×

NMB BANK
NIC ASIA

केदार पनेरूको ‘सुखी हुनु छैन मलाई’ गीत लोकार्पण

असोज १०, २०७९

NTC
Premier Steels

केदार पनेरूले ‘सुखी हुनु छैन मलाई’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव  एवं साहित्यकारसमेत रहेका पनेरूकाे शब्दमा रहेको गीत सोमवार राजधानीमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएकाे हाे । 

Muktinath Bank

कृति न्यौपानेको संगीत, फणिन्द्र राईको संगीत संयोजन रहेको गीतमा सु–प्रसिद्ध गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् । गीतको भिडियोमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको अभिनय छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मदनकृष्णको साथमा गीतकार केदार स्वयंसँगै मञ्जु श्रेष्ठ, सुनिल बञ्जाडेलगायतले पनि भिडियोमा अभिनय गरेका छन् । गीत लोकार्पण कार्यक्रममा बोल्दै गीतकार पनेरुले म्युजिक भिडियोका रुपमा आफ्नो पहिलो कृति रहेको जानकारी दिए । गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँच रहने बताउँदै पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताए ।


Advertisment
Nabil box
Kumari

अभिनेता मदनकृष्ण श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ राम्रो गीत बनेको बताए । आध्यात्मिक, सन्देशमूलक र मानवताको भाव गीतले बोकेको उनले बताए । 

Vianet communication

उनले भने, ‘मलाई प्रायः भिडियोमा खेल्न आफ्नै स्वर सुहाउँछ । तर, यसमा अरुको स्वरमा अभिनय गर्दा पनि राम्रै देखिएको रहेछ ।’ पछिल्लो समय गीत चलाउन गाह्रो रहेको बताउँदै ‘सुखी हुनु छैन मलाई’ राम्रो बनेकोले स्रोता एवं दर्शकबाट राम्रै प्रतिक्रिया पाउने विश्वास मदनकृष्णले व्यक्त गरे । 

वसन्त सापकोटाको निर्देशनमा तयार भिडियोलाई दिनेश पराजुलीले छायाँकन एवं राकेश दाहालले सम्पादन गरेका हुन् । कार्यक्रममा गीतसँग जोडिएका सम्पूर्णलाई अभिनेता मदनकृष्ण श्रेष्ठको हातबाट मायाको चिनोद्वारा सम्मानसमेत गरिएको थियो । भिडियो गीतकार स्वयंको ‘केदार पनेरु’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x