२६ जेठ २०८३, मंगलबार

नयाँ सरकार गठन प्रक्रिया चाँडै शुरु गर्छु : प्रदेश प्रमुख

नयाँ सरकार गठन प्रक्रिया चाँडै शुरु गर्छु : प्रदेश प्रमुख

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन प्रक्रिया चाँडै शुरु गर्ने बताएका छन् । निर्वाचन आयोगले बुझाएको अन्तिम निर्वाचन परिणाम बुझ्दै प्रदेश  प्रमुख  खापुङले आयोगबाट निर्वाचन परिणाम औपचारिक रूपमा प्राप्त भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु गर्न बाटो खुलेको र संवैधानिक व्यवस्थाअनुसार छिट्टै प्रक्रिया अघि बढाउने बताएका हुन् । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठन प्रक्रिया शुरु भएको हो ।

कुनै एउटा दललाई बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था छ । संविधानको धारा (८) अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिन प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
 

salt training

कमेन्ट गर्नुहोस्