माघ २१, २०७९
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ राष्ट्रपति विक्रमास...
कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो तर अहिले ती खेतमा बेसार फलिरहेको छ ।
तुलसीपुर–७ मिलन चोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्थे तर अहिले उनले बेसारखेती गरेका छन् ।
यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो ४ बिघा खेतमा बेसारखेती गरेका छन् । उनीहरू मात्रै होइन, दाङमै बेसार उद्योग खुलेपछि धेरै किसान बेसारखेतीमा आकर्षित भएका छन् ।
तुलसीपुर–७ मिलनचोकमा बिटी ब्राण्डको नेपाल मसला उद्योग सञ्चालनमा आएपछि किसान बेसारखेतीमा आकर्षित भएका हुन् । ‘पहिले धान, गहुँ लगाउँथ्यौं, कहिलेकाहीँ तरकारी पनि लगाउथ्यौं,’ कृषक अधिकारीले भने, ‘तर त्यो उत्पादन बजारीकरण हुन सक्दैनथ्यो, तरकारीबाट पनि त्यति आम्दानी लिन नसकेपछि बेसार नै लगाउन थालेका हौं ।’
त्यो उद्योगले किसानलाई बेसार उत्पादन गर्न प्रोत्साहन स्वरूप तालिम पनि प्रदान गर्यो र बीउ पनि उपलब्ध गराएपछि किसानले बेसारखेती गर्न थालेका हुन् ।
उत्पादित सबै बेसारलाई त्यही उद्योगले खरिद गर्छ र प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको छ । काँचो बेसार प्रतिकिलो ४० रुपैयाँमा खरिद गर्ने गरेको छ । अधिकारीले मात्रै ४ बिघा जग्गामा वार्षिक ६ मेट्रिक टन जति बेसार उत्पादन गरेर उद्योगलाई उपलब्ध गराउने गरेका छन् । अधिकारी र भण्डारीजस्तै तुलसीपुरका १२० किसानले अहिले बेसारखेती गर्ने गरेका छन् । ती सबै नेपाल मसला उद्योगले खरिद गरेर प्रशोधनपछि बजारीकरण गर्ने गरेको छ ।
यसरी बेसार खरिद गरेर बजारीकरण गरिदिएपछि आफूहरूलाई घर चलाउन सहज भएको भण्डारीले बताए । ‘हामीलाई अहिले बेसारखेती गरेर घर चलाउन सहज भएको छ,’ उनले भने । तुलसीपुरको मोतीपुर, अम्बापुर, अम्वास लगायतका किसानले यसरी खेती गर्ने गरेका छन् ।
उद्योगले बेसारलाई प्रशोधन गरेर धुलो बनाई ३२ जिल्लामा पुर्याउने गरेको उद्योगका सञ्चालक जगदीश भण्डारीले बताए । ‘किसानले उत्पादन गरेको वस्तु बजारमा नपुग्ने र खेतमै कुहिने अवस्था थियो,’ उनले भने, ‘यसैलाई मध्यनजर गरी हामीले यो उद्योग सञ्चालनमा ल्याएका हौं, यसले किसानको जीवनस्तर पनि माथि उठाएको छ ।’
विक्रम संवत् २०७३ सालमा स्थापना भएको उद्योग शुरूआतमा १ करोड २५ लाख खर्च भए पनि अहिलेसम्म करीब डेढ करोड लगानी भइसकेको उनको भनाइ छ । जिल्लामा बेसारखेती नहुने र बेसार बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न पनि उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
‘बेसारमा रोग प्रतिरोधात्मक शक्ति पनि हुन्छ, पौष्टिक कुरा पनि हुन्छ,’ उनले भने, ‘त्यसैले पनि बेसारलाई जिल्लामा उत्पादन गर्नुपर्छ भन्ने हेतुले कृषकलाई प्रोत्साहन गर्यौं भने बजारीकरणका लागि हामीले उद्योग सञ्चालनमा ल्यायौं ।’
अहिले उद्योग बजारीकरणका लागि चार र उद्योगमा काम गर्न अन्य १० कर्मचारीले काम गरिरहेको उनको भनाइ छ ।
बेसार उद्योगबाट वार्षिक ४ करोडसम्मको कारोबार हुने गरेको छ । जसबाट ५ देखि ७ प्रतिशत फाइदा हुने गरेको उनी बताउँछन् । अहिले वार्षिक ३०० मेट्रिक टन बेसारलाई प्रशोधन गर्ने गरिएको भए पनि यसलाई बढाएर करीब १ हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।
‘अहिले धेरै जिल्लाबाट माग पनि आएको छ,’ उनले भने, ‘त्यसैले उत्पादन र प्रशोधन पनि त्यत्तिकै बढाउनुपर्ने अवस्था छ ।’
अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ । उद्योगले बेसारसँगै चिल्ली पाउडर, अदुवा पाउडर, मरिच पाउडर, सिस्नो पाउडर, मासु मसला, गरम मसला लगायत गरी ४२ थरि मसला समेत उत्पादन हुने गरेको छ । अब केही समयमा रामपुर कम्पोजिट मकै तथा तोरीको बीउ उत्पादन गर्ने समेत उनले बताए । – दीपक बोहरा/रासस
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ राष्ट्रपति विक्रमास...
खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान...
मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर...
श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार रात...
डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ । केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्...
राजधानीको पुरानो बानेश्वरमा शनिबार साँझ दुई जना मृतावस्थामा फेला परेका छन् । रामेछापको खाँडादेवी स्थायी घर भइ राजधानीमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी मृतावस्थामा ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...