फागुन २४, २०७९
१२ वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै ३० हजार रुपैयाँ क्षतिपूर्ति प्रद...
विराटनगर | माघ ९, २०७९
लालबहादुर विश्वकर्माको १० धुर जग्गामा टिनको छानो भएको सामान्य घर छ । घर भएको जग्गा उनको मात्रै होइन, बुवा हर्कबहादुर विश्वकर्माले दुई छोरालाई संयुक्तरूपमा अंशमा दिएका हुन् । लालबहादुर र दाजुलाई ५–५ धुर जग्गा भागमा परेको छ ।
धरानको जग्गा बेचेर हर्कबहादुरले साबिक हाँसपोसा गाविसको फूलबारी टोलनजिकै १० धुर जग्गा किनेर दुई भाइलाई भाग लगाइदिएका थिए । गोपाल भनिने लालबहादुर बिहानबेलुका छाक टार्नका लागि एक सुन पसलमा ज्याला मजदूरी गर्थे । अहिले भने जेलजीवन बिताइरहेका छन् ।
ज्याला मजदूरीका क्रममा साहुले अह्राएको काम गरेबापत उनलाई डेढ वर्ष कैद र ७० हजार जरिवाना सुनाइएको छ । साथै ४ करोड ७१ लख बिगो भुक्तानी गर्नुपर्ने दायित्व पनि उनको काँधमा आइपरेको छ ।
ललबहादुर वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर फर्किएका हुन् । दुबईबाट फर्किएपछि घर बनाएका थिए । घरसम्म पुग्नका लागि मुस्किलले मोटरसाइकल छिर्ने साँघुरो बाटो छ ।
उनले १० वर्ष अगाडि दिलकुमारीसँग विवाह गरेका थिए । उनका बुवाआमा दाजुसँग बसेका छन् । दाजुको घर पनि लालबहादुरको घरनजिकै छ ।
बुवाआमा बसेको घर लालबहादुरको जत्तिको पनि छैन । झ्यालमा पुराना कपडाले ढाकिएको छ । जंगलको मुखैमा रहेकाले जंगली जनावरले समय–समयमा दुःख दिने गरेको स्थानीय बताउँछन् ।
लालबहादुरले इटहरिकै तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा काम गर्दै आएका थिए । उनलाई सञ्चालकले ज्यालामा काम लगाउँथे । सुनचाँदीका गहरगहना बनाएर दिएपछि मात्रै ज्याला दिने गरेका थिए । मासिक २० देखि २२ हजारसम्म कमाउने गरेको श्रीमती दिलकुमारीले बताइन् ।
सिंहदेवी ज्वेलर्सका सञ्चालक भने दीपक गजमेर हुन् । सहकारीले जस्तै पासबूक छापेर बैंक तथा सहकारीको भन्दा आकर्षक ब्याज दिने प्रलोभन देखाई सर्वसाधारको रकम जम्मा गरेको अभियोग उनीमाथि छ । सोही प्रकरणमा उनले पनि जेलजीवन बिताइरहेका छन् ।
सुन–चाँदीको कारोबार गर्ने अनुमति लिएको पसलले ज्वेलर्सको आडमा गैर–कानुनी रूपमा सर्वसाधारणको बचत उठाएर बैंकिङ शैलीमै कारोबार गरेको यो घटना निकै चर्चित बनेको थियो ।
दीपकले १८ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर २७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ संकलन गरेको अभियोग पुष्टि भइसकेको छ । सुनसरी जिल्ला अदालतले सोहीअनुसार बिगो तथा जरिवाना र कैद सजायको फैसला सुनाएको छ ।
लालबहादुरको प्रसंग भने फरक छ । उनी कामदार मात्र रहेको बयान मालिक र पीडितहरूले नै दिएका छन् । अदालतमा बकपत्र गरेका अधिकांश पीडितले लालबहादुर कामदार मात्र रहेको र उनीसँग आफूहरूले कुनै कारोबार नगरेको बयान दिएका छन् ।
तर, दीपक पसलमा नभएको र उनका बुवाले हस्ताक्षर गर्न नजानेपछि २ वटा पासबूकमा हस्ताक्षर गरिदिएको अभियोगमा लालबहादुर दोषी ठहर भएका हुन् । उनले हस्ताक्षर मात्र गरेको र पैसा भने साहुले नै बुझेको स्वयं पीडितहरू पनि बताउँछन् ।
‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा उक्त ज्वेलर्सका कामदार भई कृष्णबहादुरले रकम बुझी निजलाई पासबूकमा सही गर्न लगाएको देखेको हो । निज प्रतिवादीबाट म ठगिएको छैन,’ जाहेरवाला थरेन्द्र प्रसाद अधिकारीले अदालतमा गरेको बकपत्रमा भनेका छन् ।
फूलबारी टोलकै मीनाकुमारी खतिवडाले सोही पसलमा २ लाख राखेकी थिइन् । त्यतिबेला मीना खोटाङबाट बसाइँ सरेर भर्खर मात्रै तत्कालीन फूलबारी टोलमा आएकी थिइन् । पहाडमा गाई–गोरु, गुन्द्रुक तथा तरकारी बेचेर २ लाख जोडजाम गरेकी थिइन् ।
‘म नयाँ भएकाले यस ठाउँको बारेमा जानकारी थिएन । चिनजान हुँदै जाँदा छरछिमेकीहरूले पनि धेरै ब्याज आउँछ, त्यहाँ लगेर राख्नू भनेपछि मैले पैसा लिएर गएको थिएँ । त्यहाँ गोपाल पनि काम गर्थे । मैले पैसा लिएर गएको दिन गोपाल पसलमै थिए । साहुले गोपाललाई बोलाएर मलाई पासबूक बनाइदिन लगाएर पैसा मेरो हातबाट साहुले नै बुझेका हुन्,’ गोपालले हस्ताक्षर गरेको अर्को पासबूककी पीडितले भनेकी छन् ।
ज्वेलर्सका मालिकहरूले पनि बकपत्रमा लालबहादुर कामदार मात्र भएको उल्लेख गरेका छन् ।
तर, अब अदालतको फैसलाबमोजिम लालबहादुरले पनि १८ करोड ८४ लाख ६६ हजार ८८९ बिगोको दामासाही (४ अभियुक्त) ले आउने ४ भागको एक भाग बिगो बुझाउनुपर्ने छ ।
‘प्रस्तुत मुद्दामा प्रतिवादीहरू दीपक गजमेर, सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माबाट अभियोगपत्रसाथ संलग्न बिगो तालिकामा उल्लेख भएबमोजिम/देहायमा उल्लिखित जाहेरवाला सुकमित गुरुङ समेत २७५ जनालाई क्षतिपूर्तिबापत ठगीको बिगो १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ दामासाहीले भाराई दिने ठहरेकाले प्रस्तुत मुद्दा अन्तिम भएपछि उक्त अनुसारको बिगो रकम भराई पाऊँ भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६५ को उपदफा ३ बमोजिम निज जाहेरवाला समेतले दरखास्त दिएमा सोही दफा १६५ बमोजिमका प्रक्रिया पूरा गरी निज जाहेरवाला समेतलाई उक्त अनुसारको बिगो रकम भराइदिनु भनी यस अदालतको तहसिल शाखामा जानकारी दिनू,’
सुनसरी जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्याको इजलासले सुनाएको फैसलामा भनिएको छ ।
सिंहदेवी ज्वेलर्सबाट आफूहरू ठगिएको भन्दै बचतकर्ता इटहरिकै सुकमित गुरुङ सहितका पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा सीआईबीले अनुसन्धान गरेपछि मुद्दा दायर भई २०७८ पुस १ गते सुनसरी जिल्ला अदालतले फैसला सुनाएको थियो ।
न्यायाधीश निर्मला योङ्याको इजलासले दीपक विक गजमेर, उनकै परिवारका सदस्यद्वय सीता विक (बहिनी) र कृष्णबहादुर विक (बुवा) तथा ज्वेलर्सका मजदुर गोपाल भनिने लालबहादुरलाई दोषी ठहर गरेको थियो । फरार रहेका कमल विश्वकर्माको सम्पत्ति रोक्का राख्दै उनको मुद्दालाई मुलतवीमा राखिएको छ ।
२७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ लिएको घटनामा ४ जनालाई नै बराबरी बिगो तिराउने अदालतको आदेश छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०४ को १ ‘क’ अनुसार ज्वेलर्स सञ्चालक दीपकलाई ७० हजार जरिवाना र तीन वर्ष कैदको सजाय सुनाइएको छ ।
लालबहादुरसहित अन्य तीन जनालाई सोही ऐनको १ ‘घ’ बमोजिम जनही ७० हजार जरिवाना र डेढ–डेढ वर्ष कैद सजाय अदालतले सुनाएको छ ।
अदालतले बिगोबापतको दाबी भने चारैजनालाई बराबरी तिर्न भनेको छ ।
जायजेथा बेच्दा समेत रकम तिर्ने सम्भावना नभएपछि उनले गत मंसिरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी यतिबेला झुम्का कारागारमा छन् । फूलबारी टोलका स्थानीयका अनुसार लालबहादुर बसेको क्षेत्रमा जग्गाको मूल्य धुरको १ लाख पनि छैन ।
जिल्ला अदालतको फैसलाविरुद्ध लालबहादुरले उच्च अदालतमा पुनरावेदन गरेका छन् । उनले मंसिर २० गते उच्च अदालत विराटनगरमा निवेदन दिएका हुन् ।
यतिबेला न्याय माग्न भन्दै लालबहादुरकी श्रीमती दिलकुमारी र बुवा हर्कबहादुर विश्वकर्मा भौँतारिइरहेका छन् । घर बनाउँदा लिएको ऋण समेत बाँकी रहेको र बैंकले किस्ता तिर्न ताकेता गर्न थालेको दिलकुमारीले बताइन् ।
लालबहादुरको विषयलाई लिएर स्थानीयले आन्दोलन समेत गरेका छन् । लालबहादुर कामदार मात्र रहेको र साहुले अह्राएको काम गरेकाले उनीबाट बिगो असुलउपर गर्नु उचित नरहेको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका थिए ।
१२ वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै ३० हजार रुपैयाँ क्षतिपूर्ति प्रद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका–१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध आज विशेष अ...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने र दरबन्दी कटौती गर्ने बताएपछि कर्मचारी संयन्त्रमा तरंग उत्पन्न भएको छ । फागुन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरि...
ओम्नी समूह (ओबीसीआई प्रालि)लाई स्वास्थ्य सेवा विभागले झन्डै ४० करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भनेर मध्यस्थ न्यायाधीकरणले गरेको निर्णय उच्च अदालत पाटनले बदर गरिदिएको छ । न्यायाधीशद्वय बालेन्द्र रूपाखेती र रमेश...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–२८ वडा कार्यालयमा कार्यरत सबइन्जिनीयर प्रविन बिकलाई १५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारका प्रवक्ता भोला दाहालले प्रेस विज्ञप्ति जारी ...
सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...