माघ २१, २०७९
नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट धारणा राख्ने क्रम ब...
दाङ | मंसिर ९, २०७९
शहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गरेका छन् ।
विक्रम संवत् २०७४ सालको निर्वाचनमा दाङको १ नम्बर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका तर्फबाट सांसद निर्वाचित भएका चौधरी २०७८ सालमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
समाजवादीमा प्रवेश गरेपछि भने उनी पहिलोपटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनी विजयी भएका छन् ।
विक्रम संवत् २०२९ चैत १० गते दाङको गठवामा भगवतीप्रसाद र थिवरात्री चौधरीको सुपुत्रका रूपमा जन्मिएका उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । राजनीतिसँगै हाल उनी विद्यावारिधि अध्ययनरत समेत छन् ।
विक्रम संवत् २०४५ सालमा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति शुरू गरेका थिए । विक्रम संवत् २०४६ सालमा उनले अनेरास्ववियु छैटौंको सदस्यता लिए । चौधरी २०४७ सालमा एमाले प्रवेश गरे ।
विक्रम संवत् २०४८ सालमा चौधरीले अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीमा बसेर काम गरे । उनी २०७५ सालमा एमाले र माओवादी एकता केन्द्र भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य बने । चौधरीले नेकपाको दाङ जिल्लाको सहइन्चार्ज भएर पनि काम गरे ।
विक्रम संवत् २०७४ सालमा सांसदमा निर्वाचित भएपछि उनले संसद्का अर्थ समितिमा बसेर पनि काम गरे । विकास र अर्थतन्त्रमा विशेष रुचि राख्ने मन्त्री चौधरी २०५९ सालमा भएको प्रतिगमन विरुद्धको आन्दोलनका क्रममा ३ महिना जेल बसेका थिए ।
सांसद चौधरी आफूलाई समानताको पक्षधर तथा सामाजिक सद्भाव र एकताको पक्षधरका रूपमा परिचित गराउन चाहन्छन् ।
पिछडिएको क्षेत्र, जात र समुदायको पक्षमा उनले निरन्तर वकालत गर्दै आएका छन् । अधिकार र पहिचानका लागि हुने आन्दोलनमा मन्त्री चौधरीको नेतृत्वदायी भूमिका रहँदै आएको छ । ३ दशक लामो राजनीतिक यात्राका क्रममा उनले दोस्रोपटक सांसद हुने अवसर पाएका छन् ।
एमालेकी शान्ता चौधरीलाई ५ हजार मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् । मन्त्री चौधरीले २६ हजार ५६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी शान्ताले २१ हजार ४७९ मत पाएका छन् ।
नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट धारणा राख्ने क्रम ब...
माओवादी केन्द्रले राष्ट्रपतिको चुनावमा सकेसम्म सरकारलाई समर्थन गर्ने सबै दलबीच सहमति गरेर जाने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले राष्ट्रपतिमा सकेसम्म सहमति जुटाउन प्रयत्न गर्ने र नभए विचार, उद्देश्य र लक्ष्य मि...
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिवार पार्टी केन्द्री कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमि...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शेरबहादुर देउवा नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन भत्किनुमा ४ वटा कारण दिएका छन् । केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालले गठबन्धन...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...
सत्तारुढ नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...