×

NIC ASIA

वर्षात्‌का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयको निर्देशन

home ministry

असोज ३१, २०७९

Prabhu Bank
NTC
Premier Steels

गृह मन्त्रालयले वर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०÷२२ दिनभित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । 

Muktinath Bank

स्थानीय सरकारसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूले समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । गृहसचिव सिंहले अवरुद्ध भएको विद्युत् र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई ढिलाई नगर्न सचेत गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय निकायहरूसँग समन्वय गरेर सो कामलाई सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै गृह सचिव सिंहले त्यसका लागि रिर्पोटिङ गरेर तत्काल मन्त्रालय पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । 


Advertisment
Nabil box
Kumari

‘एउटा यो यातायातको साधनको पहुँचको कुरा छ । यो प्रमुख जिल्ला अधिकारीकै कार्य क्षेत्रभित्र पर्छ । काम गर्ने त अरुले हो, तर समन्वय गर्ने यहाँहरूले हो । लगभग अझै पनि हामीसँग २०/२२ दिन बाँकी छ । करिव चार हप्ता समय छ लगभग । यो अवधिमा अब पानी पर्दैन भन्ने अनुमान गरिन्छ । त्यसकारण त्यहाँ भएका बाटो निर्माणका कामहरू लोकल बाटो पनि सुचारु गराउनका लागि स्थानीय तहहरूसँग, स्थानीय सरकारसँग समन्वय गर्ने र त्यसलाई तदारुकताका साथ अगाडि बढाउने कार्यमा यहाँहरूको प्राथमिकता रहोस् । यो कुरा समन्वय गर्नु होला, याद गर्नुहोला’, गृहसचिव सिंह भने, ‘अर्को विद्युतको सुनिश्चितता नभएको ठाउँमा, पावर हाउसहरू नै ढलेका छन । कतिपय ठाउँमा विद्युतका लाइनहरू बिग्रेका छन । विद्युत अवरुद्ध भएको छ । सञ्चारमा समस्या देखिएका छन् । ती कुराहरूमा पनि तपाईंहरूले व्यवस्था गर्ने काम गर्नुहोला । मन्त्रालयमा रिर्पोटिङ होस् र केन्द्रिय निकायहरूमा पनि तत्काल खवर गरेर हामीले कुन–कुन जिल्लामा बाटोहरू अवरुद्ध भएका छन ? थप साधनहरू लगेर भएपनि तत्काल खुलाउने व्यवस्था गर्न म अनुरोध गर्दछु ।’

Vianet communication

त्यसैगरी गृह मन्त्रालयले ठोस मापदण्ड तय गरी निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । 

गृह सचिव सिंहले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरूको समन्वयनमा सो कामको व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । उनले चाहिने ठाउँमा सुरक्षाकर्मीको अभाव हुने र नचाहिने ठाउँमा बढि हुने अवस्था आउन नदिन पनि जिल्ला प्रशासन कार्यालयहरू सचेत हुनुपर्ने बताए । 

गृह सचिव सिंहले जिल्ला प्रशासन कार्यालयहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रित भएर आफ्ना गतिविधिहरू अघि बढाउनुपर्ने पनि बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x