माघ १६, २०७९
राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले १ महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमवारदेखि दैनिक १ हजार ५०० का दरले १ म...
काठमाडाैं | मंसिर १५, २०७९
यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि जनता समाजवादी पार्टी (जसपा) द्विविधामा फसेको छ ।
चुनावी नतिजाको समीक्षा समेत गर्न नभ्याएको जसपा भावी सत्ता समीकरणमा कस्तो भूमिका खेल्ने भन्ने विषयमा अन्योलमा परेको हो ।
नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडे पनि जसपाले सोचेजस्तो नतिजा आउन सकेन । पार्टीका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव नै पराजित भए ।प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ५ गरी करीब १२ सीट जित्ने देखिएको जसपाको भूमिका सत्ता समीकरणमा के हुने भन्ने यकिन हुन सकेको छैन ।
आगामी सरकारमा सहकार्यका लागि गठबन्धनका शीर्ष नेताहरूले जसपा अध्यक्ष यादवलाई प्रस्ताव गरिरहेका छन् ।
चुनावमा पराजित भए पनि जसपाको निर्णय उपेन्द्रकै चाहनाअनुकूल हुनेमा शंका छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले त उपेन्द्रसँग भेटेरै सहकार्यको प्रस्ताव राखेका छन् ।
त्यसबाहेक कांग्रेस, माओवादीका दोस्रो तहका नेताहरू र जसपाका नेताहरूबीच पनि सत्ता सहकार्यका लागि संवाद भइरहेको छ ।
'संघीय सरकारदेखि मधेश प्रदेशमा समेत सरकार निर्माणका लागि सत्ता गठबन्धनबाट एप्रोच भएको छ,' जसपाका प्रवक्ता मनिष सुमनले लोकान्तरसँग भने, 'त्यसैगरी एमालेले पनि गठबन्धन बनाएर नै संघदेखि मधेश प्रदेशमा सरकार बनाउनका लागि प्रस्ताव गरिरहेको छ ।'
जनताले जसपालाई प्रतिपक्षमा बस्न जनादेश दिएका कारण जसपा यसपटक सरकारमा जान इच्छुक नरहेको उनले बताए । यद्यपि सरकारमा जाने सम्भावनालाई पनि नकारेनन् ।
'जसपाविना संघ र मधेश प्रदेशमा सरकार नै बन्न नसक्ने स्थिति उत्पन्न हुँदा त्यस विषयमा निर्णय गर्छौं नै,' सुमनले थपे, 'तर अहिले त्यस विषयमा हामीले कुनै निर्णय गरेका छैनौं । सरकार गठनका विषयमा छलफल समेत गरेका छैनौं ।'
निर्वाचनको समीक्षामा नै रहेका कारण त्यस विषयमा अहिले केही निर्णय नभएको उनले बताए । 'एमालेसँग हाम्रो चुनावी तालमेल मात्र भएको थियो, गठबन्धन भएको थिएन,' सुमनले थपे, 'त्यसैले एमालेसँग नै गठबन्धन गर्नुपर्छ भन्ने कुनै बाध्यता पनि छैन । अर्कातर्फ कांग्रेससँगको गठबन्धनमै जानुपर्छ भन्ने बाध्यता पनि छैन ।'
तर, जसपाका अर्का नेता दीपेन्द्र झा भने कार्यकर्ता तहमा एमालेसँगको तालमेलले फाइदा नभएको बुझाइ देखिएको बताउँछन् ।
'कांग्रेससँगको गठबन्धन नै ठीक हुन्थ्यो, अझै पनि त्यही गठबन्धनसँग सत्ता सहकार्य गरेर जाँदा राम्रो हुन्छ भन्ने कुरा धेरैजसो कार्यकर्ताहरूले गरिरहनुभएको छ,' झाले लोकान्तरसँग भने, 'निर्वाचनमा जस्तो परिणाम आएको छ, त्यसलाई हेरेर कार्यकर्ता तहमा एमालेसँग सहकार्य गर्न नहुने सुझाव आइरहेको छ ।'
तर, नेतृत्व त्यस विषयमा अहिले कन्फ्युजनमा रहेको उनले बताए । 'पार्टी अध्यक्ष उपेन्द्र यादव नै पराजित भएका कारण अन्य नेताहरू अहिले पनि स्तब्ध नै हुनुहुन्छ । सोही कारण पनि अहिलेसम्म त्यस विषयमा निर्णय हुनसकेको छैन,' झाले भने ।
जसपा संघीय परिषद अध्यक्ष अशोक राईका सहयोगी विजय चाम्लिङ भने एमालेसँग भएको तालमेलका कारण नै जसपा अहिले राष्ट्रिय पार्टी बन्न सफल भएको हुनाले एमालेसँग नै सहकार्य गर्ने पक्षमा जसपा आफूहरू रहेको बताउँछन् ।
'जसरी सत्ता गठबन्धनले हामीलाई १३ सीट मात्र दिएर अपमान गरेको थियो, त्यही आधारमा हामीले चुनाव लडेको भए हाम्रो थ्रेसहोल्ड पनि कट्दैन्थ्यो,' उनले लोकान्तरसँग भने, 'त्यसैले अहिले नै एमालेसँगको सहकार्य तोड्नुपर्छ भन्ने कुनै कारण छैन । फेरि एमालेसँग थप केही समझदारी भएको कुरा पनि नेताहरूले भन्नुभएको हुनाले अहिलेको सत्ता गठबन्धनमा जाने अवस्था अवस्था छैन ।'
प्रतिनिधिसभामा संसदीय दलको नेतामा स्वाभाविक रूपले अशोक राईको दाबी रहने चाम्लिङले बताए । 'उहाँ पार्टीको संघीय परिषद अध्यक्ष पनि भएको हुनाले वरिष्ठताका आधारमा पनि उहाँ नै संसदीय दलको नेता बन्नुहुन्छ,' उनले थपे, 'उहाँ हुँदाहुँदै कुनै जुनियरलाई दलको नेता बनाउँदा उपयुक्त हुँदैन ।'
तर, जसपाका कतिपय नेताहरू भने पार्टीको आधार मधेश भएकाले मधेशी अनुहार नै प्रतिनिधिसभाको संसदीय दलको नेतृत्वमा हुनुपर्ने धारणा राख्छन् ।
'पार्टीमा मधेशी अनुहार नै संसदीय दलको नेता हुनुपर्छ भन्ने जबर्जस्त माग उठेको छ,' प्रतिनिधिसभामा निर्वाचित भएका जसपाका एक नेताले लोकान्तरसँग भने, 'जसपा अध्यक्ष उपेन्द्रजीको विश्वासपात्र रामसहायप्रसाद यादव दलको नेता बन्ने सम्भावना छ ।'
अशोक राईले नमाने दलको नेताका लागि चुनाव हुने उनले बताए ।
'चुनाव हुँदा अशोकजीले बहुमत जुटाउन सक्नुहुन्न । बहुमत पुर्याउन रामसहाय यादवजीलाई कुनै गाह्रो छैन,' ती नेताले भने ।
राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले १ महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमवारदेखि दैनिक १ हजार ५०० का दरले १ म...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । सोही क्रममा प्रधानम...
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गर...
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय अहिले चर्चामा छ । नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले सरकारी पाठ्यपुस्तक छाप्नुपर्नेमा निजी क्षेत्रका...
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित गरेर पार्टी पदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । सोमवार स्थायी कमिटी बैठक बस्ने तय भएको भए पनि गृह मन्त्रालयको विषयमा निर्णय लिनुपर्ने भएपछि छलफल गर्न माओव...
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नपोली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...