×

NMB BANK
NIC ASIA

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

असोज १८, २०७९

NTC
फाइल फोटो
Premier Steels

दशैंका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकोमा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ । 

Muktinath Bank

सखिया नृत्यमा पहिलेको तुलनामा परिवर्तन भएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु अगुवा बसन्त चौधरीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पहिला जस्तो सखिया नृत्यमा सहभागी हुने महिलाले खोट पैंया लगाउँदैनन्,’ उनले भने, ‘बदलिँदो परिवेशसँगै आधुनिक शैलीमा नृत्यलाई प्रस्तुत गर्ने गरिन्छ, यस कार्यले थारु समुदायको मौलिक संस्कृतिमा परिवर्तन ल्याएको छ ।’ 


Advertisment
Nabil box
Kumari

गीत आधुनिक शैलीमै गाइन्छ । शरीरलाई विभिन्न आकारमा मोडेर देखाइने खोट पैंया पनि आधुनिक नै छ । पुरानो तरिकाले देखाइने धेरै कुरामा परिवर्तन भएको छ । दशैं अघिदेखि १ महिनासम्म देखाउनुपर्ने सखिया नृत्य हप्तादेखि १० दिनमै टुंग्याइने गरिएको चौधरीले बताए ।

Vianet communication

‘पहिला १ महिनासम्म पनि गीत सकिँदैनथ्यो,’ परदेशी डगौराले भने, ‘गीत पूरा गर्नका लागि महिलाले १ महिनापछिसम्म पनि नृत्य देखाउनु पर्दथ्यो, दशैं सकिए पनि नृत्य जारी नै रहन्थ्यो ।’

मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीले दशैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट प्रेरित रहेको उनी बताउँछन् ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्भ र अन्त्य गर्ने गरिन्छ । यस नृत्यमा थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ । थारु समुदायले कृष्णजन्माष्टमीको दिनदेखि सखिया नृत्यको शुरूआत गरेर दशैंसम्म निरन्तरता दिने गर्दछन् तर आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना हँुदै आएको छ ।

थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाबारे छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाँजोपाँजो मिलाइने गरिन्छ ।

गुरुवा (झाँक्री) ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन छ । सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा ४ जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ ।

नृृृत्यको बीचबीचमा गीतलाई फरक–फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको थारु गाउँ जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए ।
 
नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहिया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवती नृत्य पस्कने गर्दछन् जसलाई थारु भाषामा खोट (पैंया) भनिन्छ ।

थारु अगुवा दानसिंह दहितले भने, ‘पैंया २२ प्रकारको हुने भए पनि हाल मदारिले आफैं सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुनसक्छ ।’
 
नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवती खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । सप्तमीको दिनसम्म रात्रि समयमा निश्चित् स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ । अष्टमीको रात आयोजना गरिने नृत्यलाई ‘भेडुवा जगैना’ भन्ने गरिन्छ ।

पञ्चमी अघि सादा पोसाकमा यस नृत्यलाई पस्किने भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारिले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् ।

हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् । अष्टमीको दिनपछि राति नाचिँदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ । दिउँसो नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् । 

गीतमा कृष्णको जन्मदेखि राधिकासँगको रासलीला तथा कङ्स बध गरिएको प्रसंग उल्लेख गरिएको पाइन्छ । यस नाचलाई दशैंका दिन धनी, गरीब, गाउँका मान्यजन सबैका घरघरमा गएर देखाइने भएकाले विगतका रिसराग बिर्सेर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखिया लगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x