२२ असार २०८३, सोमबार

नेपाल र भारतबीच आठ समझदारी

कात्तिक २०, २०७४
नेपाल र भारतबीच आठ समझदारी

काठमाडौं, ८ भदौ — प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा बिहीवार आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी चार समझदारीका साथसाथै अन्य चार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


पचास हजार घर पुनर्निर्माण समझदारी, शैक्षिक क्षेत्रको पुनर्निर्माण समझदारी, सांस्कृतिक धरोहर पुनर्निर्माण समझदारी र स्वास्थ्य क्षेत्रको पुनर्निर्माण समझदारी भएको हो । यिनको कुल खर्च दुई खर्बभन्दा बढी हुने बताइएको छ ।


त्यसअतिरिक्त मेची पुल निर्माणसम्बन्धी समझदारी, लागूऔषध नियन्त्रण, नापतौल र दुई देशको चार्टर्ड एकाउन्टेन्टका सम्बन्धमा समझदारी बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्