×

NMB BANK
NIC ASIA

थाइ नागरिक पनि नेपालमा चरेश कारोबारमा संलग्न रहेको खुलासा

फागुन २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको छ ।

Muktinath Bank

जाँच गर्दा उनीहरूबाट झण्डै २४ किलो चरेश फेला परेको ब्यूरोका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । यसरी चरेश लैजान खोज्ने थाइ नागरिक येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल ट्रीचैया र न्याट्नरी ट्रीचैयालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार उनीहरू थाइलाइन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्डको बैंकक जान लागेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूक्ष्म निगरानीमा निस्किएको प्रहरीले उनीहरूको गतिविधि शंकास्पद देखेपछि लगेज जाँच गर्दा फल्स बटम बनाई लागुऔषध ओसारपसार गर्न लागिएको फेला परेको पनि रञ्जितकारले बताए ।


Advertisment
Nabil box
Kumari

    उनीहरूले फल्स बटम बनाएर लुकाई लैजान लागेको अवस्थामा २३  दशमलव आठ किलोग्राम चरेश बरामद गरिएको छ । उनीहरूले कोसँग कसरी चरेश खरिद गरेका थिए भन्ने कुरा खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको उनले बताए । यसैबीच प्रहरीले विशेष सूचनाका आधारमा निरन्तर निगरानी पश्चात नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनलगायत केही नेपालीलाई पक्राउ गरेको उनले बताए

Vianet communication
Laxmi Bank

    ठूलो परिमाणको नियन्त्रित लागुऔषध नाइट्राभेट ट्याब्लेट तथा अन्य लागुऔषध २० हजार एम्पुल तथा नगद रु चार लाख १७ हजारसहित चार जनालाई पक्राउ गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट प्राप्त सूचनालाई विश्लेषण गरी निरन्तर निगरानीपछि उनीहरूलाई पक्रन ब्यूरो सफल भएको बताइएको छ । पक्राउ परेका सोलुखुम्बुका लाक्पा शेर्पाबाट लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी २० हजार ३०० एम्पुल, नाइट्राभेट १२ हजार ९५० ट्याब्लेट र रु ४, लाख ५ हजार नगद बरामद गरिएको छ । शेर्पा विसं २०७० असारमा हातहतियार मुद्दामा पक्राउ परी तीन वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

    सुन्धारास्थित सडक किनारबाट शेर्पालाई बिक्री गरेको लागुऔषधवापतको रकम लिन भारत मधुवनीबाट काठमाडौँ आएका ३८ वर्षका फैज अहमदल र धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x