×

NMB BANK
NIC ASIA

राजनीति

बालुवाटारमा सत्ता साझेदार दलको बैठक राति अबेरसम्म जारी

माघ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास स्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सोमबार राति अबेरसम्म जारी छ । साँझ पौने ६ बजेदेखि सुरु भएको बैठक जारी रहेको हो । बैठकमा मन्त्रीको टुंगो लगाउनुका साथै सभामुख, उपराष्ट्रपतिको चयनलगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । 

Muktinath Bank

सत्ता साझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो । बालुवाटार बैठकले प्रचण्ड र ओलीबीच मन्त्रीहरुको भागबण्डाका विषयमा भएको भनिएको सहमतिलाई अन्तिम रूप दिइने नेताहरुको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसअनुसार सत्तारुढ दलबीच एमालेले २ राज्यमन्त्रीसहित सबैभन्दा बढी ८ मन्त्रालय पाउनेछ । सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपा र जसपाले २-२ वटा मन्त्रालय पाउने मोटामोटी समझदारी भएको छ । लोसपालाई पनि एउटा मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको बुझिएको छ । सरकारमा सहभागी हुन तयार भएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेत एक मन्त्रालय दिएर ल्याउने तयारीमा प्रधानमन्त्री प्रचण्ड र ओली लागेको बताइन्छ ।


Advertisment
Nabil box
Kumari

सबै साना दललाई पनि सरकारमा सहभागी गराउँदा राष्ट्रपति निर्वाचनमा सहज हुने बुझाइ सत्तारुढ दलको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट उपेन्द्र यादव सहभागी छन् ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीमा १० पुसमा नियुक्त भएर प्रचण्डले ११ पुसमा सपथ लिएका थिए । शपथ लिएकै दिन उनले अरू तीन मन्त्रीलाई जिम्मेवारी तोकेका थिए । चार मन्त्रीलाई जिम्मेवारी नतोकेका प्रचण्डले २१ दिनपछि  मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x