माघ १४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएसँगै उनले सांसद, पार्टीको सभापति, गृह मन्त्री र पार्टी संसदीय दलको नेता पद एकैसाथ गुमाएका छन् । कामु प्रधानन्यायाधीश हरि...
काठमाडाैं | मंसिर १६, २०७९
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अमेरिकी राजदूत डिन रिचार्ड थम्सनसँग प्रक्रियासंगत ढंगले भेटवार्ता भएको स्पष्ट पारेका छन् । एमाले नेता भीम रावलले बालेन र अमेरिकी राजदूतबीचको भेटवार्ताबारे प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन् । बालेनले अन्य पार्टीका नेताहरुले जस्तो आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि जवाफ फर्काएका छन् ।
‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौँ र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं’, बालेनले सामाजिक सञ्जालमार्फत् रावललाई जवाफ फर्काएका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो । तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ।’
भेटका क्रममा एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नती गर्नु पर्छ भन्ने धारणा राजदूतसँगको भेटमा राखेको पनि शाहले बताएका छन् । शाह र अमेरिकी राजदूतबीच बिहीबार भेटवार्ता भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएसँगै उनले सांसद, पार्टीको सभापति, गृह मन्त्री र पार्टी संसदीय दलको नेता पद एकैसाथ गुमाएका छन् । कामु प्रधानन्यायाधीश हरि...
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । तर, आज सर्व...
नक्कली मदिरा बनाएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेकाहरूको कनेक्सन अहिले फेरि त्यस्तै आरोपमा पक्राउ परेकाहरूसँग रहेको पाइएको छ । आज (आइतवार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो मात्रामा नक्कली...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय ग...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...