×

NMB BANK
NIC ASIA

नेपाल टि–ट्वान्टी लिगका लागि थप दुई टोलीको घोषणा

भदौ २३, २०७९

NTC
Premier Steels

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टि–२० लिगका थप दुई टोली घोषणा भएका छन् । क्यानले बिहीवार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टन युनाइटेडको नाम सार्वजनिक गरेको हो ।

Muktinath Bank

सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सीईओमा अतिशा ज्ञवाली रहेका छन् । यता फार वेस्टन युनाइटेडको भने इङ्ल्याण्डको एस आर स्पोर्ट्स एण्ड भेन्चर्स, च्याटर एकाउण्टेड रुपिन्दर बग्गा रहेकी छन् । कार्यक्रममा दुवै टोलीका मालिकले खेलकुद र नेपाली क्रिकेटमा योगदान दिन चाहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशक सुबोधले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताबाट पर्यटनमा पनि फाइदा पुग्ने बताए ।


Advertisment
Nabil box
Kumari

यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । योसँगै नेपाल टि २० लिग खेल्ने सबै ६ फ्रेन्चाइज टोलीको नै घोषणा भएको छ । 

Vianet communication

नेपाल टि–२० लिग आगामी असोज ८ देखि कात्तिक ५ सम्म आयोजना हुँदैछ । प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउण्ड रोबिनको आधारमा हुनेछ । कान्तिपुर मिडिया गु्रपअन्तर्गत रहेको कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, अल स्टार्स स्पोट्र्स अमेरिकाअन्तर्गतको लुम्बिनीको टिम मालिक सञ्जय शर्मा, डाइमण्ड डिगिक्याप स्पोट्र्स प्रालि, भारतअन्तर्गत रहेको विराटनगरका विक्रम यादव र गोल्ड स्पोट्र्स प्रालअन्तर्गत रहेको जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहेका छन् ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ भने नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै मान्यता दिइसकेको छ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउनेछन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x