×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– ९ : हर्क साम्पाङकै शैलीमा मिलन पाण्डेको चुनावी घरदैलो [फोटो/भिडियो]

कात्तिक २७, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले घरदैलो अभियानको रफ्तारलाई बढाउँदै लगेका छन् ।

Muktinath Bank

गाडीमा दलको झण्डा फहराउँदै, चुनावी गीत घन्काउँदै, अघिपछि दर्जनौं कार्यकर्ता एवं समर्थकहरूको साथमा उम्मेदवारहरू घरदैलो गरिरहेको भेटिन्छन् । तर, काठमाडौं क्षेत्र नं. ९ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मिलन पाण्डेको घरदैलो भने अपवाद देखियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपराह्नको समय । चन्द्रागिरि नगरपालिका– १ सिर्जनाचोक पुग्दा ३३ वर्षीय मिलन पाण्डे आफैं माइकिङ गर्दै घरदैलो गरिरहेको भेटिए । न उनको अघिपछि हिँड्ने कार्यकर्ताको भीड थियो, न गाडी र बाइकको लावालस्कर ।


Advertisment
Nabil box
Kumari

Vianet communication

विवेकशील अभियान, साझा पार्टी नेपालबाट ‘पाइला’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका उनको पछाडि एउटा गाडी थियो, जसमा दायाँबायाँ ब्यानर राखिएको थियो ।

मिलनसँग त्यहाँ कार्यकर्ता भनौं वा समर्थक, जम्मा ५ जना भेटिए । मिलन तिनै व्यक्ति हुन्, जो सो क्षेत्रमा २०७४ को निर्वाचनमा तेस्रो स्थानमा आउन सफल भएका थिए । उनले ४ हजार ९४६ मत पाएका थिए ।

मिलनको त्यो सानो टीम माइकिङ गर्दै दहचोकतर्फ उकालो लाग्यो । मिलन आफ्नो पाइला अगाडि बढाउँदै थिए । भेटिएका मतदातालाई परिचय दिन्थे, अनि आफूलाई मत दिन आग्रह गर्थे ।

यत्तिकैमा मिलनको भेट ७५ वर्षीय वृद्ध कृष्णबहादुर गिरीसँग भयो ।

‘बुवा नमस्कार ! आशीर्वाद पनि लिन्छु, भोट पनि माग्छु, भनेर आएको हुँ,’ उनले भने, ‘म मिलन पाण्डे हुँ । शिक्षाले सिभिल इन्जिनियर हुँ । क्याम्पसमा पढाउँछु बुवा ।’ 

मिलनले अगाडि भने, ‘म पाँच वर्षअगाडि पनि यहाँबाट उठेको थिएँ । ५ हजार मत आएको थियो । तेस्रो भएको थिएँ । अब, बाको आशीर्वादले पहिलो हुन्छु भनेर आएको छु ।’

उनले ती वृद्धलाई भोट हाल्ने तरिका पनि सिकाए । वृद्धले 'बुझें बाबु' भन्दै टाउको हल्लाए । मिलन फेरि माइकिङ गर्दै उकालो लागे ।

बाटोमा आउने मोटरसाइकलहरू समेत रोकेर उनी मत माग्थे । उनका साथीहरूले पर्चा दिन्थे । सोही क्रममा एकजना ‘रिटायर्ड आर्मी’ भेटिए ।

उनले पुराना दलहरूप्रति आक्रोश पोख्दै मिलनप्रति सद्भाव जनाए । यद्यपि चुनाव जित्न संगठन बलियो हुनुपर्ने उनको सुझाव थियो ।

करीब आधा घण्टा मिलनको पछाडि लाग्दा मतदाताहरू उनीप्रति सकारात्मक पाइए । अघिकांशले उनका कुरा चासोका साथ सुनेका थिए ।

मिलन मतदातालाई सक्षम व्यक्ति हेरेर भोट हाल्न आग्रह गर्थे । आफूलाई बिर्सिए पनि चुनाव चिह्न नबिर्सिन उनको आग्रह हुन्थ्यो । मिलन जोडी पैँताला चिह्न लिएर मैदानमा उत्रिएका छन् ।

उनी आफ्नो प्रचार टीम सानो भए पनि स्थानीयलाई बढीभन्दा बढी जोड्ने प्रयास भइरहेको बताउँछन् ।

‘हाम्रो सोसल मिडियामा टीम छ । मिडिया टीम छ । फोन गर्ने साथीहरू हुनुहुन्छ,’ मिलनले भने, 'देखाउनका लागि भीड जम्मा गर्नुभन्दा केही खास साथीहरूलाई लिएर घरदैलो गरिरहेको छु ।’

‘दुई/तीनजना पर्चा बाँड्ने साथीहरू । एक जना गाडी चलाउने व्यक्ति, एक जना क्यामेरा लिने व्यक्ति र एक जना उम्मेदवार भए पुग्छ भन्ने लाग्छ,’ उनले भने, ‘हर्क साम्पाङ शैली नै मलाई ठीक लाग्छ हेर्नुस् ।’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अटो रिक्सामा माइकिङ गर्दै एक्लै वा सानो टीममा घरदैलो गरेर चुनाव जितेका थिए ।

मिलन आफूलाई समर्थन गर्नेमध्ये धेरै अफिसियल व्यक्तिहरू रहेको बताउँछन् । ठूला दलमा आस्था राख्ने मतदाताको पनि आफूप्रति सद्भाव रहेको उनको दाबी छ ।

मिलनले विशेष गरी  शिक्षा, स्वास्थ्य, रोजगारी लगायतलाई चुनावी एजेन्डा बनाएका छन् ।

‘हाम्रा स्कूलहरू राम्रा हुनुपर्‍यो । हाम्रा अस्पतालहरू राम्रो हुनुपर्‍यो । हामीले औषधि समयमा पाउनुपर्‍यो । देशमै गरिखाने वातावरण पाउनुपर्‍यो भनेर लागिपरेको छु,’ मिलनले भने । 

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नं १२, १४, २१ र २२, चन्द्रागिरि नगरपालिकाका वडा नं. १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं. ६, ७, ८, ९, १० पर्छन् ।

नेकपा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवारसँगै मिलनलाई यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

एमालेबाट कृष्णगोपाल श्रेष्ठ र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला प्रतिस्पर्धामा छन् ।

हेर्नुहोस्, भिडियो :

थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x