मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
माघ २२, २०७९
आफ्नो प्रस्तुतिका कारण आलोचित र विवादित बन्दै आएकी लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिमा सहभागी नहुने भन्दै अर्घाखाँचीमा विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
माघ ५ गतेदेखि जारी पाँचौं अर्घाखाँची महोत्सवमा हिजो (शनिवार) मुख्य आकर्षकका रुपमा ज्योति मगरको प्रस्तुति तय थियो ।
उनी आउने तय भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, अर्घाखाँची लगायतका विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ज्योतिको प्रस्तुतिमा आफूहरू सहभागी नहुने घोषणा गरेका हुन् ।
‘ज्योति मगर मिठो स्वर भएकी लामो समयदेखि कला साधनामा लागेकी हाम्रै नेपाली चेली हुन् । यसमा हामीलाई गौरव छ । उनले कला क्षेत्रमा गरेको संघर्षको उच्च सम्मान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘तरपनि प्रत्येक मेला महोत्सव, सांस्कृतिक कार्यक्रममा उनले गाउने गीत र नृत्यले नेपाली मौलिक कला, संस्कृतिको पक्षमा सुखद् सन्देश दिन नसकेको हामी सबैलाई विदितै छ ।’
गायिका मगरलाई बारम्बार उचित सुझाव दिइरहँदा पनि सुझाव ग्रहण नगर्नु र नेपाली संस्कृतिमाथि विकृति फैलाउनु समग्र कला क्षेत्रकै दुखद पक्ष भएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘त्यसैले उनको कला प्रस्तुतिमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले नेपाली मौलिक कला संस्कृति बचाउन यी र यस्ता कार्यहरुको विरोध गर्दै आज सन्धिखर्कबाट हुन सक्ने असभ्य प्रस्तुतिमा सहभागी नहुने ब्यहोरा अवगत गराउँछौं ।’
गायिका ज्योति शनिवार अर्घाखाँची महोत्सवमा सहभागी भने हुन सकिनन् । मौसमको खराबीका कारण फ्लाइट हुन नसक्दा आफू शनिवार अर्घाखाँची पुन नसकेको उनले बताएकी छिन् । उनको प्रस्तुति अब सोमबारका लागि तय भएको छ । शनिवार महोत्सवमा ज्योति उपस्थित नभएपछि टिकट काटेका स्रोता दर्शकहरुले पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...