×

NIC ASIA

चलचित्र ‘द आउट ल’को बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै छायाँकन सुरु

पुस २१, २०७९

Prabhu Bank
NTC
Premier Steels

अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘द आउट ल’को शुभमुहूर्त गर्दै छायाँकन सुरु गरिएको छ ।

Muktinath Bank

बिहीवार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही समयको वर्कशपपश्चात शुभमुहूर्त गरिएको चलचित्रको बिहीवार दिउँसोबाट नै छायाँकन सुरु गरिएको छ । 


Advertisment
Nabil box
Kumari

रेट्रो गु्रपको व्यानरमा एक्सन-थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्रलाई बिक्की महर्जनले निर्देशन गर्नेछन् ।

Vianet communication

चलचित्रमा सुशीलको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौलाको अभिनय रहनेछ ।

नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतको पनि चलचित्रमा शीर्ष भूमिका रहनेछ ।

कानुन नमान्ने पात्रको कथा पेस गर्ने चलचित्र शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुन लागेको हो भने चलचित्रको कार्यकारी निर्मातामा विनोद कडायत छन् । 

शुभमुहूर्तपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेता श्रेष्ठले लामो समयपछि आफूले सोँचेको स्क्रिप्टमा अभिनय गर्न पाउँदा खुशी व्यक्त गरे । 

‘लामो समयपछि यस प्रकारको चलचित्रमा काम गर्न पाउँदा खुशी छु  । स्क्रिप्ट एकदमै राम्रो लाग्यो । आशा छ चलचित्र राम्रो हुनेछ’ – श्रेष्ठले भने ।

कोरोना महामारीपछि अभिनेता श्रेष्ठ पहिलो पटक चलचित्रमा देखिन लागेका हुन् । 

डेब्यू अभिनेत्री संग्रौलाले क्रियटिभ टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताउँदै चलचित्र राम्रो बन्नेमा विश्वास व्यक्त गरिन् । 

‘मेरो पहिलो चलचित्र हो । यस चलचित्रबाट एकदमै धेरै आशा लिएकी छु’ उनले भनिन् । राम्रो काम गर्ने आत्मविश्वास आफूमा रहेको पनि अभिनेत्री संग्रौलाले बताइन् ।

केही महिनाको आन्तरिक तयारीपछि चलचित्र छायाँकनमा निस्किएको निर्माण पक्षले जनाएको छ ।

राजधानी भित्रै करिब ३५ दिन लगाएर चलचित्रको छायाँकन हुनेछ । २ करोड हाराहारी लगानी अनुमान गरिएको चलचित्रलाई नवीन गुरुङले खिच्नेछन् ।

आगामी दशैं आसपासमा चलचित्रलाई रिलिज गर्ने निर्माण टिमको योजना छ । चलचित्रको केही दिनअघि फस्टलुक टिजर पनि सार्वजनिक गरिएको थियो । जसलाई दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिएका छन् ।

छायाँकनमा निस्किनुअघि निर्देशक महर्जनले भने, – ‘हामीले दर्शक तथा मिडियाबाट यसअघिका कन्टेन्टबाट राम्रो प्रतिक्रिया पाएका छौं । हामी धेरै लामो समयको तयारीपछि अहिले फ्लोरमा जान लागेका हौं । पक्कै पनि प्रोजेक्ट राम्रो बन्नेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x