NMB BANK
NIC ASIA

नेपाली चलचित्रको दुर्दशा

नेपाली चलचित्रको पछिल्लो ट्रेन्ड– निर्माता आफैंले टिकट किनेर 'हाउसफुल' !

भदौ २१, २०७९

NTC
Premier Steels

नेपाली फिल्म रिलिजको शुरूआती दिनमा निर्माताहरूले केही हलमा आफैं टिकट किनेर सबै सीट ‘सोल्डआउट’ देखाउने ‘ट्रेन्ड’ देखिन थालेको छ ।

Muktinath Bank

विशेषगरी फिल्म प्रदर्शनको शुरूआती दिन (शुक्रवार) र (शनिवार) केही हलको टिकट निर्माताहरू आफैंले काट्ने र हल ‘हाउसफुल’ भयो भनेर देखाउने गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय धेरै फिल्मले यो ‘ट्रेन्ड’लाई पच्छ्याउने गरेको जानकारहरू बताउँछन् । यो ‘ट्रेन्ड’ विशेषगरी राजधानीका मल्टिप्लेक्स हलहरूमा देखिन थालेको छ ।


Advertisment
Nabil box
Kumari

केही शो हाउसफुल देखाउँदा फिल्मको शो बढ्न सक्ने र दर्शकलाई पनि चासो लाग्न सक्ने आशामा निर्माताहरूले आफ्नै खर्चमा टिकट काटेर शो हाउसफुल देखाउने गरेको पाइएको हो ।

Vianet communication

यतिबेला नेपाली फिल्महरू हलमा केही दिन टिकाउन पनि गाह्रो परिरहेको अवस्था छ । शुक्रवार र शनिवार हलमा फिल्म चल्नुलाई ठूलो मान्न थालिएको अवस्थामा केही फिल्मले त्यस प्रकारको ‘स्ट्राटेजी’ अपनाउने गरेको चाबहिलमा रहेको ‘एफक्यूब सिनेमाज’का प्रबन्ध निर्देशक रामहरि कोइराला बताउँछन् । 

‘अहिले शुक्रवार र शनिवार फिल्म कसरी चलाउने भनेर निर्माता एवं वितरकहरूले सोचिरहेको अवस्था छ,’ कोइराला भन्छन्, ‘शुक्रवार चल्यो भने शनिवार हलले पनि राम्रो शो दिन्छ । त्यसका लागि केही फिल्मले शुक्रवार केही हलको टिकट आफैंले किन्ने गरेका छन् ।’ 

‘टिकट सोल्डआउट छ, तर दर्शक छैनन् । टिकट बेचेर मात्रै त भएन, सँगै हाम्रो अन्य व्यापारको पनि कुरा हुन्छ । यसरी त गाह्रो हुन थाल्यो भनेर केही हल सञ्चालक गुनासो गर्न आउनुभएको छ,’ शाहीले भने । 

फिल्म वितरक गोविन्द शाहीले केही फिल्मका निर्माता आफैंले टिकट किनेर शो ‘हाउसफुल’ देखाउने गरेको जानकारी आफूले पनि पाएको बताए ।

हलहरूको साझा संस्था नेपाल चलचित्र संघका सदस्य समेत रहेका शाहीले लोकान्तरसँग भने, ‘त्यो खालको माहोल पछिल्लो समय धेरै हलमा देखियो । यस विषयमा संघमा छलफल पनि भएको छ ।’

शाहीले केही फिल्महरू आफैं चलिरहेको र केही फिल्महरूले भने यस्तो किसिमको ‘फण्डा’ गर्ने गरेको बताए ।

अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘राधा’की निर्मात्री देवकी विष्टले हलमा बूकिङ देखाउनुपर्ने दबाब भोगेको अनुभव शेयर गरिन् । उनले वितरकहरूबाटै पनि यसप्रकारको दबाब आएको लोकान्तरसँग बताइन् ।  

‘वितरकहरूलाई पनि तनाव हुन्थ्यो होला, आफैं पैसा हालेर हलमा अकुपेन्सी देखाऔं, बूकिङ राम्रो देखाऔं भन्नुहुन्थ्यो । दुई/तीन दिन अगाडिदेखि नै हलको टिकट रिजर्भ देखाउनुपर्ने, अकुपेन्सी देखाउनुपर्ने, सोल्ड आउट देखाउनुपर्ने रहेछ,’ विष्टले भनिन्, ‘अरूलाई त्यो प्रेसर आयो/आएन, थाहा भएन । हामीलाई आयो । हामीले त्यो कुरा भोग्यौं ।’

आफूहरूले फिल्म निर्माणमै लाखौं खर्च गरिसकेको र रिलिजको समयमा पनि फेरि आफैं खर्च गरेर टिकट ‘सोल्ड आउट’ देखाउन नसकेको उनले बताइन् । ‘हामी टिकट किन्न सक्ने अवस्थामै थिएनौं । एउटा संस्थालाई भने आग्रह गरेका थियौं । हाम्रो आग्रहमा उक्त संस्थाबाट आएर टिकट काटेर फिल्म हेर्नुभएको थियो,’ विष्टले अगाडि भनिन्, ‘हामीले टिकट किन्न सकेको भए फिल्म टिकाउँथ्यौ होला । हलवालालाई पनि राम्रो प्रभाव पर्थ्यो होला । दोस्रो दिन शो घटिसकेपछि हामी आत्तिएका थियौं ।’

निर्माता आफैंले पैसा तिरेर ‘सोल्ड आउट’ देखाउनु भनेको दर्शकहरूलाई ठग्नु रहेको बताउँदै विष्टले स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताइन् । 

‘सोल्ड आउट देखाउनेबित्तिकै दर्शकलाई प्रभाव पर्छ, ए टिकट गैसकेछ हामी पनि काट्नुपर्छ भन्ने हुन्छ होला । त्यसरी त हामीले दर्शकलाई ठगिरहेका हुन्छौं नि,’ उनले भनिन् ।

प्राइम टाइम र अपेक्षित शो नपाएको भन्दै गत मंगलवारदेखि ‘राधा’को प्रदर्शन रोकिएको छ । उक्त फिल्म पुनः प्रदर्शनको तयारीमा छ ।

वितरक शाही केही शो हाउसफुल देखाउनु निर्माता स्वयंकै लागि घाटा रहेको बताउँछन् ।

‘निर्माताहरूले शुक्रवार, शनिवार फण्डा गरेर हाउसफुल देखाउलान् । आइतबारदेखि ‘पिकअप’ लिन्छ कि ! आइतबारदेखि हलमा दर्शक आउनुहुन्छ कि भन्ने अपेक्षाले त्यसो गर्नुभएको हुनसक्छ,’ ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ एवं दशैंको छेकोमा प्रदर्शनमा आउने प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’को वितरक समेत रहेका शाहीले अगाडि भने, ‘तर त्यो एकदमै गलत काम हो । यसले शुक्रवार र शनिवारका लागि राम्रै गरे पनि भोलिका दिनमा निर्माता आफैंलाई असर गर्छ ।’ 

कतिपय हल सञ्चालकले संघमा आएर गुनासो समेत गर्ने गरेको बताए ।

‘टिकट सोल्डआउट छ, तर दर्शक छैनन् । टिकट बेचेर मात्रै त भएन, सँगै हाम्रो अन्य व्यापारको पनि कुरा हुन्छ । यसरी त गाह्रो हुन थाल्यो भनेर केही हल सञ्चालक गुनासो गर्न आउनुभएको छ,’ शाहीले भने । 

शाहीले यस प्रकारका गतिविधि आउँदा दिनमा पनि देखिए संघले आफ्नो धारणा राख्नेबारे छलफल भएको बताए ।

‘टिकट बिक्री भएको देखाउने, हल खाली हुने खालका गतिविधि राम्रो होइन । आउँदा दिनमा पनि यस प्रकारका गतिविधि देखिए संघ बोल्छ । संघले रोक्ने प्रयास गर्छ । हाम्रो त्यही छलफल भएको छ,’ शाहीले भने ।

यसरी केही शोको टिकट किनेर हाउसफुल देखाउँदैमा केही नहुने भन्दै फिल्म चल्न पहिल्यैदेखि कन्टेन्ट र पब्लिसिटीमा ध्यान दिनुपर्ने उनले बताए ।

‘एक हप्ताभर टिकट किन्यौं भने पनि केही हुँदैन । निर्माताको पैसा मात्रै जाने हो । आफैं टिकट किनेर हाउसफुल नदेखाऔं भन्छु,’ उनले थपे ।

टिकटकमा भेटिएका छन्, यस्ता क्लिप

शुक्रवारदेखि हलमा दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्, ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ । 

निर्माण टीमका अनुसार यी फिल्मले हलमा राम्रो दर्शकहरू पाइरहेका छन् । तर, टिकटकमा भेटिएका केही ‘क्लीप’हरूले भने सोच्न बाध्य बनाउँछन् ।

एक दर्शकले टिकटकमा ‘सम्हालिन्छ कहिले मन’ हेर्न हलमा दर्शकको उपस्थिति न्यून देखिएको भिडियो पोष्ट गरेकी छिन् ।

हलमा अपेक्षित दर्शक नहुनु मात्रै आश्चर्यको कुरा थिएन, तर ती दर्शकले अगाडि भनेकी छिन्, ‘हल खाली देखेँ । तर, काउन्टरमा सोध्दा टिकट सबै बूक गरिसकेको थियो, मान्छेहरू नआइदिएको हो रे !’ 

टिकटकमा अर्को एउटा भिडियो पनि भेटिन्छ, ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन भएको समयमा खिचिएको उक्त ‘क्लिप’मा पनि फिल्म हेर्ने दर्शकको उपस्थिति न्यून देखिन्छ । उक्त टिकटक भिडियोको क्याप्सनमा लेखिएको छ, ‘राम्रो कन्टेन्टमा फिल्म बनाऊ, दर्शक आफैं आउँछन् । प्रोड्युसरको पैसा किन डुबाउँछौं आफैंले टिकट किनेर हाउसफूल देखाएर ? हेर्ने दर्शक पनि त हुनुपर्‍यो ।’

फिल्मको टिकट ‘सोल्ड आउट’ हुने तर हलमा दर्शक नहुने गरेको हल सञ्चालकहरू स्वीकार्छन् । यद्यपि खुलेर कुरा भने कमैले गर्छन् ।

‘एकदिन आफैं टिकट काटेर हाउसफुल देखाउने, तर भोलिपल्ट दर्शक आएनन् भने त्यो स्ट्राटेजी फेल खायो,’ कोइरालाले भने, ‘तर पछिल्लो समय केही फिल्ममा यो स्ट्राटेजी सफल पनि भएको छ ।’

‘एफक्यूब सिनेमाज’का प्रबन्ध निर्देशक रामहरि कोइरालाले आफ्नो हलमा टिकट सोल्डआउट भएर दर्शक शून्य भएको अवस्था भने नरहेको बताए ।

‘कहिलेकाहीँ एउटै व्यक्तिले ३०/४० वटा टिकट काट्नुभएको हुन्छ । त्यो निर्माण टीमबाटै काटिएको कुरा सहजै बुझ्न सकिन्छ,’ उनले भने, ‘टिकट काटेपछि दर्शकहरू पनि आउनुहुन्छ । उहाँहरूले कुनै संस्था, समुदायमा त्यो टिकट बाँडेर फिल्म देखाउन ल्याउनुहुन्छ जस्तो लाग्छ ।’

कोइरालाले यस प्रकारको ‘स्ट्राटेजी’ अपनाउँदा कुनै फिल्म चलेको र कुनै फिल्म फ्लप नै भएको अनुभव सुनाए ।

‘एकदिन आफैं टिकट काटेर हाउसफुल देखाउने, तर भोलिपल्ट दर्शक आएनन् भने त्यो स्ट्राटेजी फेल खायो,’ उनले भने, ‘तर पछिल्लो समय केही फिल्ममा यो स्ट्राटेजी सफल पनि भएको छ ।’

चलचित्र पत्रकार संघका सचिव रघुनाथ सापकोटाले पनि निर्माता आफैंले टिकट किनेर शो ‘हाउसफुल’ देखाएको सजिलै अनुमान गर्न सकिने बताए ।

‘कहिलेकाहीँ राजधानीका एक/दुई हलको शो हाउसफुल देखिन्छ । तर, मोफसलका हलमा दर्शक नै हुँदैनन् । पछिल्लो समय धेरै फिल्ममा यस्तो देखिएको छ । यसलाई कसरी बुझ्ने ?’ सापकोटा भन्छन्, ‘त्यस्तो देखियो भने सहजै अनुमान हुन्छ, यो फिल्मको निर्माता आफैंले टिकट किनेर हाउसफुल देखाए ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x