×

अघिल्लोपटक कांग्रेसको गाडीमा माओवादीले कार्यकर्ता पठाएकाले मैले हारे : बलबहादुर केसी

कात्तिक ५, २०७९

फाइल तस्वीर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आगामी चुनाव जित्नु नै आफ्ना लागि पहिलो महत्वपूर्ण कुरा भएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंवासी सोलुखुम्बुका मतदाताहरूलाई चुनाव अगावै निर्वाचनमा भोट हाल्न पठाइदिन निर्देशन दिए । 

केसीले मतदातालाई जिल्ला पठाउँदा अन्य पार्टीका मानिसहरु पनि त्यही हुलमा मिसिनसक्ने भन्दै सचेत रहन आग्रह गरे । उनले नामै किटान गरेर नेकपा एमालेका कार्यकर्ताहरू पनि गठबन्धनको हुलमा मिसिएर आफूले पठाएको सवारीसाधनबाट जिल्ला जानसक्ने बताए । उनले आफू ६ पटक निर्वाचन लडिसकेको अनुभवका आधारमा विगतमा पनि यस्ता गतिविधि भएको भन्दै यसवर्ष गठबन्धन भएका कारण एउटाले अर्कालाई नचिन्ने नाममा गठबन्धनको सवारीसाधन प्रयोग गरी नेकपा एमालेका मतदाताहरू जिल्ला पुग्नसक्ने बताए । उनले २०६४ सालमा नेकपा (माओवादी केन्द्र) ले पनि कांग्रेसले पठाएको हुलमा आफ्ना कार्यकर्ता पठाएका कारण आफूले निर्वाचनमा पराजय व्यहोर्नुपरेको बताए । 


Advertisment

‘चुनाव जित्ने पहिलो कुरा हो । तर, मतदातालाई पठाउँदा के विचार गर्नुपर्छ भने घुसपैठ होला, सबै कांग्रेस भन्लान्, कांग्रेसले माओवादी माओवादीले कांग्रेस चिन्दैन । त्योभित्र एमालेले आफ्ना मान्छे पठाउन सक्छ । यो मेरो अनुभव छ । एक पटक कांग्रेसका पठाएको भनेको माओवादी चलाख सबै माओवादीका परेछन् । परिणाम मैले हारेँ । प्रश्न चुनाव जित्नु हो’, उनले भने । 


Advertisment

सोलुखुम्बु जिल्लाबाट गठबन्धनको बलमा उम्मेदवारी दिएका केसीले एमालेबाट सोलुखुम्बु जिल्लामा उम्मेदवारी दिएका नेता मानवीर राईप्रति इंगित गर्दै सिंहदरबार नै नचिनेको मानिसलाई जनताले चुन्नु नहुने बताए । उनले एमाले उम्मेदवार राईले सिंहदरबार कहाँ छ ? भनी सोध्नुपर्ने स्थिति रहेको बताए । उनले आफूलाई सिंहदरबारमा कहाँ ढुकुटी छ र कहाँ फाइल छन् भन्नेकुरा सबै थाहा भएको तर नेकपा एमालेका उम्मेदवारको केन्द्रसँग कुनै लिंक नभएको भन्दै आफूलाई जिताए जिल्लामा विकास निर्माणले गति लिने बताए । उनले बहुमतको सरकार बनाउँदा समेत नेकपा एमालेले प्रदेश १ को नामाकरण गर्न नसकेको भन्दै एमालेलाई जिताउनु नहुने बताए ।

नेता केसीले गठबन्धनले देश, जनता र संविधानलाई फाइदा हुने काम गर्ने दाबी गरे । उनले अहिलेको अवस्थाको गाउँको फोटो खिचेर राख्न र आफूले जितेको ३ वर्षपछिको परिवर्तनसँग सोलुखुम्बुको मूल्यांकन गर्न चुनौती दिए । गठबन्धनका ५ दल मिल्दा पनि नेकपा एमालेले जितेको खण्डमा गठबन्धनका कुनै दलको पनि अस्तित्व नरहने उनको भनाइ थियो ।

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x