×

NMB BANK
NIC ASIA

निरन्तरको वर्षाले पर्वतमा धान उत्पादन घट्ने

असोज २६, २०७९

NTC
Premier Steels

बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यसवर्ष धान उत्पादनमा कमी आउने भएको छ । वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकामा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन् । 

Muktinath Bank

असारको सुरुआतमै रोपिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला गरी रोपिएको ठाउँमा धानको फूल लाग्ने बेला वर्षाले असर गर्ने उनको भनाइ छ । भारी वर्षा हुँदा धानमा लागेको फूल झर्दा परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा डुबेको अवस्थामा बाला कुहिने भएकाले औसतभन्दा कम धान उत्पादन हुन सक्ने अनुमान गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार विश्वमा करिब तीन चौथाइभन्दा बढी फूल फुल्ने बिरुवालाई परागसेचनको आवश्यकता पर्दछ । करिब ७५ प्रतिशतभन्दा बढी फूलहरूको परागसेचन कुनै न कुनै जीवजन्तु वा कीराहरूले गर्ने गर्दछन् । जिल्लाका कतिपय कृषकहरूले वर्षासँगैको हावाहुरीले धान ढलाएको बताएका छन् । वर्षा भइरहेको बेलामा सामान्य हावासमेत चलेका कारण डाँडामा रहेको खेतमा लगाइएको धान ढलेको कृषकको भनाइ छ । पसाइसकेको धान ढलेको भएमा त्यसको बाला कुहिने भएकाले धान उत्पादनमा कमी आउन सक्ने कार्यालय प्रमुख थापाको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘ठाडो अवस्थामा रहेको र फूल खेल्ने बेलाको धानको फूल झर्दा परागसेचनको अभावले उत्पादनमा कमी आउँछ । पसाइसकेको धान भएमा ढलेको धानको बाला पानीमा डुब्दा बोटमा नै बाला कुहिन्छ’, उनले भने, ‘कतिपय कृषकहरूले वर्षाका कारण धानमा प्रभाव परेको छ । दसैँको बेला पनि भएकाले सबै विवरणहरू आइसकेका छैनन् ।’

Vianet communication

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीका अनुसार ११ जिल्ला रहेको गण्डकीका नौ धान उत्पादन हुने गरेको छ । मुस्ताङ र मनाङमा भने धान खेती हुने गरेको छैन । सबै जिल्लामा गरेर यस वर्ष कूल एक लाख तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती लगाइएको अनुमान छ । देशभर नै एकनासले वर्षा भएका कारण सबै जिल्लाको धान खेती वर्षाका कारण प्रभावित भएको उनले बताए । 

निर्देशक रेग्मीका अनुसार गण्डकीमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यु.एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बुढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बुढो, गुर्जा, लुम्ले, माछापुच्छ«े, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातका धान लगाउने गरिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x