×

NMB BANK
NIC ASIA

जापानमा रोजगारीमा पठाइदिने भन्दै तीन करोड ठगी

माघ ६, २०७९

NTC
Premier Steels

मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै रु दुई करोड ८७ लाख ठगी गरेको आरोप लगाउँदै पीडितहरुले कारवाहीको माग गरेका छन् । 
    
मोरङको सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकामा बसोबास गर्ने ३७ पीडितले पत्रकार सम्मेलनको आयोजना गरी विसं २०७९ वैशाखदेखि पुस मसान्तसम्ममा  सुनवर्षि नगरपालिका–६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रञ्जितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न वैंकमार्फत उक्त रकम लिएर फरार भएको पीडितको आरोप छ । 

Muktinath Bank

पीडितमध्येका कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी उपलब्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाइ रु १८ लाख बैंकमा नगद जम्मा गर्न लगाइ ठगी गरेको दाबी गरे । यसैगरी सुनवर्षी नगरपालिका–६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाई मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटकपटक गरी बैंकमार्फत  १९ लाख भुक्तानी दिएको भौचर देखाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडितले ३६ देखि ६० प्रतिशत ब्याजमा आफ्नो घर जग्गा धितोमा राखी रकम उठाइ आरोपीलाई दिएको बताए । पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय रङ्गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम उपलब्ध गराउन माग गरेका छन् । आरोपी फरार रहेको बताइएको छ । रासस


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x