मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
कात्तिक १, २०७९
आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन कायम गरेका सत्ता गठबन्धनका मुख्य तीन दलले गठबन्धनको पक्षमा मतदान गर्न अपिल जारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतृत्वले हस्ताक्षर गरेर मंगलबार जारी गरेको अपिलमा संविधानमाथिको अधिनायकवादी आक्रमणको खतरा अझै जीवित रहेको तर्क गरिएको छ ।
अपिलमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ ।’
लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको पक्षमा मतदान गर्न उनीहरूले अपिल गरेका छन् । उनीहरूले करीब एक दर्जन विषयलाई अपीलमा प्राथमिकताका साथ उल्लेख गरेका छन् ।
राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदुद्ध गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिवद्ध रहेको उनीहरूले दाबी गरेका छन् ।
यस्तो छ गठबन्धनले जारी गरेको अपिलको पूर्णपाठ
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हामी सहभागी हुँदैछौ । नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुरूप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदुद्ध गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिवद्ध रहेका छौ। वोकतान्त्रिक गठबन्धनको यो नै साझा र पृष्ट वैचारिक धरातल र सहकार्यको आधार हो ।
२०७८ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तात्कालीन सरकार प्रमुखको अनेकौ स्वेच्छाचारी कदमहरुलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर छ ।
पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावना अनुरुप काम गर्दै आएको छ । गठबन्धन सरकार गठन भए लगत्तै महामारीको रुपमा रहेको कोभिडको रोकथाम नियन्त्रण भएको छ । वर्तमान गठबन्धनको सरकारले विदेश नीतिमा सन्तुलन कायम गरेको छ । जनताको आवश्यकता पूर्तिका निम्ति निरन्तर क्रियाशिल छ । यो छोटो अवधिमा सरकारले लोकतन्त्रलाई संस्थागत गर्न सवैधानिक अधिकारको पूर्ण प्रत्याभूति गर्दै भयरहित वातावरणमा निश्पक्ष रुपमा सफलताका साथ स्थानीय निर्वाचन सम्पन्न गरेको छ । अहिले गठबन्धनको यो सरकार आउदो आम निर्वाचनलाई पनि भयरहित र निस्पक्ष रूपमा सम्पन्न गर्न कटिबद्ध छ ।
गठबन्धन दलहरुले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहदै आएको कुरा यहाँ महत्वकासाथ स्मरण गर्नु आवश्यक छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधान माथिको प्रतिगमनको खतरा रहे सम्म गठबन्धनको औचित्य कायमै रहने छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासरी मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ । देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाको सुनिश्चितता गर्दै उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यभारलाई गठबन्धन दलले उच्च प्राथमिकता दिनेछ । मुलुकभित्रै औद्योगिक एवम् कृषि उत्पादन वृद्धि गर्ने र लाखौको संख्यामा देशबाट बाहिरिइरहेका युवा जनशक्तिका लागि देशभित्रै व्यवसाय, स्वरोजगारी र रोजगारीका अवसरहरु सिर्जना गर्ने विषय गठबन्धनको उच्च प्राथमिकतामा रहने छ सेवा र सुविधामा आम नागरिकहरुको सहज पहुँच पुयाउने र ती सेवाहरुको स्तरीकरण संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने स्थिर र बलिया सरकारहरुले मात्र सम्बोधन गर्न सक्छन् ।
जनताको समृद्धिको आकांक्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले बिना आपटायर हिलासुस्ती सम्बोधन गर्नु आवश्यक छ । त्यसका लागि गठबन्धन दलहरुका प्राथमिकताहरु प्रष्ट छन् । कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवम् बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रबर्द्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्युनीकरण गर्न आयात प्रतिस्थापन एवम् निर्यात प्रबर्द्धन र नेपालको तुलनात्मक लाभ एवम् प्रचुर सम्भावना भएका जलविद्युत जस्ता क्षेत्रहरुको विकास नै अहिलेको आवश्यकता हो। यसका लागि पर्याप्त निजी, सहकारी एवम् सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिनेछ । यस्तो लगानीका लागि आवश्यक वातावरण, राजनीतिक स्थिरता, नीतिहरुको सुनिश्चितताप्रति गठबन्धन सचेत छ ।
संघ, प्रदेश र स्थानीय सरकारहरुको सक्रिय पहल र उचित सहकार्यमा अत्यावश्यकीय पूर्वाधारहरुको विकास नगरी जनताको समृद्धिको आकांक्षालाई यथार्थमा साकार गर्न सकिंदैन । यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिहरुबाट मुलुकलाई लाभ दिलाउनु तत्कालका प्राथमिकताहरु हुन् । सडक, रेल एवम् हवाई यातायातको विस्तार गरी त्यसलाई विश्वसनीय एवम् सुरक्षित बनाउन निरन्तरको प्रयास आवश्यक छ । जलविद्युतको विकास मार्फत मुलुकको आवश्यकता पूर्ति गर्दै मुलुकमा उद्योग व्यवसायको विस्तार गर्न, सफा ऊर्जाको उपभोग बढाएर वातावरण विनाश रोक्न, स्वदेशमा उत्पादित विद्युतको निर्यात बढाउदै पेट्रोलियम पदार्थको आयात घटाइ भयावह बन्दै गएको व्यापार घाटालाई कम गर्ने सम्भावनाहरु छन् ती सम्भावनाको सदुपयोग गर्ने प्रष्ट दूरदृष्टि र कार्य योजनाका साथ गठबन्धनको भावि सरकारले कार्य गर्नेछ ।
आर्थिक अभावका कारण आधारभूत शिक्षा र स्वास्थ्यको अवसरबाट कोही पनि नेपाली बञ्चित हुने छैनन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी सेवाको उपलब्धता र गुणस्तरमा उल्लेख्य सुधार गर्न गठबन्धनका दलहरु प्रतिवद्ध छन् । उच्च शिक्षाका लागि वर्षेनी विदेशिने अवौं रुपैया बराबरको विदेशी मुद्रा र त्यससंगै हुने प्रतिभा पलायन अहिलेको मूल चिन्ताको विषय हो । मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा दिन, योग्यता र क्षमता अनुरुपको शीप सुनिश्चित गर्दै अध्ययनसँगै आय आर्जन गर्न र अध्ययन पछि लाभदायी रोजगारी सुनिश्चित गर्न सबै सरोकारवालाहरुको साझा प्रयास आवश्यक छ । त्यस्तै, एकातर्फ नेपालीहरुको स्वास्थ्य उपचारका लागि वर्षेनी ठूलो रकम विदेशिइरहेको छ भने मुलुकभित्रै आधारभूत स्वास्थ्य सेवाको गुणस्तरीय विस्तारको आवश्यकता रहेको छ । यसका लागि सार्वजनिक र निजी लगानीका स्रोतहरुलाई समन्वयात्मक दृ परिचालित गर्न विश्वसनीय र सबल सरकारको आवश्यकता छ । यस कार्यमा देशका लोकतन्त्र पक्षधर प्रमुख दलहरुको गठबन्धन क्रियाशील हुनेछ ।
पूर्वीय चिन्तन, संस्कृति र सभ्यताका सकारात्मक वैज्ञानिक सोचहरु तथा त्यसको अभिन्न अंगको रुपमा रहेको योग साधना, ध्यान जस्ता मानव जीवन उपयोगी अभ्यासको प्रवर्द्धनमा जोड दिइनेछ । मुलुकभित्र प्राथमिकताको क्षेत्रहरु पहिचान गरी अध्ययन, अनुसन्धान र खोजमा लगानी वृद्धि गरिनेछ ।
लोकतन्त्रको सवलीकरणको मूल आधार महिला, दलित, पिछडिएको क्षेत्रका बासिन्दा, सीमान्तिकृत आदिवासी जनजाती, विपन्न तथा अपाङ्गता भएका नागरिक लगायतको राज्यको नीतिनिर्माण तहमा सक्रिय प्रतिनिधित्व सामाजिक-आर्थिक समावेशीकरण र सशक्तीकरण नै हो । वर्तमान संविधानले उनीहरुको सम्मानजनक जीवनयापनको अधिकार र अवसरहरुको न्यायोचित वितरणको सुनिश्चितता गरेको छ । संविधानको यही भावना र मर्म अनुरुप सामाजिक न्यायको अवधारणालाई कार्यान्वयन गर्न कानूनी संरचनागत र प्रशासनिक सुधार गर्नु र निरन्तर परिष्कार गर्नु आवश्यक छ ।
नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्नु गठबन्धन दलहरुको नीति हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र आवश्यकता अनुरुप गतिशील सन्तुलित र अद्यावधिक बनाउनु आवश्यक छ । लोकतान्त्रिक शक्तिहरु सम्मिलित गठबन्धन र त्यसले बनाउने सरकार साझा राष्ट्रिय दृष्टिकोण बनाउन निरन्तर क्रियाशील रहने छ वर्तमान विश्व कुटनीतिलाई सर्वाधिक प्रभावित पार्ने प्रमुख तीन वटा मुद्दाहरु जलवायु परिवर्तन, सूचना प्रविधिको विकास तथा समानता र समृद्धि सहितको साभा विश्व अवधारण एवं भूमण्डलीकरणकाबीच नेपालले आफ्नो राष्ट्रिय स्वार्थ अनुरूप परराष्ट्र सम्बन्ध र कुटनीति सञ्चालन गर्ने छ । द्विपक्षीय र बहुपक्षीय सन्धि सम्झौताहरुलाई नेपालको राष्ट्रिय स्वार्थ अनुरूप गर्न गठबन्धन सरकार प्रयत्नशील रहने छ ।
माथि उल्लेखित हाम्रा साझा प्रतिवद्धता, नीति र योजनाहरुको विस्तारित रूप पार्टीगत घोषणापत्रहरुले गर्ने छन् । केही विषयहरुमा फरक विचार र दृष्टिकोणहरुका कारण नै अलग-अलग पार्टीहरुको अस्तित्व रहेको हो । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । आ-आफ्नो वैचारिक पहिचानसहित बृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकताहरुलाई मध्यनजर गरी हाम्रा साझा दृष्टिकोण आएका छन् त्यसकै आधारमा यो चुनावी गठबन्धन बनेको कुरा आम मतदाताले बुझ्नु भएकै छ ।
यी सबै राष्ट्रिय यथार्थहरुको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत् सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्याधिक बहुमतकासाथ विजयी गराउन हार्दिक अपील गर्दछौं ।
धन्यवाद ।
शेरबहादुर देउवा सभापति नेपाली कांग्रेस
पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष नेकपा (माओवादी केन्द्र)
माधवकुमार नेपाल अध्यक्ष नेकपा (एकीकृत समाजवादी)
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...