×

NMB BANK
NIC ASIA

चुनावको मुखमा राष्ट्रपति र माधव नेपालमाथि किन खनिए बालेन ?

असोज १, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यतिबेला अतिक्रमित संरचना हटाउने कार्यमा सक्रिय छन् । स्वतन्त्र उम्मेदवार बनेर नेतृत्वमा पुगेपछि उनले महानगर क्षेत्रका अतिक्रमित संरचना हटाउने अभियानलाई तिव्रता दिएका हुन् । 

Muktinath Bank

कैयन अवैध संरचनामा डोजर चलाइसकेका शाह पछिल्लो समय टुकुचाको खोजीमा लागेका छन् । उनले टुकुचालाई पुरानो स्वरुपमा फर्काउने उद्घोष गरेर दुई दिनअघि हात्तीसारस्थित जय नेपाल हल परिसरमा उत्खनन् गर्न लगाएका थिए । सो क्रममा दबिएको अवस्थामा टुकुचाको प्रवाह भेटिएपछि यसबारे बहस चर्किएको छ ।  हात्तीसार क्षेत्रको टुकुचा राणाकालमै भूमिगत बनाइएको र अहिले उत्खनन् गर्नुको अर्थ नहुने एक थरीको भनाइ छ भने अर्कोथरीले टुकुचालाई पुरानो स्वरुपमा फर्काउने शाहको अभियान सही भएको बताउँदै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहीबीचमा शाहले लामो समयसम्म समाधान हुन नसकेको तीनकुनेको जग्गाको विषयमा चासो दिएका छन् । २०३१ सालमा तत्कालीन पञ्चायत सरकारले स्मारक बनाउन भन्दै तीनकुनेको जग्गा अधिग्रहण गरेको थियो। तर थोरै मुआब्जा दिएको भन्दै स्थानीयले विवाद निकाल्दै आएकामा सो विवाद हालसम्म पनि समाधान हुन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

तीनकुने भएकै निर्वाचन क्षेत्रबाट विगतमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल निर्वाचित भएको भएपनि उनीहरुले समस्या समाधान गर्न चासो नदिएको भन्दै शाह खनिएका छन् । शनिबार उनले अबको चुनावमा कुन मुख लिएर चुनावमा जानुहुन्छ भन्दै कटाक्ष समेत गरेका छन् । 

Vianet communication

 आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको बालेनको आरोप छ । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपतिज्यू,  प्रधानमन्त्री बन्नु भयो, राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’

उनले चुनाव आउन अझै दुई महिना रहेको र सरकार माधव नेपालहरुकै रहेकाले समस्या समाधान गर्न आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x