×

NMB BANK
NIC ASIA

विभिन्न उतारचढाव तथा उकालीओरालीसँग पौंठेजोरी खेल्दाखेल्दै गोपालको जागिरे जीवन अन्तिम वर्षतिर पुग्यो । झण्डै ३० वर्ष लामो कार्यकालमा राम्रो पनि भोग्यो, नराम्रो पनि भोग्यो ।

Muktinath Bank

राम्रो त के भन्ने र बढी नराम्रो नै भोग्यो । संस्थामा हाकिम भएर आउनेहरू कतातिरको हो, कसरी विश्वास गर्ने भन्ने पनि थिए । एकपटक पनि भेट्नै आएको छैन, त्यस्ताको के कुरा गर्ने भन्ने पनि थिए । एकपटक भेट्न पठाइदिनोस् न, के भन्दो रहेछ भन्ने पनि थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निरन्तर अघिपछि घुम्ने र काम छाडी आफ्नै कार्यकक्षमा गफ चुटेर बस्ने बिताउनेहरूभन्दा टेबुलमा हराउनेहरू नै हितैषी हुन्छन् भन्नेसम्म थाहा नपाउने हाकिमहरूलाई के भन्ने ? उनीहरूको व्यवहार देखेर ऊ कहिले हाँस्थ्यो, कहिले दिक्क हुन्थ्यो । तैपनि उसले आफ्नो काम छाडेन । निरन्तर त्यसैमा लाग्यो, लागी नै रह्यो । 


Advertisment
Nabil box
Kumari

अन्तिम समयतिर राजनीतिक प्रणालीमै परिवर्तन आयो । संविधान सभाबाट नयाँ सरकार बन्यो । दुनियाँका छोराछोरी राष्ट्राध्यक्ष बनेर आए । पहिलो राष्ट्रपतिको कार्यकाल कस्तो रह्यो प्रत्यक्ष सम्पर्क नभएकाले यसै भन्न सक्ने अवस्था थिएन । दोस्रोपटक राष्ट्रपति बनेर आएकी नेता मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीको कार्यकाल प्रत्यक्ष नै देखेको पनि हो, भोगेको पनि हो ।

Vianet communication
Laxmi Bank

मानिसको रुचि र स्वभाव अलग–अलग हुनु स्वाभाविक हो । उनको स्वभाव भने बढी प्रचारमुखी देखिएको थियो ।

जसले जे पनि र जसरी लिए पनि उनलाई त्यो स्थानको टेन्डर पति भण्डारीको असामिक निधनकै कारण परेको हो । यदि पति जीवित रहेका भए उनको स्थान अहिलेसम्म पनि चुलोचौकोमै सीमित हुने थियो । सायद त्यसै भएर नै पो हो कि उनमा प्रचार मोह जागेको । 

जे होस् उनी बढी नै प्रचारमा आउन चाहन्थिन्, जुन अहिलेसम्म पनि कायमै छ । अन्यथा पदावधि सकिनै लाग्दा पनि मेचीकाली दौडाहाको मोह किन जाग्थ्यो होला र ? हो, शुरूशुरूमा आफैंले केही भनेकी थिइनन् । जेजति भन्नुपर्ने सचिवालयमार्फत् नै भनाउँथिन् । राष्ट्रपतिको समाचारले प्राथमिकता पाएन भनिन्थ्यो । कहिले राष्ट्रपतिको समाचार र तस्वीर पहिलो पेजमै आउनुपर्ने होइन र भनिन्थ्यो ? कहिले समाचारमा एकरूपता भएन भनिन्थ्यो ।

एकपटक उनका सचिवजीले सरकारी सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकहरूलाई कार्यकक्षमै बोलाएर जिज्ञासा राख्न पनि भ्याएका थिए । जब गोपालको बोल्ने पालो आयो, प्रस्ट शब्दमै भनिदियोे –

‘यस्ता कुराहरूमा यहाँहरूले टाउको नदुखाउँदै राम्रो होला । कुन समाचार कहाँ छाप्ने र कुन तस्वीरलाई कहाँ राख्ने भन्ने यहाँहरूलाई भन्दा लामो सयम त्यहीँ काममा बिताएकालाई बढी थाहा हुन्छ । यसै पनि सरकारी सञ्चारमाध्यम हमेशा तेहोरो भूमिकामा हुन्छन् । उसले सरकारको नीति, निर्णयलाई जनतासमक्ष पुर्‍याउनु पनि पर्छ र जनताको गुनासो सरकारसमक्ष पुर्‍याउनु पनि पर्छ । यसबाहेक आफ्ना गतिविधिबाट महामहिमहरूलाई अप्ठ्यारो नपरोस् भन्नेतिर पनि ध्यान दिनुपर्छ । हाम्रो काम भनेको उहाँहरूले जेजस्तो काम गर्नुहुन्छ, त्यसैलाई जनतासम्म पुर्‍याउने हो । विशेष काम भएको बेला त्यस्तै समाचार र तस्वीरले प्राथमिकता पाउँछ । सामान्य काम भएको बेला त्यस्तै । सरकारी सञ्चारमाध्यमले उहाँहरूका सवारीले घण्टौं सडक जाम गराएको विषयलाई प्राथमिकता दिन थाल्यो भने के हुन्छ, यहाँहरू नै जानकार हुनुहुन्छ । हो, हामी त्यस्तो समाचार पनि छाप्छौं तर त्यसलाई त्यस्तै ठाउँमा दिन्छौं । यदि महामहिमको चाहना नै बढी प्रचारको हो भने उहाँले काम पनि त्यस्तै गर्नुपर्छ । यद्यपि आलंकारिक राष्ट्रपतिको त्यति काम नहोला । सबै कामकाजमा प्रत्यक्ष देखिने अवसर नमिल्ला तर यसको अर्थ कामै छैन भन्ने होइन । प्रचारमा आउन ठूलै काम गर्नुपर्छ भन्ने पनि हुँदैन । स–साना कामले पनि ठूलो अर्थ राख्न सक्छ । आफैंले कुचो लिएर सरसफाइतिर लाग्न पनि सकिन्छ । कुटो लिएर बगैंचा वा करेसावारी गोड्न पनि सकिन्छ । बगैंचा वा गमलामा पानी हाल्न पनि सकिन्छ र बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरूसँग समय बिताउन पनि सकिन्छ । देख्दा सामान्य लाग्ने यस्ता धेरै काम छन्, जसले प्रचारमा ल्याउन मद्दत गर्छ । प्रचारमा आउन ठूलै काम गर्नुपर्छ भन्ने हुँदैन । बाटो नै अवरुद्ध हुने गरी तामझामसहित साईसाई र सुईसुई गर्दै सवारी चलाउनुपर्छ भन्ने त झनै होइन । ठूलो पदमा पुगियो भन्दैमा त्यस्तो काम गर्नै नहुने भन्ने होइन । विदेशतिर सबैले यस्तै गर्दै आएका छन् भने हामीले मात्र किन नहुने ? अरु छाडौं, केही समय सर्वसाधारणसँग पैदल हिँड्ने मात्र गर्ने हो भने पनि त्यस्तो समाचारले प्राथमिकता पाउँछ । जहाँको पनि सञ्चारमाध्यममा व्यक्ति गौण हुन्छ । समाचारको भ्यालु हुन्छ, सोही अनुसार स्थान निर्धारण हुन्छ । यस्तो विश्वव्यापी मान्यता नै हो । यसबाट कोही पनि अलग रहन सक्दैन । समाचारले जुन स्थान मागेको हुन्छ, हामीले दिने त्यही स्थान हो । पहिलो पेजमा आउन पनि सक्छ, दोस्रो वा तेस्रो पेजमा हुत्तिन पनि सक्छ ।’

सुझाव मन परेन छ क्यारे, त्यसपछि पनि उहाँहरूको चासो पूर्ववत नै रह्यो । अति नै भएपछि राष्ट्रपतिसित सम्बन्धित समाचारलाई काम विशेषले प्रथम पेजमा आउने बाहेक सबै दोस्रो पेजमा दिन थालिएको थियो । अहिले के छ कुन्नि सायद त्यस्तै होला । 

सम्भवतः यसबाट महामहिमको चित्त बुझेको रहेनछ क्यारे । अर्कोपटक उनी आफैंले बोलाइन् । आफू पढेको संस्था भोजपुर क्याम्पसको स्वर्ण महोत्सवमा जाने कार्यक्रम रहेछ । यसबारे केही सामग्री दिन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरिन् । गोपालले पनि दिन मिल्ने र हुनेसम्मको समाचार बनाई प्रकाशित गर्‍यो, पहिलो पेजमै । यसबाट उनी कत्तिको सन्तुष्ट भइन्, थाहा भएन । लगत्तै मासिक प्रकाशनमा सरुवा भएकाले सम्पर्कमा आउनै परेन ।
 
कसले के भन्छन् र कसरी लिन्छन् ? उनीहरूको कुरा हो । सबैको काम सबैलाई मन पर्छ भन्ने हुँदैन र पर्नैपर्छ भन्ने पनि छैन तर गोपालले भने विवेकलाई ढाँटेन । जे–जति गर्‍यो इमान्दारीपूर्वक गर्‍यो । यस्तै–यस्तै आरोह अवरोह झेल्दै २०७३ भदौमा उमेर हदका कारण अवकाश लियो । अहिले पछाडि फर्केर हेर्दा अरुको काममा यसै भन्न नसके पनि आफ्नो काममा भने असन्तुष्ट हुनुपर्ने अवस्था देखेको छैन उसले ।  

गोपालकै भनाइअनुसार अब त उसले अवकाश लिएको पनि ५ वर्ष नाघिसकेको छ । थाहा छैन अहिले कहाँ छ र के गर्दैछ ? आशा छ राम्रै गर्दै होला । आफू भलो त जगत भलो भन्ने उखान सही हो भने राम्रै हुनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x