×

NIC ASIA

जरिवाना नबुझाउनेहरूको पद धरापमा

खर्च विवरण नबुझाउनेबाट साढे ४ करोड संकलन : जरिवाना नतिरे बालेनको समेत पद जान सक्ने !

मंसिर २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेर निर्धारित समयभित्र निर्वाचन खर्च विवरण नबुझाउनेहरूमध्ये हालसम्म १ सय २९ जनाले निर्वाचन आयोगलाई जरिवाना बुझाएका छन् ।

Muktinath Bank

निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाका  अनुसार हालसम्म १२९ जनाबाट कुल ४ करोड ३५ लाख ६५ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । जरिवाना रकम जनही १ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा बढी ७ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाउने ८ जना छन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर पराजित भएका सुमन सायमीले २०७९ असोज २३ गते ७ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार जग्गनाथ पौडेल,  विराटनगर महानगरपालिका प्रमुख पदका उम्मेदवार प्रल्हादप्रसाद साह र विना जैसवाल, काठमाडौं महानगरको उपप्रमुख पदकी उम्मेदवार विनिता मगैया र भरतपुरका उम्मेदवार सुष्मा तामाङले पनि जनही ७ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।

Vianet communication

त्यसैगरी विद्या श्रेष्ठ महर्जन र प्रेम सागर कर्माचार्यले पनि ७ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।

निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ५ मा भएको व्यवस्थाअनुसार जरिवाना नबुझाउनेहरू निर्वाचित भए पनि पद बदर हुनेछ ।

'निर्वाचन खर्च नबुझाएको र निर्वाचन आयोगले तोकेको समयभित्र जरिवाना समेत नबुझाउने व्यक्ति निर्वाचित भएको रहेछ भने पिन निर्वाचित प्रतिनिधिको पद स्वतः बदर हुनसक्ने कानूनी व्यवस्था छ,' वाग्लेले लोकान्तरसँग भने, 'त्यसैले जरिवाना बुझाउनुपर्ने म्यादभित्र निर्वाचित प्रतिनिधिले जरिवाना बुझाउनु भएन भने उहाँहरूको पद जान्छ ।'

भदौ ३१ को मितिले फागुन मसान्तसम्म जरिवाना नबुझाएमा ती प्रतिनिधिहरूको पद स्वत: बदर हुने उनी बताउँछन् ।

काठमाडौंका मेयर बालेन साहले जरिवाना मिनाहाका लागि दिए निवेदन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जरिवाना मिनाहाका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । २०७९ असोज ११ गते नै उनले निवेदन दिएका थिए ।

स्थानीय निर्वाचनको परिणाम प्राप्त भएसँगै कार्यभार सम्हालेर दशकौंदेखि काठमाडौंको फोहोर व्यवस्थापनको मुद्दा सम्बोधन गर्न लाग्दा समयमा निर्वाचन खर्च विवरण बुझाउन नसकेको जिकिर उनले निवेदनमा गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउने कार्य, प्रशासकीय  काम कारवाही लगायतका विषयमा केन्द्रित रहेर व्यस्त रहेकाले समयमा निर्वाचन खर्च बुझाउन नसकेको उनले निवेदनमा उल्लेख गरेका छन् ।

ती सबै कामहरूमा व्यस्त रहेको हुँदा निर्वाचन खर्च विवरण समेत तयार गरी निर्वाचन आयोगमा बुझाउने प्रयत्न गर्दागर्दै एक दिन ढिला हुन पुगेको उनले निवेदनमा उल्लेख गरेका छन्।

निर्वाचन खर्च विवरण १० दिनअगावै तयार पारी २०७९ असार ६ गते सामाजिक सञ्जालमा समेत राखेको भए पनि निर्वाचन आयोगमा विवरण बुझाउन एक दिन ढिला हुन पुगेकाले ७ लाख ५० हजार रुपैयाँ जरिवाना मिनाहा गरी पाऊँ भन्दै उनले निवेदन दिएका हुन्।

उनले ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

बालेन्द्र साहजस्तै गुल्मीको मुसीकोट नगरपालिकाका प्रमुख गंगा श्रेष्ठले पनि जरिवाना मिनाहाका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

२०७९ भदौ ६ गते उनले दिएको निवेदनमा लामो समय काठमाडौंमा उपचारका लागि अस्पतालमा भर्ना भएकाले समयभित्र निर्वाचन खर्च विवरण बुझाउन नसकेको हुँदा जरिवाना मिनाहा गरी पाऊँ भन्ने कुरा उल्लेख छ ।

यसरी केही निर्वाचित जनप्रतिनिधिले जरिवाना मिनाहाका लागि निवेदन नै दिएका छन् भने ६० भन्दा बढीले आयोगले सोधेको स्पष्टीकरणको जवाफसहित खर्च विवरण बुझाएका छन्।

निर्धारित समयभित्र खर्च विवरण नबुझाएकाहरूले बुझाएको स्पष्टीकरण  चित्तबुझ्दो नभएकाले तिनीहरूलाई पनि जरिवाना गर्ने भनेर आयोगले यसअघि नै निर्णय गरिसकेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए।

'काठमाडौंका मेयरसहित अन्य केहीले जरिवाना मिनाहाका लागि दिएको निवेदनमा निर्वाचन आयोगले निर्णय गरिसकेको छैन,' वाग्लेले लोकान्तरसँग भने, 'आयोगको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले त्यस विषयमा पनि आयोगले केही गर्न सक्दैन होला । उहाँहरूले पनि जरिवाना बुझाउनै पर्छ ।'

समयभित्र खर्च विवरण नबुझाउनेहरू अहिले प्रतिनिधिसभा तथा प्रदेश सभातर्फ समानुपातिक सांसद नै बन्न पाएनन्।

विभिन्न राजनीतिक दलहरूले समानुपातिक उम्मेदवार बनाएर आयोगमा सूची पेश गरेको भए पनि स्थानीय तहमा उम्मेदवार भएर खर्च विवरण तथा जरिवाना नबुझाउनेहरू समानुपातिक सांसद बन्ने अवसरबाट वञ्चित भएका छन् ।

स्थानीय निर्वाचनको खर्च विवरण तथा जरिवाना नबुझाउने ३६९ जनालाई निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक बन्दसूचीबाट हटाइदिएको छ ।

स्थानीय तहमा निर्वाचित भएका २४ हजार ४० जना जनप्रतिनिधिले निर्धारित समयभित्र खर्च विवरण बुझाएका छैनन्।

ती निर्वाचित जनप्रतिनिधिले जरिवाना नबुझाउने हो भने उनीहरूको पद स्वतः बदर हुन्छ ।

स्थानीय तहमा उम्मेदवारी दिएकाहरूमध्ये कुल १ लाख २३ हजार उम्मेदवारले निर्धारित समयभित्र खर्च विवरण बुझाएका थिएनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x