×

NIC ASIA

पूर्व सभामुख ओनसरी घर्तीसँग क–कसको हुँदैछ प्रतिस्पर्धा ?

कात्तिक २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौंको २ नम्बर निर्वाचन क्षेत्रमा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्व सभामुख ओनसरी घर्ती र नेकपा एमालेबाट नेता मणिराम फुयाँल चुनावी प्रतिस्पर्धामा छन् ।

Muktinath Bank

घर्तीलाई सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थन रहेको छ भने फँुयाल एक्लै चुनावी मैदानमा छन् । विक्रम संवत् २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका माधवकुमार नेपाल विजयी भएका थिए । नेपालले १२ हजार ४६३ मतान्तरले कांग्रेसका उम्मेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार ३६६ मत प्राप्त गरेका थिए । त्यतिबेला नेपाललाई वाम गठबन्धनको समर्थन थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत स्थानीय तहको निर्वाचनमा ८ वडामध्ये कांग्रेसले ५, एमालेले २ र एकीकृत समाजवादीले १ वडामा जीत हासिल गरेका छन् ।


Advertisment
Nabil box
Kumari

क्षेत्रमा काठमाडौं महानगरपालिका–९ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका–४, ५, ६, ७, ८ र ९ वडाहरू पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौं महानगरका ९ र सोही क्षेत्रमा पर्ने कागेश्वरी मनोहराको ५, ७, ८ र ९ वडामा विजयी भएको छ । एमाले काठमाडौं महानगरका ३२ र कागेश्वरी मनोहराको ४ नम्बर वडामा विजयी भएको छ ।

Vianet communication

कांग्रेसका वडाध्यक्षहरूले कूल ९ हजार ५७०, एमालेले १३ हजार ८१५, एकीकृत समाजवादीले ५ हजार ८६१ र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले ९५० मत प्राप्त गरेका छन् । 

क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालबाट महेश बास्तोला, नेमकिपाबाट अनिल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल (उपाध्याय), जनता समाजवादी पार्टी नेपालबाट गोपालबहादुर तण्डुकार, विवेकशील साझाबाट धनेज थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कांग्रेस बीपीबाट हेमविक्रम सिलवाल लगायतको उम्मेदवारी छ ।

२ नम्बर क्षेत्रमा ४० मतदानस्थल र ९५ मतदान केन्द्र निर्धारण गरिएको छ । कूल मतदाताको संख्या ८१ हजार ९७० छ । जसमध्ये महिला ४० हजार ९ र पुरुष ४१ हजार ९६१ मतदाता छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x