×

NIC ASIA

‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई

माघ ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

स्याङ्जाको वालिङमा आज सम्पन्न प्रथम वालिङ गोल्डकप २०७९ को उपाधि वालिङ युनाइटेड निलोले जितेको छ । फाइनलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै वालिङ युनाइटेड निलोले उपाधि जितेको हो ।

Muktinath Bank

वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा गत पुस ३० देखि वालिङ ८ स्थित खेलमैदानमा सुरु राष्ट्रियस्तरको प्रतियोगिता सुरु भएको थियो । फाइनल खेलमा ९० मिनेटको निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल ट्राइब्रेकर पुगेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाधि विजेता वालिङ युनाइटेडले रू पाँच लाख नगद र ट्रफी हात पारेको छ । उपविजेता एभिनियर फुटबल क्लब क्यामरुनले रू दुई लाख ५० हजार नगद र ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताए । 


Advertisment
Nabil box
Kumari

वालिङ निलोका गोलरक्षक राजाबाबु थापा फाइनल खेलको उत्कृष्ट खेलाडी र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित भए । सर्वाधिक गोलकर्ता एभिनियरका टिम्बा टिम्बा, उत्कृष्ट डिफेन्डरमा वालिङ निलोका आशीष गुरुङ, उत्कृष्ट मिडफिल्डरमा वालिङ निलोकै कमल थापा, उत्कृष्ट फरवार्डमा वालिङ निलोकै टिकाराज गुरुङ, उत्कृष्ट नवप्रतिभा खेलाडीमा वालिङ रातोका रुपेश हमाल, उत्कृष्ट प्रशिक्षकमा वालिङ निलोका दिलीप थापा र सर्वोत्कृष्ट खेलाडीका रुपमा वालिङ निलोका विश्वास श्रेष्ठ पुरस्कृत भए ।

Vianet communication

अनुशासित टिमको उपाधि लिस्नु फुटबल क्लब रुपन्देहीले प्राप्त गरेको छ । प्रतियोगितामा  त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुन, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, लिस्नु फुटबल क्लब रुपन्देही, साहारा क्लब पोखरा र आयोजक वालिङ युनाईटेड निलो र रातो गरी कूल आठ टीमको सहभागिता थियो ।

प्रतियोगिताका विजयी टोली र विधागत बिजेता खेलाडीलाई वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाणले पुरस्कार प्रदान गरेका थिए । वालिङमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गरेर सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै उनले आगामी वर्ष पनि निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x